सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप (भिडियो सहित)

काठमाडौँ उपत्यका भित्र रहेका विभिन्न धार्मिकस्थलमध्येका एक हो चारुमती स्तुप । काठमाडौँ महानगरपालिका ७ स्थित यो ऐतिहासिक स्तुप चावहिलको सडक छेउमै रहेको छ । धन्दो चैत्य पनि भनिने यो स्तुपको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो रहेको छ । काठमाडौ उपत्यका भित्र रहेका केही अशोककालिन बौद्ध सम्पदा मध्ये चारुमती स्तुप पनि एक हो । यो स्तुप २ हजार ३ सय वर्ष पुरानो मानिन्छ । धार्मिक, ऐतिहासिक र सांस्कृतिकरुपले महत्वपुर्ण चारुमती स्तुप बौद्ध मार्गीका लागि पवित्र तिर्थस्थलका रुपमा रहेको छ । यो स्तुपको निर्माण सम्राट अशोककी पुत्रीले गरेको विश्वास रहँदै आएको छ ।

किरातकालीन राजा स्थुंकाको शासनकालमा सम्राट अशोक आफ्नी छोरी चारुमतीका साथ काठमाडौँ आएका थिए । त्यतिबेला सम्राट अशोकले उपत्यकाको चारै दिशामा र केन्द्रमा गरी पाँचवटा स्तुप बनाएका थिए । त्यहि बेला उनले आफ्नी छोरीको विहे स्थानीय राजकुमार देवपालसँग गराइदिएका थिए । चारुमतीले पति देवपालको निधन पछि उनको स्मरणको यो स्तुप निर्माण गर्न लगाएकी थिइन् । यही स्तुप नजिकै केही पछाडी चारुमती विहार रहेको छ । नेवारी भाषामा चारुमती वहिल नाम रहेको यही चारुमती विहारकै नामबाट यस स्थानको नाम चावहिल रहन गएको हो ।

करिब १५ वर्ष अघि यो स्तुप चर्किएका कारण जीर्ण अवस्थामा पुगेको थियो । त्यतिबेला भिक्षु तपस्सी धम्मको नेत्तृत्वमा स्तुपको जिर्णोद्वार गरिएको थियो ।

चारुमती स्तुपको इतिहास सम्बन्धी भिडियो

Share

Related posts

One Thought to “सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप (भिडियो सहित)”

  1. परमानन्द शाक्य, चाबहिल

    यस स्तुपकाे नामबाट नभइ यस स्तुपकाे नजिक रहेकाे चारुमति बिहार (चाबहि) काे नामबाट यश स्थानकाे नाम चाबहिल रहेकाेे हाे। कृपया सहि सुचना दिनुहनेला।