१. पृष्ठभूमि वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको थियो । उहाँलाई ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गर्नुभएको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका समस्त बुद्ध अनुयायीहरूले गुरु रिन्पोछेको नामले पुकारिन्छ । करिब आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचार प्रसार गर्न पाल्नु हुँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको व्यापक रूपमा प्रचार प्रसार गर्नुभएको थियो । तिब्बतमा उहाँले मन्त्रद्वारा भूत, प्रेत,…
Read MoreAuthor: rinpoche
The mountain Yogi मिला रेपा : विशेष जानकारी
सांगे लेग्देन गुरुङ (भूपेन) (1052 ई. – 1135 ई.) तिर हिमालय क्षेत्रको सबैभन्दा प्रसिद्ध योगि तथा कवि मध्ये एक हुनुहुन्थ्यो । मिला रेपा, मिला उहाको पूर्वजले पाएको उपाधि हो । उहाँको पुर्वज जोसे , एकदमै रिद्धिसिद्धि प्रात लामा हुनुहुन्थ्यो उहालाई लोकले दिएको सम्माननै उहाको वंशको प्रायःजसोलाई मिला भनिन्थ्यो । पिता मिला शेराप ग्याल्छेन अर्थात प्रज्ञाध्वज ) माता कर्मो ग्येन अर्थात श्वेत रत्नाको कोख बाट जन्मदिनु भएको थियोे मिला रेपा । उहाँको जिजु बाजेहरु ञिङमापा परम्पराको लामा हुनुहुन्थ्यो भने उहाको बाजे मिला दोर्जे सेङ्गे र उहाको पिता चाहिँ प्रख्यात ब्यापारी हुनुहुन्थ्यो ।…
Read Moreचारुमती बुद्ध विहार निर्माण विस्तारका लागि भूमि पूजा
काठमाडाँैँको चावहिलस्थित चारुमती बुद्ध विहारको पूनःनिर्माण विस्तारका लागी शनिवार परित्राण पाठ गरि भूमि पूजा गरिएको छ । विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर र भिक्षु समित स्थविरद्वारा पूजापाठ गरि शुभसाइतमा पूजा सम्पन्न गरिएको हो । परित्राण पाठ र पूजामा रोशन गुर्जुको पनि सहभागिता रहेको थियो । कोभिड १९ कारण कार्यक्रममा विहार निर्माण समिति र विहारका सीमित दाताहरु मात्रै सहभागि भएका थिए । उक्त विहारमा रहेको पाटीको एक आना जग्गामा २०५५ सालमा भिक्षु तपस्सी धम्म बुद्ध विहार निर्माण गर्नु भएको हो । विहारसँगै जोडिएको थप एक आना एक पैसा जग्गा २०७५…
Read Moreएक योगीको स्वप्न संसार
घनश्याम खड्का अक्सर जोगीहरु गुफा–तपस्वी र संसारविमुख हुन्छन् । श्याल्पा तेन्जिङ रिम्पोछे भने यस मामिलामा भिन्न देखिए । यी बौद्ध गुरू संसारतिरै फर्केर, संसारमै बसेर नयाँ संसार बनाउने धुनमा छन् । तिब्बती गुरु झ्याड्रेल रिम्पोछेका चेला श्याल्पा रिम्पोछेको देशना छ– जीवन एक अवसर हो, आनन्द भोग गर्ने । बितेका कुराले हाम्रो जीवनमा के अर्थ राख्छ ? हजारौं वर्षअघिको कुनै घटना वा व्यक्तिको निर्णयले अहिलेको समाज र मानिसलाई के प्रभाव पार्छ ? झट्ट हेर्दा लाग्छ, उहिलेका कुरा खुइलिए, बितेका कुरा बिलाए, जीवन अहिलेको हो, यो पूर्णतः विगतबाट मुक्त छ । तर, खोज्दै गयो भने प्रत्येक ठाउँ, प्रत्येक मानिस…
Read Moreज्ञानको प्रतिक मन्जुश्री
सांगे लेग्देन गुरुङ (भूपेन) महयान बौद्ध धर्ममा अति पुज्य एवम् लोकप्रिय नाम हो मंजुश्री । गतिविधि अझ भनौं जगतहितार्थ उच्च भुमि धर्ममेघा शिरोमणिमा रहेर सर्वकल्याणको कार्यार्थ महाबोधिसत्व हुनुभए पनि । नितार्थमा उहाँ बुद्ध बुद्धत्वनै हुनुहुन्छ । जगतहितार्थ उहाजस्तै आठ उपपुत्र सदैव करुणा तथा मैत्रीपूर्णभावले जगतकल्याणको कर्म साधानामा लागि पर्नु भैरहनु हुन्छ ,मंजुश्री जस्तैः आठ कल्याण उपपुत्रहरु चाहि , ཉེ་བའི་སྲས་ཆེན་བརྒྱད། आठ उपपुत्र , १)འཇམ་པའི་དབྱངས། ་(मंन्जुश्री ) २)ཕྱག་ན་རྡོ་རྗེ། वज्रपाणि ३)སྤྱན་རས་གཟིགས། अवलोकितेश्वार ४)ས་ཡི་སྙིང་པོ། क्षितिगर्भ ५)སྒྲིབ་པ་རྣམ་སེལ།सर्वनिवरणविष्कम्भी ६)ནམ་མཁའི་སྙིང་པོ། आकाशगर्भ ७)བྱམས་པ། मैत्रेय ८)ཀུན་ཏུ་བཟང་པོ། समन्तभद्र यहाँ आठ मध्ये चर्चा गरिएको उहाँ मंजुश्रीको जन्मस्थल चाहि चीन देशमा हो…
Read Moreबौद्ध धर्ममा पञ्चशीलको महत्व
बौद्ध धर्ममा पञ्चशीलको अत्यन्तै ठूलो महत्व रहेको छ । बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । अङ्गुत्तरनिकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा यी शीलहरुका वर्णन गरिएका छन् । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशीललाई बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वारको रुपमा लिइन्छ । यस अनुसार बुद्धको मार्गमा हिंड्नको लागि प्राणीहिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पतिरपत्नी बाहेक अरुसंग नलाग्ने (भिक्षुहरुले चाहिं कोहीसंग पनि व्यभिचार नगर्ने)…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा हेलम्बु क्षेत्रका ३ स्थानमा ३ महिने बौद्ध शिक्षा सम्पन्न
नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका ३ स्थानमा भइरहेका ३ महिने बौद्ध शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बौद्ध शिक्षा प्रशिक्षण कार्यक्रम एकदमै सफलतापूर्वक र संघले सोचे अनुसार नै भएको कार्यक्रम संयोजक काइला लामाले बताउनु भयो । बौद्ध प्रशिक्षण कार्यक्रम बारविसे नगरपालिकाको वडा नं ७, फाल्डुस्थित काग्यू दार्शलिंग गुम्बामा भएको प्रशिक्षण कार्यक्रम ५६ जनाले पुरा गरेको कार्यक्रम संयोजक काइला लामाले जानकारी दिनुभयो । समापन कार्यक्रम गुम्बाका प्रतिनिधि विशाल शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै अर्को प्रशिक्षण कार्यक्रम भोटेकोशी गाउँपालिका वडा नं ५ गुम्सा टोलमा भएको थियो ।…
Read Moreबौद्ध शिक्षाको प्रवर्धनमा अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार
गौतम बुद्धको महापरिनिर्वाण पछि बौद्धमार्गीका लागी चार स्थान विशेष रहेका छन् । बुद्धले पहिलो आँखा उघारेको स्थान लुम्बिनी, बुद्धत्व पाएको बोधगया, बुद्धत्व प्राप्ति पछि पहिलोपटक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण गरेको कुशीनगर । यी चार स्थानमध्ये पनि बुद्धको जन्मस्थल भएको कारण लुम्बिनी अझ बढी महत्वपुर्ण रहेको छ बौद्धमार्गी माझ । बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र क्षेत्रमा रहेको एउटा विहार हो अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहार । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिको वडा नंबर ४ स्थित डिंगरनगरमा यो विहार रहेको छ । विहारको स्थापना जटिल भन्तेले विक्रम सम्बत २०५८ सालमा गरेका हुन् ।…
Read Moreथेरवाद बुद्धधर्ममा कथिन दानको महत्व
पदुम श्रामणेर बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ । सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान…
Read Moreबौद्ध दर्शन र शाकाहारी जीवनको महत्व र सम्बन्ध
भिक्षु आङ फुरि शेर्पा बुद्ध शब्द सुन्न साथ अहिंसा, करुणा, प्रेम, दया र दान आदि प्राणी हितसँग जोडिएर आउँछ । बुद्ध दर्शनमा शील, समाधि र प्रज्ञाको क्रमिक अध्ययन र अभ्यासबाट बुद्ध हुन्छ । शील नभए समाधि हुँदैन, समाधि नभए प्रज्ञा आउदैन र प्रज्ञा नभए बुद्ध हुँदैन । त्यसैले शील राम्रोसँग पालन गर्नु अपरिहार्य छ । बौद्ध दर्शनमा मानिसको क्षमता अनुसार धेरै प्रकारको शीलहरु । शील भनेको आफू र अरु प्राणीहरुलाई हानी नपुर्याउने मात्र नभई मन, वचन र कर्म(काम)ले हित उत्तम र सत्य व्यवहार, नियम, अनुशासन हो । शीलमा नरहेसम्म मनलाई…
Read More