कनकमुनि बुद्धको जन्मस्थल : शोभावती नगर

बसन्त महर्जन बौद्ध वाङमयमा कनकमुनि बुद्धको राम्रो वर्णन पाइन्छ । यसअनुुसार गौतम बुद्धअघि कश्यप बुद्ध, त्यसअघि क्रकुच्छन्द बुद्ध र उनीभन्दा अघि कनकमुनि बुुद्धको समय हो । उनी एउटा ब्राम्हण कुलमा जन्मेका थिए । पिता यज्ञदत्त र माता उत्तराको पुत्र उनी शोभावती नगरमा जन्मेका हुन् भन्ने उल्लेख सिंहली ग्रन्थहरुमा पनि पाइएको छ । कनकमुनि बुद्धको जन्मस्थलको पहिचान कनकमुनि बुद्धको जन्मस्थल शोभावती नगरको वर्तमान अवस्थिति जनाउने ऐतिहासिक प्रमाणको रुपमा अभिलेखसहित अशोकस्तम्भ रहेको छ । यो स्तम्भ वर्तमान नेपालको तराई क्षेत्रको कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७–८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा अहिले…

Read More

बुद्ध सम्बन्धि भ्रम

आनन्द पोखरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २७ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सम्बोधन गर्दै भने, ‘हामी त्यो देशको बासिन्दा हौं, जसले संसारलाई युद्ध होइन, बुद्ध दियो ।’ सम्बोधनका क्रममा त्यत्तिकै भावनामा बहकिएर आएका वाणी थिएनन् ती । न झुक्किएर फुत्त निस्किएका वाक्य नै थिए । ती थिए, गौतम बुद्ध भारतमै जन्मेको सन्देश अन्तर्रा्ष्ट्रिय जगतमा प्रवाह गर्ने योजनाबद्ध अभिव्यक्ति । जसमा प्रयोग भयो– महासभाको मञ्च । मोदीबाट भएका यो घटना पहिलो होइन, यस अघि पनि उनले जापान र युरोपको मञ्च यसैगरी प्रयोग गरे । अहिले मोदीले राष्ट्र संघको महासभामा गौतम बुद्ध…

Read More

त्रिपिटक यसकारण लिपिबद्ध गरियो

गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने भएका र्छौं ।” सुभद्र भिक्षुको यो वचन सुनेर सबै भिक्षुहरु छक्क परे । बुद्धको महापरिनिर्वाणपछि सधर्मको नाश हुने डर भयो । भिक्षु सङ्घ र समाजका लागि बुद्धले दिएको शिक्षा लोप हुने डरले विभिन्न समयमा सङ्घमार्फत बुद्ध वचनलाई एकै ठाउँमा सङ्ग्रह गर्ने काम भयो । यो सङ्ग्रह नै त्रिपिटक…

Read More

सातौं संघनायक ज्ञानपूर्णिक महास्थविरको स्वास्थ्यमा क्रमिक सुधार

सातौं संघनायक पुज्यपाद अग्गमहापण्डित ज्ञानपूर्णिक महास्थविरको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । संघनायक पुज्यपाद ज्ञानपूर्णिक महास्थविरका शिष्य तथा लुम्बिनी विकास कोषका पुर्व उपाध्यक्ष भिक्षु निग्रोध महास्थविरका अनुसार संघनायक भन्तेको स्वास्थ्यमा क्रमिक सुधार हुनुका साथै अहिले उनले उहाँले ठोस खानेकुरा खान थाल्नु भएको साथै अहिले ह्वील चेयरमा बसेर केही बेर घुमफिर समेत गर्न थाल्नु भएको छ । मिर्गौलाको समस्याबाट पीडित ८१ वर्षीय भिक्षु अग्गमहापण्डितलाई उपचारका लागि पाँच साताअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । डायलसिस गराउँदै आउनु भएका उहाँलाई केही समयपुर्व सघनकक्षमा राखिएको थियो । उहाँको स्वास्थ्यलाभको कामना…

Read More

मैत्रीको भावना

हामीले हाम्रो समाजमा शान्ति, सद्भाव र अमनचयन बनाइ राख्न धर्मको नियम पालन गर्नु जरुरी हुन्छ । धर्म भनेको कुनै असल गुण वा अरुको हित हुने गुण धारण गर्नु हो। यसै प्रसंगमा सनातन हिन्दु धर्म र बौद्ध धर्ममा यस्ता अनेकन गुणहरुको बारे वर्णन गरिएको भएता पनि यहाँ महायानी बौद्ध परम्परा अनुसार मैत्री र करुणाको भावना बारे चर्चा गरिनेछ । मैत्री र करुणाको परिभाषा  जसरी आफूलाई दुःख मन पर्दैन त्यसरी नै अरुलाई पनि कसरी दुःख मन पर्ला र ? यसैगरी जसरी आफू जहिले पनि सुख र आनन्दको खोजीमा हुन्छ भने अरु प्राणीहरु…

Read More

यस्तो छ लुम्बिनीको धार्मिक महत्व तथा ऐतिहासिक पृष्ठभूमि

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्दिऔं देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरु उजागर गर्दछन् । प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए । उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लरका रुपमा लुम्बिनीमा पाउन सकिन्छ…

Read More

झापामा विश्वकै अग्लो बुद्ध मूर्ति निर्माण सुरु

झापाको दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणको काम सुरु भएको छ । तीन वर्ष अघि नै निर्माण सुरु गर्ने भनिए पनि निर्माणस्थल वनको क्षेत्राधिकार भित्रको जग्गा भएका कारण काम अघि बढेको थिएन । तर गएको बुधबार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बुद्ध मूर्ति निर्माणस्थलको घेराबारा शिलान्यास गर्दै मूर्ति निर्माणको काम अगाडि बढ्ने बताए । सात विगाह जमिन मात्र व्यवस्थापन भएका कारण बुद्ध मूर्ति निर्माणको काम अघि बढ्न सकेको थिएन । तर ३ महिना अघि थप २० विगाह जमिन स्थानीय सरकार, प्रदेश र संघीय सरकारले उपलव्ध गराउने निर्णय गरेसँगै मूर्ति निर्माणको…

Read More

पानी र बुद्ध

पानीको महिमा ठूलो छ, किनकि सृष्टि र अस्तित्व नै यसमा अडेको छ । वैज्ञानिकहरूको भनाइ छ पृथ्वीको पहिलो जीव साढे तीन अर्ब वर्ष पहिले समुद्रको कतै तातो पानीको मुहानतिर भएको थियो । मानिस त धेरै पछि आएका हुन्, करिब दुई लाख वर्ष पहिले र ती जहाँबाट देखा परे पनि तिनको सभ्यता चाहिँ नदीको किनारमै विस्तार भयो । औसतमा मानव शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ । अर्थात ७२ केजी तौल हुँदाको वयस्क शरीरमा ४२ लिटर पानी हुन्छ । उसको शरीर अर्बौंको कोषहरूले बनेको हुन्छ, ती प्रत्येकलाई पानी नभई हुँदैन ।…

Read More

लुम्बिनीमा जापानी भिक्षु इकाइ कावागुचिको आगमन

बसन्त महर्जन बौद्धहरु आफ्नो दैनिक जीवनमा पञ्चशीलको पालनामा जोड दिन्छन् । पाँच वटा शीलमध्ये पहिलो कसैको हत्याहिंसा नगर्ने प्रण हो । यसको अर्थ, बौद्ध मार्गमा लागेका कुनै पनि व्यक्ति सबै प्रकारका प्राणीको हत्याहिंसाबाट विरक्त भएका हुन्छन् । बौद्ध धर्मसँग सम्बन्धित सबै स्थलहरुमा कुनै पनि बहानाबाजीमा यस्तो गतिविधि हुँदैन । तर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हत्याहिंसा ? त्यो अरु ठाउँमा होइन, बोधिसत्व सिद्धार्थलाई माता मायादेवीले जन्म दिइरहेको मूर्तिमा नै लक्षित गरी पशुपंक्षीहरुको बलि ? आजभोलि यो कुरा सुन्दा पनि पत्याउन नै गा¥हो हुन्छ र कुरा सुन्दैमा जीउ जिरिङ्ग भएर आउँछ ।…

Read More

सम्यक आजीविका नै एउटा धर्म हो

चित्र शाक्य हामी धर्म भनेको अलग्गै र हाम्रो कामकाजलाई अलग्गै मान्छौं। त्यसले हामीलाई धर्मबाट टाढा बनाएको छ। जीवनमा हामी अनेक काम गर्छौं। त्यसबाट अरूलाई पनि हित हुने वा आफ्नो चाहिं हित हुने तर अरूलाई अहित गर्ने वा नोक्सान पुर्‍याउने हुन्छ। आफ्नो हित हुने तर अरूको नोक्सान गर्ने काम पाप हो भने, आफ्नो पनि हित हुने र अरुलाई पनि फाईदा पुर्‍याउने काम धर्म हो। तर वास्तवमा हामी अघि पछि गर्ने कामलाई धर्म भन्दैनौं। बुद्धपूजा गर्ने, बसुन्धरा, अष्टमी आदिको व्रत बस्ने, सत्यनारायणको पूजा लाउने, एकादशीको, सन्तोषीमाँको साईव्रत उपवास बस्ने आदिलाई धर्म मान्छौ,…

Read More