बसन्त महर्जन गौतम बुद्धको अघिल्लो एक जन्म महासत्व राजकुमारका रुपमा भएको र जंगलमा भोकाएकी एउटी बघिनीलाई आफ्नै देह दान गरेको जातक कथा प्रसिद्ध छ । देहदान गरेको सो स्थल वर्तमान ‘नमो बुद्ध’ हो भन्ने मान्यता नेपालीहरुको छ । यो ठाउँ काभ्रे जिल्लाको धुलिखेल नगरमा अवस्थित छ । यही विश्वास वा मान्यतामा ‘नमोबुद्ध’ अहिले बौद्ध तीर्थस्थलका साथै पर्यटकीय आकर्षणको थलो बनेको छ । जातक कथाअनुसार महासत्व राजकुमारको जन्म राजा महारथ र रानी सत्यवतीको कान्छो छोराको रुपमा भएको थियो । यी राजाको राज्य राजधानी नमोबुद्धभन्दा पश्चिमस्थित वर्तमान पनौतिमा थियो भन्ने मान्यता स्थानीय…
Read MoreAuthor: rinpoche
नेपालका सातौ संघनायक ज्ञानपूर्णिक महास्थवीरको निधन
लामो समयदेखि अवस्थ रहदै आएका नेपालका सातौ संघनायक ज्ञानपूर्णिक महास्थवीरको आज शुक्रबार निधन भएको छ । मृगौलाको समस्याका कारण करिब २ महिनादेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहेका संघनायकको आज विहान ४ बजेर ३५ मिनेटमा निधन भएको भिक्षु बोधिज्ञानले जानकारी दिए । नेपालको बुद्धसासनमा संघ उपनायक पदको जिम्मेवारीमा रहेका उनी छैठौँ संघनायक भिक्षु अश्वघोष महास्थविरको देहावसान पश्चात् विसं २०७६ वैशाख १ गते अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायकको रूपमा पदासिन गरिएका थिए । सन् २०१९ मा नेपाल सरकारले उनलाई परमपूज्य हिज होलिनेस पदबाट सम्मानित गरेको छ । सन् १९३९ नोभेम्बर…
Read Moreश्रीलंका कसरी पुग्यो बौद्ध धर्म ?
श्रीलंका थेरवाद बौद्ध धर्मका लागि प्रख्यात मुलुक हो । यहाँ ७० प्रतिशतभन्दा बढि बौद्धमार्गी रहेका छन् । श्रीलंकामा अत्यन्तै पाएको बौद्ध धर्मलाई संविधानले पनि मुलुकको औपचारिक धर्मको रुपमा घोषणा गरेको छ । बौद्ध धर्मलाई राष्ट्रिय धर्मको घोषणा श्रीलंकाका दोस्रो राष्ट्रपति जे.आर. जयावर्दनेले गरेका हुन् । श्रीलंका बौद्ध धर्म अंगीकार गर्ने विश्वकै प्राचीनमध्येको एक मुलुक हो । तेस्रो शताव्दीदेखि नै यो द्वीप बौद्ध धर्मको प्रखर अनुयायी बन्दै आइरहेको छ । प्राचीन श्रीलंकाका राजाहरुले पनि बौद्ध धर्मको प्रवद्र्धन र संरक्षण अहम भूमिका निभाएका थिए । श्रीलंकामा ६ हजार भन्दा बढि बौद्ध तिर्थस्थल…
Read Moreबोधिसत्वको मणि दानस्थल मणिचुड दह
बसन्त महर्जन भूकम्पले क्षतिग्रस्त प्राचीन नेवार वस्ती साँखुलाई तलै छाडेर हामी चढेको गाडी उत्तरतिर हुुइँकिएको केही बेरमा नै उकालो सुरु भयो । हामी मणिचुड दहलाई गन्तव्य बनाएर हिडेका थियौं । बाटोको दायाँ बज्रंयोगिणी मन्दिरको ढोकैमा पुुग्दा पनि गाडीअगाडि बढेको पारा हेर्दा लाग्दथ्यो, हिड्नै नपर्ने गरी मणिचुड दहसम्मै पु¥यादिन्छ । बज्रयोगिनी हामीमध्ये कसैका लागि पनि नौलो थिएन र फर्केर आउँदा मन्दिरमा पस्ने योजना त थियो नै । प्रसिद्ध बौद्ध तीर्थस्थल मणिचुड दहसम्मको यो यात्रा मेरो दोस्रो हो । त्यहाँसम्म पुग्ने मोटर बाटो पहिला त थिएन, अब बन्यो कि ? आजभोलि हिड्ने…
Read Moreबर्मामा बौद्ध धर्मको सम्बन्ध र इतिहास
बर्मा नेपालीसँग पुरानो साइनो जोडिएको मुलुक हो । कुनै समय नेपालका पहाडी भूभागबाट लावालस्कर सहित बर्माका खेतीयोग्य भूमिमा बसाई जाने चलन थियो । तर सैनिक शासनको उदयसँगै यो क्रम लगभग रोकियो नै त्यहाँ रहेका धेरै नेपाली पुर्खाको भूमि नेपाल फर्किए । तर अझै पनि बर्मामा धेरै नेपालीको स्थायी बसोबास रहेको छ । विभिन्न आँकडा अनुसार त्यहाँ करिब २ लाख नेपालीभाषीको बसोबास रहेको अनुमान गरिन्छ । पुरानो बर्मा र हाल म्यानमार भनिने यो देश बौद्ध धर्मावलम्वीको बाहुल्यता भएको देश हो । थेरवाद बौद्धमार्गीको बाहुल्यता भएको बर्मासँग बौद्ध इतिहासको लामो सम्बन्ध छ…
Read Moreक्रकुच्छन्द बुद्धको जन्म र निर्वाणस्थल क्षेमवती
बसन्त महर्जन कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट दक्षिण ४ किलोमिटर र कुदानबाट २ किलोमिटर पश्चिम लागेपछि गोटिहवा नामको एउटा गाउँ आउँछ । त्यहाँ माथिल्लो भाग भाँचिएको र तल्लो भागमात्रै बाँकी रहेको विशाल शिलास्तम्भको अवशेष देख्न पाइन्छ । २०५३ सालमा पहिलो पल्ट सो ठाउँमा पुग्दा स्थानिय जनताले ‘फुटेश्वर महादेव’ भनेर चिनाएको थियो । कुनै बेला अत्तोपत्तो नै नभएको सो स्तम्भ पुरातात्विक उत्खनन्बाट उजागर भएको थियो भने पुरातत्वसम्बन्धी स्थानिय जनतालाई ज्ञान दिन नसक्दा फुटेको शिवलिङ्ग भन्ठानेछन् र फुटेश्वर महादेव नाम दिइएको भनेर बुझ्न गाह्रो पर्दैन । आजभोलि पनि शिबलिंग भनेरै पूजा गर्ने गरिन्छ…
Read Moreखेन्पो गेशे थुप्तेन जिक्डोल गुम्बा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त
मन्त्रीपरिषद् बैठकको बुधवारको निर्णय अनुसार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा खेन्पो गेशे थुप्तेन जिक्डोल (फूपू छेम्बे शेर्पा) नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले उनलाई पाँच वर्षका लागी अध्यक्षमा नियुक्त गरेको हो । खेन्पो जिक्डोल नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष हुन् । नेपालभरीको बौद्ध गुम्बाहरु तथा विहारहरुको संरक्षण, सम्वद्र्धन, तथा बौद्ध दर्शनको अध्ययन र विकास गर्नका लागी नेपाल सरकारले २०३६ सालमा उच्चस्तरीय गुम्बा तथा लामा व्यवस्था समितिको रुपमा स्थापना गरेको थियो । समय परिवर्तनसँगै सापेक्षरुपमा अझ व्यवस्थित र प्रभावकारी ढंगले बौद्ध धर्म र…
Read Moreबज्रयान बौद्ध धर्म अनुसार पञ्च दान
पञ्चदान (वज्रयान बौद्ध प्रचलनमा दानपारमिता) विषय प्रवेश वज्रयान बौद्ध प्रचलनमा काय, वाक र चित्त शुद्धगर्न महत्वपूर्ण बौद्ध अभ्यास भनेको दशपारमिताको अभ्यासमा अभ्यष्त हुनु हो । जसलाई तथागत चर्या भन्ने गरिन्छ । नेपालमण्डलको बौद्ध तथागत चर्यामा, पञ्चदान काय, वाक र चित्तलाई शुद्धगर्ने अभ्यास रहेको छ । तथागत चर्यामा रहेका शाक्य, वज्राचार्यहरुले समेत स्वयम्भू भगवानलाई दीपंकर बुद्धको स्वरुपमा विराजमान गराएर बहाः, बही र स्वयम आफ्नो घरघरमा समेत दानशाला स्थापनागरी दान दिने प्रचलन प्रत्येक युगकोप्रारम्भमा, विविध समयमा हुने गरेको ऐतिहासिक प्रमाण पञ्चदानको समयमा वाचलन गरीने दानगाथाको २७ देखि २९ औं श्लोकमा यसरि उल्लेख…
Read Moreचीन पुग्ने पहिलो नेपाली बौद्ध धर्मका विद्धान, इतिहासले बिर्सिएको एक पात्रः बुद्धभद्र
चिनियाँ बौद्ध धर्मसम्बन्धि जति ज्ञाता नेपाल आउने गर्छन्, उनीहरू प्रायःले बुद्धभद्रबारे चर्चा गर्ने गर्छन् । छैटौं शताब्दीमा चिनियाँ बौद्ध भिक्षुहरूको जीवनलाई समेटिएको एउटा पुस्तक तयार गरिएको थियो । त्यसको नाम थियो, गाओ सेङ चुआन । यसको अर्थ हुन्छ, प्रमुख बौद्ध भिक्षुहरूको जीवन । यसमा बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा च्वेस्यान भन्दा रहेछन् । त्यसै पुस्तकमा बुद्धभद्रबारे भनिएको छ, उनी कपिलवस्तुमा जन्मेका हुन् । अझ उनी शाक्यवंशी राजा अमृतोदानका वंशज भनिएको छ । अमृतोदान गौत्तम बुद्धका नातेदार हुन् । पाँचौंं शताब्दीमा उनी चीन पुगेका थिए ।…
Read Moreप्रदेश ५ को बजेटमा बृहत्तर लुम्बिनी पर्यटन प्रवर्द्धन कार्यक्रम
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटकलाई दृष्टिगत गरी बुद्ध परिपथका स्थानलाई समेटी बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न रू दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । प्रदेशका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न एक जिल्ला एक पर्यटन गन्तव्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । यस्तै प्रदेशका पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि सञ्चालित प्रादेशिक संग्रहालयका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । नेपाल सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने रकममा कमी आएको भएतापनि जनताको नजिकको सरकारलाई स्रोत साधन सम्पन्न बनाउन…
Read More