बुद्ध सम्बन्धी पुस्तक प्रकाशनपूर्व नै अन्तरक्रिया गर्दै दुङ्जिन लोपेन रिन्पोछे

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा रहेको योल्मो कान्सिङ सेड्रुप लिङ गोन्पाका प्रमुख लामा दुङ्जिन लोपेन रिन्पोछेले आफ्नो प्रकाशनको तयारीमा रहेको पुस्तक बुद्धको अमृतमय वचन र बौद्ध परम्परा बारे काठमाडौँमा अन्तरक्रिया गराएका छन् । पुस्तक प्रकाशनपूर्व के कस्ता विषय समेट्ने र पुस्तकलाई कसरी आम सर्वसाधारणमाझ पुर्याउने भन्ने छलफलका लागी अन्तरक्रिया गरिएको हो ।

काठमाडौँमा माकलवारीस्थित योल्मो कर्म कुन्गावो चुक् ल्हाखाङ अर्थात् योल्मो गोन्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा बौद्ध धर्मका गुरुहरु र अनुयायीको सहभागिता रहेको थियो । पुस्तक प्रकाशनको सम्पुर्ण कार्य सम्पन्न भएपछि उक्त पुस्तक संयुक्त राज्य अमेरिकाबाट विमोचन गरिने र विश्वभर रहेका बौद्ध धर्मावलम्बीलाई निशुल्करुपमा वितरण गरिने दुङ्जिन लोपेन रिन्पोछेले कार्यक्रममा जानकारी दिए । नेपाल सरकार तथा १७ औँ ग्याल्वा कर्मापाबाट दुङ्जिन लोपेन रिन्पोछेको उपाधि पाएका दावा साङ्वो योल्मोले यसअघि पनि विभिन्न विषयमा ५ पुस्तक लेखिसकेका छन् ।

Share

Related posts