जेट ली काठमाडौँमा, बौद्ध दर्शनको कक्षा लिदैं

विश्व चर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको बुझिएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् । छोकी निमा रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए । उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो…

Read More

सारथानमा क्याब्जे नाम्खा ड्रिमेड राबजम रिन्पोछेद्वारा स्तुप अभिषेक

भारतको सारनाथमा जिर्णोद्वार गरिएको स्तुपमा क्याब्जे नाम्खा ड्रिमेड राबजम रिन्पोछे ज्यूले अभिषेक प्रदान गर्नु भएको छ । भगवान बुद्धको अस्थिधातु रहेको उक्त स्तुप डुङ्से ग्यात्रुल जिग्मे रिन्पोछेको आर्थिक सहयोगमा जीर्णोद्धार गरिएको हो । रिगन थुप्टेन मिन्ड्रोलिङ गुम्बाले रिन्पोचे, खेन्पोहरु, लामा, भिक्षु संघका प्रतिनिधिहरुसहित अन्य संघसंस्था र तिब्बती समुदायको उपस्थितिमा एक समारोहको आयोजना गर्दै स्तुपमा अभिषेक गरेको हो ।

Read More

बौद्धमा ३ दिने बौद्ध विश्व शान्ति गोष्ठी हुँदै

हिमालयन बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ । माघ १८, १९ र २० गते हुने प्रशिक्षण ताइवानका प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा हुनेछ । बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बद्र्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने उद्देश्यले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको गुरु कोशिस लोब्साङ वाइबाको भनाइ छ । गोष्ठिमा खेन्पो शिर लामा– गुरुङले गुरु पद्मसम्भवको योगदान र…

Read More

बुद्ध जन्मभूमि लुम्बिनीमा १ हजार २५० जनालाई कुलपुत्र प्रवज्या दिइने

गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो । बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गर्नुभयो । बुद्धको अनुयायी बनाउनका लागि यसअघि पनि लुम्बिनीमा कार्यक्रम हुँदै आएका थिए । फोटो…

Read More

पाँचौ बज्र गुरु जपको तयारीमा ताप्लेजुङबासी

प्रत्येक वर्ष ताप्लेजुङमा हुँदै आएको बज्र गुरु जपको यो वर्षको कार्यक्रमको तयारी सुरु भएको छ । पाँचौ बज्र गुरु जपका लागि यसका सरोकार व्यक्ति तथा संघसंस्थाको व्यस्त बढ्न थालि सकेको छ । ताप्लेजुङ जन्मथलो भई हाल काठमाडौँमा बसोबास गरिरहेकाहरुले बज्र गुरु जप पूजालाई सफलतापूर्वक सम्पन्न गर्न भेटघाट, योजना र सरसल्लाहलाई तिव्रता दिइरहेका छन् । पाँचौ बज्र गुरु जप पूजाका लागि प्रमुख अतिथिको रुपमा धार्मिक गुरु परमपुज्य शरण नायक क्याब्जे दिल्गो खेन्चे याङ्सी रिन्पोछे ज्यूलाई औपचारिकरुपमा निमण्त्रणा गरिएको छ । पाँचौ बज्र गुरु जप पूजा चैत १०, ११ र १२ गते…

Read More

मायादेवी मन्दीरमा १ करोड बढि दान संकलन

बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकनल भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दानपेटिका खोलिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । संकलिन दान पारदर्शी बनाउनेगरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।…

Read More

लुम्बिनीमा पर्यटकको चहलपहल छैन उत्साहजनक

यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक आगमन उत्साहबर्द्धक देखिएको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिँदै गएको छ । तर, पूर्ववतःअवस्थामा भने अझै फर्किइ सकेको छैन । तथापी सन् २०२३ मा लुम्बिनीमा आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन भने पछिल्लो चार वर्ष यताकै उच्च छ । यसले लुम्बिनी क्षेत्रको पर्यटन पूरानै लयमा फर्किने अपेक्षा बढाएको छ । सन् २०१९ मा लुम्बिनीमा १५ लाख ५८ हजार ३२६ पर्यटक आएर नयाँ रेकर्ड कायम भएको थियो । तर, यसबीचमा दुई वर्ष कोरोना महामारीले पर्यटकको संख्या ह्यात्तै घट्यो । त्यस यता…

Read More

बौद्धमा जारी ङिङ्मा मोन्लाममा सोमवार र मंगलवार बुद्धको अस्थि देखाइदै

नेपाल बौद्ध ञिङमा संघको आयोजनामा पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमा (पौष ६ देखि १० गते) सम्म पाँच दिन १४ औँ नेपाल ञिङमा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्दै आएको छ । विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपोनहरूको साथै उपासक उपसिकाहरुको सहभागितामा हुने मोन्लम पूजापाठमा विश्वमै कुनै…

Read More

लुम्बिनी प्रेस क्लबको बौद्ध सञ्चार यात्रा

‘पर्यटनका लागि शान्ति, शान्तिका लागि आध्यात्मिक मौन यात्रा’ नारासहित लुम्बिनी प्रेस क्लब, रुपन्देहीले शुक्रबार भैरहवा–लुम्बिनी बौद्ध संचार यात्रा गरेको छ । क्लबको नवौं स्थापना दिवसको अवसरमा पदयात्रा गरिएको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए । शुक्रवार बिहान ७ः१० मा भैरहवाको लुम्बिनी गेटबाट सुरु पदयात्रा ११ः४० मा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा पुगेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, सशस्त्र प्रहरी २७ नम्बर गणका प्रमुख…

Read More

श्याल्पा रिन्पोचेको परिकल्पना : विश्व शान्ति धाम, निर्माण सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘विश्वशान्ति धाम’को काम धमाधम भइरहेको छ । विश्वका जुनसुकै देशका नागरिक एकैठाउँ जम्मा भएर शान्तिको बिगुल फुक्न र सम्पूर्ण मानवताको कल्याण तथा लाभको लागि प्रार्थना गर्नसक्ने गरी लुम्बिनीमा विश्वशान्ति धाम निर्माण भइरहेको हो । धाम निर्माण स्थलमा शनिबार ढुंगा बिछ्याएर निर्माण कार्यको थालनी गरिएको छ । विश्वशान्ति कामनाको अभियान चलाइरहेका धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेको ¥याङ्ग्रिग एसे फाउण्डेसनले लुम्बिनीमा धाम बनाइरहेको हो । विश्वभर छरिएर रहेका बौद्धधर्मालवम्बी, अनुयायी, भिक्षुभिक्षुणी तथा आम मानिसको सहयोगमा धाम निर्माण गरिने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका संचालक तथा धाम निर्माणकर्ता श्याल्पा रिन्पोछेले…

Read More