बुद्धले गोडा धुने पानीको माध्यमबाट राहुललाई दिएको शिक्षा

राहुल गौतम बुद्धका एक मात्र छोरा थिए । राहुल पनि श्रामणेर भएका थिए । संघमा उनी सबै भन्दा सानो भएकाले सबैलाई उनलाई अत्यन्तै माथा गर्थे । राहुल आफै पनि निकै आज्ञाकाी थिए । एकदिन बुद्धले बोलाएर राहुललाई भने राहुल, मेरो गोडा धुन मलाई एक भाडा पानी ल्याई देउ त । राहुलले तुरुन्तै पानी ल्याएर बुद्धको गोडा धोइदिए । गोडा धोइसके पछि बुद्धले राहुललाई प्रश्न गरे राहुल, अब यो पानी पिउन हुन्छ त ? राहुलले तुरुन्तै उत्तर दिए अह, यो त फोहोर पानी हो अब यो पिउनु हुदैन । त्यस पछि…

Read More

१५०० वर्ष देखि भीरमा झुण्डिएको एक चिनियाँ बौद्ध मन्दिर

करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्राचीन कालदेखि नै मेहनती थिए । चिनियाँको मेहनतले बनेको एक प्राचीन मन्दिरले संसारलाई चकित पारेको छ । चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ । बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ । थुप्रै प्राकृतिक बाधा, अवरोध…

Read More

बौद्ध दर्शनका आधारभुत मान्यता

बौद्ध दर्शनका प्रणेता भगवान् गौतम बुद्ध हुन् । उनको जन्म ई.पू. ५६३ मा लुम्बिनी अन्चलको कपिलवस्तु जिल्लामा भएको हो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी ज्ञानको खोजिमा निस्केका थिए । उनलाई ३५ वर्षको उमेरमा बैशाख पूर्णिमाको रात पीपलको वृक्षमुनि उरुवेला (बोधगया) मा ज्ञान प्राप्त भएको थियो । यसपछि उनी बुद्धको उपाधिद्वारा विभूषित भए । बुद्धले दिएका उपदेशमा जीवनपथको दिशा निर्देश गरिएकोले यसलाई दर्शन मानिएको पाइन्छ । उनका उपदेशहरूको संगालो ‘त्रिपिटक’ नै यस दर्शनको आधारग्रन्थ हो । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । जो…

Read More

बौद्ध धर्मका चार आर्य सत्यलाई एकपटक स्मरण गरौँ

१. दुःख : यस दुनियामा सबै केही दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतम भन्दा टाढा हुनमा, मन नपर्ने चीजहरू सहितमा, चाहिकोलाई नपाउनुमा, सबैमा दुःख छ । २. दुःख प्रारम्भ : तृष्णा, या चाहना, दुःखको कारण छ र फेरी सशरीर गरेर संसारलाई जारी राख्दछ । ३. दुःख निरोध : तृष्णाबाट मुक्ति पाएमा जान सक्दछ । ४. दुःख निरोधको मार्ग : तृष्णाबाट मुक्ति आर्य अष्टांग मार्गका अनुसार बाँच्नबाट पाएमा जान सक्दछ । बुद्धले पहिलो धर्मोपदेश, जुन उनले आफ्नो साथका केही साथीहरुलाई दिएका थिए, ती चार आर्य सत्यहरूका विषयमा थिए…

Read More

बौद्ध धर्म र दर्शन भित्रका पञ्चबुद्ध

बसन्त महर्जन बौद्ध जगतमा बुद्ध एक शास्ता हुन् । शास्ताको अर्थ हो, मार्गदर्शक । गैरबौद्ध समाजबाट आउनेहरु प्रायशःले बुद्ध भनेर लुम्बिनी वनमा इ.पू. ५६३ मा मायादेवीको कोखबाट जन्मेका गौतम बुद्धलाई बुझ्ने गर्दछ जुन गल्ती हो । वास्तवमा विविध नाम र पहिचान रहेका अनेकौं बुद्धमध्ये एक गौतम बुद्ध हुन् । हिनयान बौद्ध धर्मअनुसार दिपंकर बुद्धभन्दा अघिका तीन जना मेधंकर, तण्हंकर र शरणंकरलाई पनि गणना गर्ने हो भने ज्ञात भएकामध्ये गौतम बुद्धको गणना अठाइसौंमा पर्दछ । महायानी बौद्ध साहित्यमा उल्लेख भएका बुद्धहरुको संख्या त्यो भन्दा अझ बढी छ । यसरी नै बज्रयानी…

Read More

भगवान बुद्धको अन्तिम उपदेश

प्रस्तुति : बिष्णु धनञ्जय अतुलनीय तथागत सम्मासम् गौतम भगवान बुद्ध (८०) बर्षिय आयु र (४५) बर्षा वासिक परिनिर्वाण लिने समय थियो। सम्पूर्ण एउटा सालको सारा वनैभरी सुनसान मौन भएको थियो। भिक्षु- भिक्षुनी हरु र मनुष्य देवता परिषद् आदिहरूले जनपूर्ण भिड थियो। भगवान बुद्ध दुईवटा सालको मध्यम बिचमा वृक्षको मुनि उत्तर दिशा तर्फ शीर पारेर अन्तिम विदाई लिँदै लोकमा धर्मका सूर्य चाँडैनै अस्ताउँदै हुनुहुन्छ। सुनसान मौनता भित्र सुँक्क सुँक्क बिलौनाहरु को शब्द निस्किँदै आयो। कुनै भिक्षुहरूले बगेर आएको तातो आँसु धारालाई आफ्नै चिवरले पुसेर, कुनै भिक्षुनीहरु को गहभरी आँसुको बाढी बगेको थियो।…

Read More

‘जय बुद्ध’ का अनर्गल प्रशस्तीहरू

बसन्त महर्जन कुनै पनि असल काम थाल्नका लागि गौतम बुद्धले निश्चित समय पर्खन भनेका छैनन् । अन्य समाजमा यसलाई ‘शुभ मुहूर्त’ भन्ने चलन छ तर बौद्ध समाजमा यस्तो छैन । बुद्धका अनुसार असल काम थालनी हुने सबै समय शुभमुहूर्त नै हुन्छ । यही धर्मले सिंचित भारतीय समाजमा एउटा काव्यात्मक हिन्दी कहावत छ, ‘जब जागा तब सबेरा’ । स्वयम्भू महाचैत्यको पश्चिमतिर काठमाडौं उपत्यका प्रवेश गर्ने केही बाटा छन् र कोही कोही निश्चित बाटो प्रयोग गर्दैनथे किनभने ती बाटा प्रयोग गर्दा सबैभन्दा पहिला स्वयम्भू महाचैत्यको दर्शन हुन्छ । स्तूपको दर्शन गर्नु अशुभ…

Read More

यस वर्षको सागा दावा मोन्लाम स्थगित

संसारभर फैलिएको कोरोना भाइरसको प्रकोपका कारण अहिले सबैतिर सन्त्रास छाएको छ । कोरोनाकै कारण अहिले सम्पुर्ण विश्व नै लकडाउनको स्थितिमा रहेको छ । यही कारण पनि विभिन्न गतिविधि तथा सांस्कृतिक चाडपर्वहरुमा पनि यसको असर देखिएको छ । यसैक्रममा कोरोना भाइरसकै कारण यो वर्षको सागा दावा मोन्लाम पूजा स्थगित गरिएको जानकारी नेपाल बौद्ध महासंघले विज्ञप्तिमार्फत दिएको छ । विज्ञप्तिमार्फत् नै महासंघले कोरोनाको प्रकोपबाट बच्न सबैलाई अनुरोध गर्दै आ आफ्नो स्थानबाटै पूजापाठ गरी कोराना भाइरसका कारण ज्यान गुमाउनेहहरुको चित्त शान्तिको कामना र उपचार गराइरहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न पनि अनुरोध गरेको…

Read More

म्यानमारको एउटा बौद्ध सम्पदा जुन बर्षौदेखि एउटा पत्थरको टुप्पोमा अडिएको छ (फोटो फिचर)

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ । २५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ । झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन । यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल हो । सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् । यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको…

Read More

प्राचीन लेख्य परम्परामा ‘लुम्बिनी’ शब्दको उल्लेख

बसन्त महर्जन प्राचीन बौद्ध वाङमयहरूमा ‘लुम्बिनी’ शब्दको प्रयोग बडो विशिष्ट र शालीनताका साथ हुने गर्दछ । आजभोलि पनि कसैले ‘लुम्बिनी’ नाम लिनुमात्रै पर्दछ, संसार भरका बौद्धहरू गौतम बुद्धको जन्मस्थल भनी बुझ्दछन् र श्रद्धाले झुक्छन् । अन्य सम्प्रदायबाट आएकाहरू पनि यसमा सद्भाव राख्छन् । लुम्बिनी कसैका लागि पर्यटकीय स्थल होला तर बौद्धहरूका लागि भने यो पर्यटकीय गन्तव्य मात्रै नभएर तीर्थस्थल नै हो । किन भने ई.पू. ५६३ को वैशाख पूर्णिमाका दिन यहाँ गौतम बुद्ध जन्मेका थिए । यसैले बौद्धहरू यहाँ आएर श्रद्धा व्यक्त गर्दछन् । बुद्धकै अनुसार चार संवेजनीय स्थलहरूमा एक…

Read More