सहयोगको पर्खाइमा हेलम्बुका दुई गुम्बा

७२ सालको भूकम्पले अत्याधिक क्षति पुगेको जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला पनि एक हो । यहाँ भूकम्पले धेरै ठूलो जनधनको क्षति पुगेको थियो । भूकम्पले जनधनको मात्रै नभई थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा पनि ठूलो क्षति पुगेको थियो । यसरी क्षतिग्रस्त बनेका धार्मिक सम्पदा मध्ये हेलम्बु क्षेत्रका बौद्ध गुम्वाहरु पनि पर्दछन् । तीनै मध्येका दुई गुम्बा हुन् ढाकार सम्बा छ्योलिंग र घ्यांग डाँडा घ्यांग गुम्बा । दुई गुम्बामध्ये घ्यांग डाडा घ्यांग गुम्बा हेलम्बु गाउँपालिकाको वार्ड नं ६ र ढाकार सम्बा छ्योलिंग गुम्बा वार्ड नं १ मा रहेको छ । निकै लामो इतिहास र परिचय बोकेका यी दुई गुम्बा भूकम्पले क्षति पुगेपछि अहिले जिर्ण अवस्थामा रहेका छन् । आर्थिक अभावमा यी गुम्बा जिर्ण बनेको लामो समय वित्दा पनि पुननिर्माण हुन सकेको छैन । यहाँका दुई गुम्बासँग सरोकार राख्ने स्थानीयहरु गुम्बा निर्माणका लागी अहिले सहयोगको पर्खाइमा रहेका छन् ।

भूकम्पले क्षतिग्रस्त बनेपछि यो अवस्थामा पुगेका यी दुई गुम्बाले स्थानीय वा संघीय सरकारबाट पनि पूननिर्माणका लागी सहयोग पाउन सकेका छैनन् । सहयोगको लागी अनुरोध गर्दा सबैतिरबाट स्थानीयले बजेट नभएका कारण नसकिने भन्ने जवाफ पाएका छन् । त्यसैले अब उनीहरुको अन्तिम याचना सहृदयी नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति रहेको छ । यदि कसैैले गुम्बा पूनर्निमाणमा सहयोग गर्न चाहेमा आफुहरुले हृदयदेखि नै स्वागत गर्ने उनीहरुको भनाई छ । गुम्बा पूनर्निमाण गरी हाम्रो मौीलक परम्परा र धर्मसंस्कृतिको संरक्षण र संवद्र्धनमा जोडिएर योगदान दिनुहुन हामी पनि अनुरोध गर्दछौ ।

Share

Related posts