बौद्धमा ३ दिने बौद्ध विश्व शान्ति गोष्ठी हुँदै

हिमालयन बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ । माघ १८, १९ र २० गते हुने प्रशिक्षण ताइवानका प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा हुनेछ ।

बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बद्र्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने उद्देश्यले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको गुरु कोशिस लोब्साङ वाइबाको भनाइ छ ।

गोष्ठिमा खेन्पो शिर लामा– गुरुङले गुरु पद्मसम्भवको योगदान र विशेषता, गेशे ञिमा छ्योग्यालले बौद्ध दर्शन तथा आधुनिक विज्ञानको विशेषता, खेन्पो सर्वजित गोङपाले पंचमहाशास्त्रको संक्षिप्त परिचय, खेन्पो पेमा छिरिले सप्ताङ्ग प्रार्थना, लामा छिरिङ टाशिले चार चित्त निवृति, लोचावा पुण्य प्रसाद पराजुलीले बौद्ध तथा अबौद्धको फरक, आचार्य थुब्तेनले घिसिङ क्षण र सम्पद्ले युक्त मानव चोलाको महत्व, लोपोन ञिमा छिरिङले प्रणिधान तथा परिणामनाको विशेषता, आचार्य टीका शेर्पाले त्रिमूल पथ र आचार्य मिङमार– डाग्पा रेपा तथा गतगर्भ बारेमा प्रवचन दिनु हुनेछ ।

तीन दिने गोष्ठी बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुनेछ ।

Share

Related posts