बुद्ध जन्मस्थल लुम्बिनीमा शाकाहारी खाना अभियान सुरु भएको छ । लुम्बिनीस्थित राजकीय थाई बिहार परिसरमा निःशुल्क शाकाहारी खाना खुवाउन सुरु गरिएको हो । विश्व प्रकाश प्रतिष्ठान, काठमाडौंले थाई विहारसँगको सहकार्यमा यहाँ निःशुल्क भोजन गराइरहेको प्रष्ठिानका केन्द्रिय सचिव विनोदकाजी तुलाधरले जानकारी दिए । प्रष्ठिानका अनुसार पाँच दिनसम्म शाकाहारी खाना खुवाइने छ । आगन्तुक, भन्ते, कोषका कर्मचारीलाई निःशुल्क भोजनदान गराइरहेको तुलाधरले भने । लुुम्बिनी घुम्न आउनेहरुले पनि यहाँ आएर खाना खान सक्नेछन् ।
तुलाधरले लुम्बिनी क्षेत्रमा शाकाहारी खानालाई प्रमोसन गर्न सकिए बुद्ध जीवनीले सार्थकता पाउने बताए । बुद्धले शान्ति र अहिंसामा जोड दिनुभएको ठाउँमा सधै शाकाहारी खाना खाने बानी बसाल्नुपर्नेमा संस्थाले जोड दिँदै आएको छ । यहाँ पाँचै दिनसम्म फरक–फरक शाकाहारी भोजन गराइने छ । पाँच दिनमा कम्तिमा ५० थरि शाकाहारी खाना खुवाउने योजना छ ।