नेपाल बौद्ध संघले सोमवार हेलम्बु गाउँपालिका वडा नं ६, लामाटोलस्थित ज्याङ्छ्युक सेम्प घ्याङ गुम्बा पुनःनिर्माण तथा ३ महिने बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालन गरिने भएको छ । गुम्बा पुननिर्माण र कक्षा सञ्चालन नेपाल बौद्ध संघले गर्ने भएको हो । गुम्बाका प्रमुख लामा लाक्पा दोर्जे लामाको अध्यक्षतामा ज्याङ्छ्युक सेम्प घ्याङ गुम्बा पुनःनिर्माण तथा ३ महिने बौद्ध शिक्षा सम्भोटा लिपी कक्षा सञ्चालनको विषमा छलफल भएको छ ।
सोमवार भएको छलफल कार्यक्रममा नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुर, कार्यक्रम संयोजक काइला लामा सहितका प्रतिनिधि, वडाका प्रतिनिधि, गुम्बाका प्रतिनिधि सहित ६० भन्दा बढि स्थानीयको उपस्थिति रहेको थियो ।
नेपाल बौद्ध संघले हालसम्म ७२ सालको भूकम्पले क्षति पुगे ११ गुम्बा पुन?निर्माण गरिसकेको छ ।
Share