बुद्धसम्बन्धी पुस्तक सार्वजनिक गर्दै दुङ्जिन् लोपोन रिन्पोछे दावा साङबो योल्मोपा

गौतम बुद्ध र बुद्धको जन्मभूमिबारे फैलाइएको भ्रम निवारणका लागी लेखिएको बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा पुस्तक प्रकाशनपूर्व विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु हुँदै आएका छन् । यसैक्रममा यस पुस्तकका लेखक दुङ्जिन् लोपोन रिन्पोछे दावा साङबो योल्मोपाले बुधवार काठमाडौँको माकलवारीस्थित योल्मो कर्म कुन्गावो चुक् ल्हाखाङ (योल्मो गोन्पा) मा दुई दर्जनभन्दा बढि बौद्ध विद्वान तथा धर्मगुरुहरुको उपस्थितिमा पुस्तकसम्बन्धी अन्तरक्रिया गर्नु भयो । पुस्तक प्रकाशन गर्नु अघि के कस्ता विषय समेट्दा उचित हुन्छ भन्ने प्रतिक्रिया लिन र हाल प्रकाशनको तयारीमा रहेको पुस्तकमा केही सम्पादन गर्नु पर्ने विषयहरु भए बौद्ध विद्वानहरुले त्यसलाई उल्लेख गरि दिने भएका कारण विभिन्न चरणमा अन्तरक्रिया र छलफल कार्यक्रम गर्दै आएको पुस्तकका लेखक ्जन् लोपोन रिन्पोछे दावा साङबो योल्मोपाले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुजनीय लोड्रो रब्सेल रिन्पोछे उपस्थित हुनु भएको थियो । उहाँ १७ औँ ग्याल्वा कर्मापा ठिले थाये दोर्जे ज्यूको पूर्व महासचिव तथा कर्मापा श्यामारनग संघको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । लोड्रो रब्सेल रिन्पोछे ज्यूले दीपप्रज्ज्वलन गर्दै अन्तरक्रिया कार्यक्रम सुरु भएको थियो ।

उक्त कार्यक्रममा विशेष अथितिहरू क्रमशः नेपाल सरकार बौध्द दर्शन, प्रवर्ध्दन तथा गुम्बा विकास समितिका पूर्व अध्यक्ष पूजनीय खेन् रिन्पोछे निमा दोर्जे योल्मोपा, इतिहास तथा संस्कृतविद् एवं बौध्द विद्वान प्रा.डा. रमेश कुमार ढुङ्गेल, श्रध्देय लोचावा एवं बौध्द विद्वान पुण्य प्रसाद पराजुली, श्रध्देय लोचावा टिका शेर्पाज्यू लगायतले उक्त बौध्द ग्रन्थ प्रकाशनका लागी शुभकामना दिनु भयो ।

पुस्तक केही समयभित्रै संयुक्त राज्य अमेरिकााको न्यूयोर्कमा विमोचन गरी विश्वभर रहेका नेपालीमाझ पुर्याउने लक्ष्य राखिएको छ ।

Share

Related posts