उपल्लो डोल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्विक शाक्यमुनि बुद्धको कास्य मूर्ति बेइजिङको एक निजी ग्यालरीले लिलामीमा राखेपछि यस बारेमा सरोकार राख्दै समाचार बाहिरिएको धेरै भएको छैन । यो त एउटा उद्धाहरण मात्रै हो यस्ता कैयौ पुरातात्विक सम्पदाहरु डोल्पा, मुस्ताङ, हुम्लासहितका हिमाली जिल्लाबाट चोरिँदै गएको बारे समाचार आएपनि त्यसको संरक्षण–संवद्र्धनमा र चेतनामा त्यति प्रभावकारी काम हुन सकेको देखिन्न । शनिबार अपराह्न तारागाउँ म्युजियममा आयोजित एक समारोहमा भने डोल्पाली सम्पदा र पुरातात्विक सृजनाका बारेमा एक प्रतीकात्मक पुस्तकमार्फत चेतना बढाउने आह्वानको शुभारम्भ गरियो । ‘पेमा र डोल्पाबाट चोरिएका मूर्ति’ शीर्षकमा आएको…
Read MoreAuthor: rinpoche
महायोगी श्रीधर राणा रिम्पोचेद्वारा धर्म प्रवचन
अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहार, डिङ्गरनगर, तिलोत्तमा, रुपन्देहीमा आज दिउँसो १ बजेदेखि विशेष धर्म प्रवचन कार्यक्रम आयोजना हुँदैछ । लुम्बिनी बौद्ध विश्वविद्यालय प्रणिधान आयोजक समितिको आयोजनामा हुने धर्म प्रवचन कार्यक्रममा विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे सहभागि हुँदै हुनुहुन्छ । कार्यक्रममा सहभागि भइ राणा रिन्पोचेबाट हुने प्रवचनमा सहभागि बौद्ध विहार, गुम्बा तथा बौद्ध संघ सस्था लगायत सम्पुर्ण बौद्ध धर्मावलम्वीहरुलाई सहभागि हुन अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारका प्रमुख भिक्षु ज्ञानेन्द्र स्थविर, सद्धम्मकोविदले आग्रह गर्नु भएको छ ।
Read More११ देशका भिक्षुहरूले गुन्जयमान बनाए बोधगया
गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको बोधगया शुक्रवार बुद्ध वचनले गुन्जयमान बन्यो । अन्तर्राष्ट्रिय त्रिपिटक सुत्त पाठको अवसरमा बुद्ध भूमि बौद्धगया गुन्जयमान बनेको हो । सुत्त पाटमा सहभागि भिक्षु, उपासक–उपासिकाहरुको नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धसको ध्वनीले बोधगया बिहानैदेखि गुन्जयमान बनेको हो । बोधगयामा १७ औँ अन्तर्राष्ट्रिय त्रिपिटक सुत्तपथ भव्य शोभायात्राका साथ शुरु भएको थियो । परम्परागत पोशाकमा ११ भाषा, तर भगवान बुद्धप्रति समान श्रद्धा, अभिवादन र कृतज्ञताका साथ हजारौ सहभागि थिए । कालचक्र मैदानमा भएको सुत्तपाठमा त्रिपिटकमा रहेका बुद्ध वचनहरुको श्रद्धापूर्वक पाठ गरिएको थियो । बिहान १० बजे कालचक्र मैदानमा…
Read Moreलुम्बिनी बौद्ध विश्वविद्यालयको भिजन २०३० सार्वजनिक
लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहकाबीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो । विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एक मात्रै विशिष्टिकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृति सहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ । रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताउनुभयो । अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुशरण सहितको शिक्षा प्रवर्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका…
Read Moreहराएको बुद्ध मूर्ति बनेपामा प्रतिष्थापन
बनेपा नगरपालिका–८ वाहवही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति बुधवार सोही स्थानमा प्रतिस्थापन गरिएको छ । वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो । मूर्ति २०३५ सालमा चोरी निकासी गरी विदेश लैजाँदै गरेको अवस्थामा एयरपोर्टमै फेला पारी छाउनीमा संरक्षण गरी राखिएको राष्ट्रिय संग्राहलय छाउनीका कार्यकारी निर्देशक जयराम श्रेष्ठले जानकारी दिए । स्थानीयको आस्था र धरोहर बोकेको उक्त मूर्ति अष्ट धातु र मेटलबाट निर्मित भएको श्रेष्ठले बताए । कलात्मक रुपमा निर्माण गरिएको उक्त मूर्ति १७ औँ शताब्दीमा बनेको निर्देशक श्रेष्ठले जानकारी दिए । मूर्ति हराएलगत्तै विहारका पदाधिकारी र…
Read Moreयसरी हुँदैछ अमेरिकामा बज्रयान बौद्धको अभ्यास
बज्रयान बौद्ध धर्मको केन्द्र नेपाल मण्डल । तर बज्रयान बौद्ध धर्मसँग सम्बन्धित थुप्रै महत्वपूर्ण ग्रन्थ राणाकालमा नष्ट गरिए । यस्तै, कयौं ग्रन्थ विदेशिए । यहाँसम्म कि दैनिक अभ्यासमा समेत बाधा पुग्यो । तर अहिले अमेरिकामा बज्रयान महाविहारको स्थापना गरेर बज्रयान दर्शन, कला संस्कृति र अभ्यासको प्रवद्र्धन भईरहेको देख्दा कम्ता रोचक लाग्दैन । विगतमा सिद्ध महापुरुष र गुरुहरु यहाँ धर्मको अभ्यास गरेको इतिहास छ । जसका कारण यहाँ थुप्रै विहार र महाविहारहरु निमार्णका साथै धेरै मौलिक बौद्ध ग्रन्थ सृजना भए । तर, समयकालसँगै यस्ता महत्वपूर्ण ग्रन्थ नष्ट गरिए भने कयौं विदेशिए…
Read Moreबुद्ध जन्मस्थलको संरक्षणमा चासो
लुम्बिनीभित्र रहेका बुद्ध जन्मस्थलका पुरातात्त्विक अवशेषहरूको संरक्षणका लागि विज्ञहरुबीच अन्तर्राष्ट्रिय गोष्ठी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा पुरातत्त्व विज्ञहरूसँग छलफल गरिएको हो । मायादेवी मन्दिर, बुद्ध जन्मस्थल क्षेत्रमा रहेका मार्कर स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्त्विक अवशेषहरूको अवस्था र दिगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो । उहाँका अनुसार मायादेवी मन्दिर र बुद्ध जन्मस्थलको संरक्षणबारे विज्ञहरूले महत्त्वपूर्ण सुझावसहितको प्रस्तुति राखेका छन् । त्यस अवसरमा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन…
Read Moreआज ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण दिवस, यस्तो छ महत्व
आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नुभए तापनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण २०७९ कात्तिक २९ गते मंगलवार परेको छ । नेपालको तराई भेग भारत र नेपालको सिमाना सुनैलीबाट करिब २५ किलोमिटरको दूरी रहेको लुम्बिनीमा तत्कालीन…
Read Moreचीनमा श्वेत चैत्य निर्माण भएको ७ सय ५० वर्ष पुरा
नेपालका राष्ट्रिय विभूति अरनिकोबाट निर्माण भएको चीनको बेइजिङ्गमा रहेको श्वेत चैत्य स्थापनाको ७ सय ५० औं वार्षिकोत्सव मनाइएको छ । श्वेत चैत्य १३ औं शताव्दीमा युआन राजवंशकालमा अरनिकोले बनाएका थिए । यसैका कारण चीनमा नेपालको मौलिक कला संस्कृति र बुद्ध धर्म फैलिएको थियो । चीन सरकार, चिनिया कम्युनिष्ट पार्टी, नेपाली दुतावास लगायतका प्रतिनिधिको उपस्थितिमा बेजिगंममा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको थियो । बार्षिकोत्सव कार्यक्रम सप्ताहव्यापी रुपमा मनाइँदैछ । चीन र नेपालको सांस्कृतिक सम्पदालाई एक साथ अगाडि बढाऔं भन्ने नारा सहित महोत्सव भएको हो । महोत्वसवमा श्वेत चैत्य परिसरमा दुई…
Read Moreएक हजारलाई बौद्ध दिक्षा
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थवीरबाट आनन्दकुटी विहारका करिब एक हजार बौद्ध धर्मावलम्बीलाई गएको शनिवार दिक्षा प्रदान गरिएको छ । महासंघका अध्यक्ष तथा धर्मगुरु बोधिसेनले विधि विधानपूर्वक विशेष पूजा गर्दै बौद्ध शिक्षामा सत्कर्म गरी विश्व शान्तिका साथै मानव कल्याणमा क्रियाशील हुन सहभागीलाई आग्रह गर्नु भयो । बौद्ध साहित्यमा आधारित नैतिक ज्ञान तथा अहिंसासम्बन्धी शिक्षा प्रदान गरिएको उक्त कार्यक्रममा उहाँले मानिसले लोभ, मोहको अन्त्य गर्न सकेमा शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने बताउँदै त्यसतर्फ अग्रसर हुन सर्वसाधरणलाई प्रेरित गर्नु भयो । गत असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म उक्त विहारमा ‘वर्षावास’…
Read More