बौद्ध धर्ममा जातक कथा

जातक कथाको अर्थ हो जन्मको कथा हो । यी कथाहरू गौतम बुद्धको समयभन्दा केही पहिलेदेखि प्रचलित भएको मानिन्छ । जातक कथाहरूको मूल उद्देश्य जनसाधारणले बुझ्ने गरी पशुपंछी र मानिसहरूको कथामार्फत नैतिक शिक्षा, खास गरी बुद्ध धर्मका सन्देशहरूको प्रचार गर्नु हो । यी कथाहरू मूल रूपमा गौतम बुद्धले आफ्नो पूर्वजन्मको बारेमा भनेका कथाहरू मानिन्छन् । उनी पूर्वजन्ममा चरा, जानवर, मानिस आदि विभिन्न रूपमा जन्मेर भोगेका शिक्षाप्रद कथाहरू यसभित्र पर्छन् । केही कथामा उनका आफन्त र प्रिय शिष्यहरू पनि पूर्वजन्मका कथाका पात्रको रूपमा देखिएका छन् । बुद्धले पूर्वजन्ममा जुन पात्रको भूमिका खेले…

Read More

१२ वर्षपछि रूप फेरिदै बुद्ध जन्मस्थल लुम्बिनीको

रुपन्देही, २२ जेठ (रासस) : बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि मायादेवीले नुहाउनुभएको थियो । बन्दाबन्दीको समय सदुपयोग गर्र्दै झण्डै १२ वर्षपछि यस क्षेत्रमा मर्मतसम्भारको काम भइरहेको विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवधिक संरक्षण गर्ने समय भइसकेको थियो तर गर्न सकिएको थिएन,…

Read More

भुटानमा रहेको बौद्धमार्गीको पवित्र स्थल टाइगर नेष्ट

भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ । पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु…

Read More

मृत्युपछि के हुन्छ भन्ने शिष्यको प्रश्नमा बुद्धको यस्तो जवाफ

महामानव गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट समाधान गर्थे । बुद्धलाई एक शिष्यले सोधेछन् ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’ शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोले ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’ शिष्यले हवस् भनेपछि बुद्धले सोधेछन् मानौं तिमी कतै जाँदैछौ, विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई…

Read More

विश्वशान्तिको कामना गर्दै मच्छिन्द्रनाथमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ। न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १०८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो। समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिँदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए । उनले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दीप प्रज्वलन गरी प्राथना गरिएको बताए । मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले…

Read More

बुद्धका १० अनमोल वचन

बुद्धका उपदेशहरुको महत्व झनझन बढ्दै गइरहेको छ । मानव जीवनमा बद्ध वचनहरु आवश्यक र अपरिहार्यजस्तै भइसकेको छ । बुद्धको कैयौ वचन तथा उपदेशमध्य १० अनमोल बचन यसप्रकार रहेका छन् । १.घृणा ,घृणा गरेर कम हुदैन घृणा,प्रेमले मात्र कम हुन्छ्रयो संसारको शाश्वत नियम हो । २.जो व्यक्ति ५० जनालाई माया ,मोह गर्छ ,त्यहि व्यक्ति ५० वटा दुखको जालमा फसेको हुन्छ ्रजो व्यक्तिले कसैलाई पनि माया रमोह गर्दैन त्यो व्यक्तिलाई कुनै संकट हुदैन । ३.स्वास्थ्य सबै भन्दा महान उपहार ,सन्तुष्टि सबै भन्दा ठुलो धन र बिश्वासनियेता सबै भन्दा ठुलो सम्बन्ध हो ।…

Read More

कुम्भघोषकको कथा

प्रस्तुति : संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…

Read More

बौद्ध धर्ममा संघको महत्व

बौद्ध धर्ममा संघको ठुलो विशेष महत्व रहेको हुन्छ । बौद्ध धर्ममा बुद्ध, बुद्धको धर्म र बुद्धको संघलाई त्रिरत्नको रुपमा लिइन्छ । संघका नियमहरु विनयपिटकमा संग्रहित छन् । अंगुत्तरनिकायको कलमसुत्तमा बुद्धले आफ्नो अनुभव अनुसार धर्म पालना गर्ने स्वतन्त्रता दिएका तथा बुद्धले धर्मका सानातिना नियमहरु परिवर्तन गर्न सकिने उपदेश दिएका हुनाले बुद्धको परिनिर्वाण पश्चात बुद्ध धर्ममा विभिन्न प्रकारका संघहरु स्थापित भए । यस्ता संघ तथा संघका शाखाहरुमा विनयपिटकका नियमको पालना, स्थानीय सांस्कृतिक प्रभाव तथा धर्मको निश्चित पक्षमा बढी केन्द्रित हुने आदि विषयमा भिन्न मत राख्दछन् । संघमा नै आश्रित नभइकन बुद्ध धर्मलाई…

Read More

ल्हासाको रेटिङ्ग गुम्बाको इतिहास यस्तो छ

रेटिङ्ग गुम्बा उत्तरी ल्हासाको लिन चौ जिल्लाको थाङकु गाउँमा पर्छ। यो तिब्बती बौद्ध धर्मको कादाम सम्प्रदायको पहिलो गुम्बा हो। तिब्बती भाषामा रेटिङ्गको अर्थ सबै दुःख उन्मूलन गरी पुनर्जन्मलाई तीनवटा तहबाट हस्तान्तरण गर्ने हो। सन् 1057 मा कादाम सम्प्रदायका संस्थापक ड्रोम्टोनले रेटिङ्ग गुम्बाको निर्माण गरेका थिए। त्यसपछि उनले प्राचीन भारतका भिक्षु अतीसाका रुढिबादी तान्त्रिक र परिस्कृत तान्त्रिकका सम्पूर्ण सिद्धनन्त सिकेका थिए अनि रेटिङ्ग गुम्बामा कादाम सम्प्रदायको स्थापना गरेका थिए। पन्ध्रौँ शताब्दी हुँदा चुङ्गखापाले कादाम सम्प्रदायको सिद्धान्त र आफ्नो बुझाइ लिएर गेलुग सम्प्रदायको स्थापना गरेका थिए त्यसपछि रेटिङ्ग गुम्बा पनि गेलुग सम्प्रदायको…

Read More

नेपाल बौद्ध महासंघद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री प्रदान

नेपाल बौद्ध महासंघले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सर्जिकल मास्क ४ हजार थान र पञ्जा २५ सय जोर स्वास्थ्य सामग्री सहायोग गरेको छ । सोमबार दिउसो महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा र महासंघका सल्लाहकार फुपु छेम्बे शेर्पा (भिक्षु थुप्तेन जिग्डोल) ले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) हाल नेपालमा पनि तिब्ररुपमा फैलिरहेको र संक्रमित हुनेहरूको संख्यामा दैनिक बृद्धि हुँदै गएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष…

Read More