बुद्धभूमी तिलौराकोटका तीन ऐतिहासिक संरचनाको जीर्णोद्वार

बुद्ध भूमि तिलौराकोटको मध्य भागमा रहेका तीन ऐतिहासिक तथा पुरातात्विक संरचनाको जीर्णोद्वार गरिएको छ । पुरातात्विक मूल्य र मान्यता अनुसार जीर्णोद्वार गरिएपछि संरचना आकर्षक देखिएको छ । यस्ले स्वदेशी विदेशी पर्यटकलाई आकर्षित तुल्याउने विश्वास गरिएको छ । मध्य भागमा रहेको ऐतिहासिक परिसरको दक्षिणतर्फको भित्री सुरक्षा पर्खाल, पूर्वी दक्षिण कुनामा रहेको भित्री सुरक्षा पर्खालको भग्नावषेशको पनि जीर्णोद्धार गरिएको छ । जमिनमुनी गडेर रहेको भाग उत्खनन् गरेर एक मिटर भागमा ईटा जोडेर भग्नावषेश माथि उठाईएको छ । उत्तर भागमा रहेको समयमाई मन्दिरको समेत जीर्णाेद्धार गरिएको छ । जीर्णोद्धार पछि जीर्ण बन्दै गएको मन्दिर आकर्षक र मजबुत देखिएको छ ।

युनेस्कोको समन्वयमा जापान सरकारको जापानिज फण्ड इन ट्रष्टको सहयोगमा तिलौराकोट अध्यनन, अन्वेषण परियोजना तेस्रो चरण अन्तर्गत जीर्णोद्धार गरिएको हो । सुर्खी र चुनाले ईटा जाडेर भग्नावशेषहरुको जीर्णाेद्धार गरिएको हो । तिलौराकोट राजा शुद्धोदनको राजप्रसाद तथा भगवान गौतम बुद्धले २९ वर्ष बिताएको ठाउँ हो ।

Share

Related posts

Leave a Comment