बौद्ध धर्मगुरु दलाई लामाले चीनले बौद्ध धर्म समाप्त गर्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ । तर, चीन यसमा सफल नहुने उहाँको भनाइ छ । भारतको बिहारस्थित बोधगयाको कालचक्र मैदानमा आयोजित एक कार्यक्रममा गत शनिबार लामाले सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
सम्बोधनको क्रममा उहाँले चीनले बौद्ध धर्मलाई जहर मान्ने गरेको आरोप लगाउनु भयो । बौद्ध धर्म समाप्त पार्नका लागि विशेष अभियान चलाइरहेको पनि उहाँको आरोप छ । यस्तो अभियानका बाबजुद पनि बौद्ध धर्मावलम्बीहरूमा कमी नआएको उहाँले बताउनु भयो ।
Share