पाकिस्तानमा रहेको यो बौद्ध स्तुप किन विशेष मानिन्छ ?

बौद्ध धर्म विश्वका प्रमुख धर्ममध्ये एक हो, तर पाकिस्तानमा यसका अनुयायी निकै कम छन्। बौद्ध धर्मावलम्वीको संख्या कम भएपनि पाकिस्तानमा बौद्ध धर्मका कैयौँ प्राचीन स्थान र बहुमूल्य कलाकृति छन् । विगत केही वर्षदेखि धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ त्यहाँ कतरापुर करिडोरसहित विभिन्न परियोजनामा काम भइरहेको छ। साथै गन्धारा सभ्यताप्रति विदेशी पर्यटकहरूको रुचिलाई मध्यनजर गर्दै बौद्ध धर्मसम्बन्धी कार्यक्रम पनि गर्न थालिएको छ। पाँचौँ शताब्दी ईसापूर्वदेखि दोस्रो शताब्दी ईसापूर्वसम्म तक्षशिला बौद्ध शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र मानिन्थ्यो। यहाँ विभिन्न स्तूप, पूजा स्थल तथा पुरातात्त्विक अवशेष छन् जसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सक्छन्।…

Read More

एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए (भिडियो अन्तरवार्ता सहित)

काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् । कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक हुँदै आइरहेका लामा सेनाङ ग्याम्जो तामाङको रुची फिल्म हेर्न मात्रै होइन, निर्माणमा पनि उस्तै छ । उनले दुई वर्ष अघि एउटा फिल्म बनाए । लामा जीवन अपनाइरहेका विद्यार्थी र गुरु बीचको द्वन्दको ‘प्लट’लाई समातेर ‘झा लो’ नामको एउटा फिल्म बनाएका थिए । फिल्मले राम्रै चर्चा पायो, लामाको निर्देशकीय खुबीको पनि राम्रै प्रशंसा भयो । फिल्म मेकिङमा लामा कसरी ? सामान्यरुपमा हेर्दा लामा जीवनमा प्रवेश गरिसकेका व्यक्तिको मुख्य काम बुद्ध…

Read More

नेपालमा थेरवादको स्थिति

मुनीन्द्ररत्न बज्राचार्य नेपालमा थेरवाद बुद्धधर्मको आफ्नै स्थान छ । यसको प्राचीन इतिहास स्पष्ट छैन तर पनि यसको विकास पहिलेदेखि नै भइसकेको थियो । भगवान् बुद्धको जन्म ई.पू. ५६३ मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो । बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो । बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो । बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए । बुद्धको निर्वाणपछि सयौंँ वर्षको अन्तरालमा दोस्रो सांघायनमा…

Read More

छोग्याल रिन्पोछेको जन्मदिनमा पशुपतिमा अनाथ असहायलाई खाना

छोग्याल रिन्पोछेको जन्मदिनको अवसर पारेर नेपाल बौद्ध संघले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा खाना वितरण गरियो । संघले बिहिवार विहानै पशुपतिनाथ परिसरमा गई खाना वितरण गरेको हो । उक्त क्षेत्रमा रहेका १०० भन्दा बढि अनाथ तथा असहायलाई खाना तथा जुस खुवाइएको नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । खाना वितरण कार्यक्रममा लोपेन सांगे लेग्देन पनि सहभागि भएका थिए ।

Read More

बुद्धको अन्तिम भोजन

भन्ते नागसेन ! धर्म संगायना गर्नेवाला स्थबीरहरुले भन्नुभएको छ–सोनार चुन्दले दिएको भोजन खाएर मैले यस्तो सुनेको छु, बुद्धलाई त्यो कडा रोग भयो जसले अन्ततः महापरिनिर्वाण नै भयो । फेरि पनि, भगवानले यस्तो भन्नुभएको छः “आनन्द ! मलाई प्रदान गरिएको दुइवटै भिक्षा बराबर पुण्य दिनेवाला छ, अन्य लोकले दिएको भिक्षा भन्दा त्यो दुई सबैभन्दा अधिक फल र पुण्य दिनेवाला छ ।“ कुन–कुन दुई भिक्षा ? (१) जुन भिक्षालाई खाएर मैले अलौकिक बुद्धत्वलाई प्राप्त गरेको थिए र (२) जुन भिक्षालाई खाएर मैले संसारबाट सधैका लागी छुट्टी मिल्नेवाला परिनिर्वाणलाई पाए । यी दुई…

Read More

ललितपुरमा गुम्बा शिलान्यास

ललितपुरमा ॐ नमो बुद्ध दोर्जे गुम्बा शिलान्यास गरिएको छ । महाकांल गाउँपालिका वडा नं ३, छेपारी डाँडा, गोटिखेलमा निर्माण गरिने गुम्बा शिलान्यास भएको हो । बौद्ध दर्शन प्रवर्धर्न तथा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष खेन्पो थुप्तेन जिकडोल र धर्मगुरु फुपु छेम्पे शेर्पाले संयुक्तरुपमा शिलान्यास गरेकोे गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्बीका लागी महत्वपुर्ण धार्मिकस्थल बन्ने स्थानीयको विश्वास छ ।

Read More

बौद्ध विश्वविद्यालयलाई सय बिगाह दिने मन्त्रिपरिषदको निर्णय

बुटवलः बुद्धको मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सरकारले एक सय बिगा जमिन दिने निर्णय गरेको छ। मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो। लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो। विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तीका लागि पहल थालेको थियो। वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ। अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २०…

Read More

लुम्बिनीमा बौद्ध ध्यानकेन्द्र निर्माणका लागी सहयोग आह्वान, अनलाइनबाट एक रुपैयाँ डोनेसन अभियान सुरु

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधिन महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माणका लागि आज शनिबारबाट अनलाइनमार्फत् दान संकलन शुरु भएको छ । यसअघि उक्त बाटिका निर्माणका लागि लुम्बिनीमा मुठ्ठीदान अभियानको सार्कका महासचिव दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गरेका थिए । विश्वभरका आम समुदायको सहभागिता रहनेगरी बौद्धमार्गी र अनुयायीहरुलाई मुठ्ठीदान गर्न सहज होस् भनेर अनलाइन सेवा सुरु गरिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचेले बताए । उनले भने, ‘नेपालभर इ–सेवा र बाह्य मुलुकबाट पे–पल एपमार्फत् दान गर्न सकिने गरि…

Read More

बौद्ध शिक्षा विस्तार मैत्री धर्मद्वीप केन्द्रद्वारा छेथार अर्थात जीवनदान

बौद्ध शिक्षा विस्तार मैत्री धर्मद्वीप केन्द्रद्वारा आयोजित छेथार अर्थात जीवन दान कार्यक्रम बुधवार सम्पन्न भयो । केन्द्रले जीवनदान कार्यक्रम अन्तर्गत ३ सय ५० धानचरी र ५० परेवालाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लगेर आर्युदान विधि, आयु सुत्र, धारणी पुजापाठका साथ जीवनदान गरेको हो । जीवनदान कार्यक्रम सफल बनाउन यूके आस्फोर्ड केन्टका समाजसेवी शान्ती तामाङ लगायतको भूमिका रहेको थियो । बौद्ध धर्म अनुसार प्राणीको प्राण दान गरेमा शीलवान भिक्षुजस्तै पूण्यवान् हुने र एक प्राणीको जीवनदान गरेमा एक दुर्गतिमा जन्मलिने कर्म शुद्ध हुने मान्यता रहेको छ । साथै यस्तो पवित्र कार्यले दशहजार कल्पका…

Read More

बौद्ध प्रशिक्षण शिविरको निरीक्षणमा नेपाल बौद्ध संघका प्रतिनिधि

नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका ३ महिने बौद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा भइरहेको शिविरको निरीक्षण खेन्पो छुल्ठिम र कार्यक्रम संयोजक काइला लामाले गरेका छन् । दुई महिना अघि देखि सुरु भएको शिविर के कसरी सञ्चालन भइरहेको छ भन्ने निरीक्षण गर्न खेन्पो छुल्ठिम र काइला लामा फागुन ५ गते बारविसे पुगेका थिए । बारविसेको कग्यु दर्शेलिङ गुम्बामा शिविर भइरहेको छ । शिविरमा ५७ जना स्थानीय विद्यार्थी सहभागि भइरहेका छन् । शिविरमा स्थानीय बौद्धमार्गी समुदायका विद्यार्थीलाई बुद्ध शिक्षा, बुद्धको जीवनी लगायतका बौद्ध धर्म…

Read More