प्रत्येक वर्ष ताप्लेजुङमा हुँदै आएको बज्र गुरु जपको यो वर्षको कार्यक्रमको तयारी सुरु भएको छ । पाँचौ बज्र गुरु जपका लागि यसका सरोकार व्यक्ति तथा संघसंस्थाको व्यस्त बढ्न थालि सकेको छ । ताप्लेजुङ जन्मथलो भई हाल काठमाडौँमा बसोबास गरिरहेकाहरुले बज्र गुरु जप पूजालाई सफलतापूर्वक सम्पन्न गर्न भेटघाट, योजना र सरसल्लाहलाई तिव्रता दिइरहेका छन् ।
पाँचौ बज्र गुरु जप पूजाका लागि प्रमुख अतिथिको रुपमा धार्मिक गुरु परमपुज्य शरण नायक क्याब्जे दिल्गो खेन्चे याङ्सी रिन्पोछे ज्यूलाई औपचारिकरुपमा निमण्त्रणा गरिएको छ । पाँचौ बज्र गुरु जप पूजा चैत १०, ११ र १२ गते ताप्लेजुङको सुकेटारमा हुँदैछ ।
महायानी बौद्ध धर्मावलम्वीले विश्व शान्ति र सम्पुर्ण प्राणीको हितार्थ वज्र गुरु जप पूजा गर्ने परम्परा रहेको छ । कार्यक्रममा आर्य–अवलोकितेश्वार, आर्य तारा, आर्य मन्जुश्रीको मन्त्रको आागम, धर्म देशना तथा आयुअभिषेक सँगै प्रवचन कार्यक्रम गरिने वज्रगुरु जप कार्यक्रम मुल आयोजक समितिले जानकारी दिएको छ ।
चौथो वज्र गुरु जप पूजाको प्रमुख धार्मिक गुरुको रुपमा क्याब्जे लामा जोपा रिन्पोछे ज्यु सहभागि हुनु भएको थियो । उहाँले गुरु रिन्पोछे, डोल्मा, चेरेन्सिक (अवलोकितेस्वर) मन्त्रको लुङ प्रदान गर्नु भएको थियो । चौथो बज्र गुरु जप पूजा गर्त वर्ष फागुन १५, १६ र १७ गते ताप्लेजुङको सुकेटारमा चौथो वज्रगुरु जप कार्यक्रम आयोजना गरिएको थियो ।
पाँचौ बज्र गुरु जप पूजा सम्बन्धी थप जानकारीको लागि : ९८४२७०१२७३