यस वर्षको सागा दावा मोन्लाम स्थगित

संसारभर फैलिएको कोरोना भाइरसको प्रकोपका कारण अहिले सबैतिर सन्त्रास छाएको छ । कोरोनाकै कारण अहिले सम्पुर्ण विश्व नै लकडाउनको स्थितिमा रहेको छ । यही कारण पनि विभिन्न गतिविधि तथा सांस्कृतिक चाडपर्वहरुमा पनि यसको असर देखिएको छ । यसैक्रममा कोरोना भाइरसकै कारण यो वर्षको सागा दावा मोन्लाम पूजा स्थगित गरिएको जानकारी नेपाल बौद्ध महासंघले विज्ञप्तिमार्फत दिएको छ ।

विज्ञप्तिमार्फत् नै महासंघले कोरोनाको प्रकोपबाट बच्न सबैलाई अनुरोध गर्दै आ आफ्नो स्थानबाटै पूजापाठ गरी कोराना भाइरसका कारण ज्यान गुमाउनेहहरुको चित्त शान्तिको कामना र उपचार गराइरहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्न पनि अनुरोध गरेको छ ।

हिमाली बौद्ध परम्पराका ञिङमा, काग्यु, साक्य र गेलुग सम्प्रदायले भोट चन्द्र पात्रोको चौथो महिना सागा दावा एक महिनासम्म विशेषरुपमा मनाउने गरेका छन् । महासंघले पनि सागा दावाको अवसरमा विशेष पूजा कार्यक्रम गर्दै आएको छ ।

Share

Related posts