श्रद्धेय छोग्याल रिन्पोचेद्वारा संचालन हुदै आएको रेपा कार्यक्रमको पाँचौ भागको लागी आवेदन फारम खुला गरिएको छ । रेपा छोग्याल रिन्पोचेले विकास गर्नु भएको तीन वर्षीय आन्तरिक रुपान्तरण सम्बन्धी विशेष कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत करुणा र आध्यात्मिकतामार्फत् आफैलाई चिन्ने लक्ष्य रहेको छ । यस कार्यक्रममार्फत् छोग्याल रिन्पोचेले जीवनशैली, योग अभ्यास, दया, करुणा लगायतका अभ्यास गराउनु हुन्छ । रेपा अभ्यास अनलाइनका साथै व्यक्तिगत र आवासीय शिविरमार्फत पनि गराइदै आएको छ । पहिलो रेपा कार्यक्रम सन् २०२१ मा आयोजना हुँदा ५५ जना सहभागि भएका थिए । त्यस्तै सन् २०२२ मा भएको…
Read MoreAuthor: rinpoche
लुम्बिनीमा दियो सेड सञ्चालन, दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘दियो सेड’ सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा उक्त सेड संचालनमा ल्याएको हो । कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी सेड निर्माण गरेर संचालनमा ल्याएको हो । यसअघि मायादेवी परिसरमा दियो बाल्ने ठाउँ सानो थियो । ठूलो संख्यामा बत्ती बाल्नुपर्दा भूइँमा बाल्नुपथ्र्यो । अब भने सेड संचालनसँगै सहजता भएको छ । विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्वारको पश्चिमपट्टी एकैपटकमा १ लाख दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको उद्घाटन गरिएको छ । उपाध्यक्ष डा. लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा…
Read Moreलुम्बिनीमा पाँचदिने मोन्लम सुरु, हलिउड स्टार जेट ली पनि सहभागि
बुद्ध जन्मस्थल लुम्बिनीमा महायानी परम्परा अनुसार मोन्लम अर्थात् विश्व शान्ति पुजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै भइरहेको मोन्लमले लुम्बिनीको धार्मिक, आध्यत्मिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । पूजामा हलिउड स्टार जेट ली पनि सहभागि छन् । बौद्ध धर्र्म थेरवादी र महायानी गरी दुई मुख्य परम्परामा विकसित हुँदै आएको छ । महायानीमा हिमाली बौद्ध र नेवारी बौद्ध परम्परा चलेका छन् । हिमाली बौद्ध परम्परा अन्तर्गत सयौं पर्व, संस्कृति र रीतिथिति विकसित भएका छन् । ती सबैले बुद्धले दिएका शिक्षालाई प्रतीकात्मक रुपमा बुझ्न र दैनिक जीवनमा…
Read Moreबुद्ध वंश संहारको कथा मुर्तिमा
गौतम बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका छन् । ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश संहारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरु तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताए । बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याईरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरुले शान्तिको विकल्प नभएको सन्देश दिने मुर्तिकारको भनाइ छ । रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यमबाट आफूहरुले बुद्धको शान्तिको…
Read Moreजेट ली काठमाडौँमा, बौद्ध दर्शनको कक्षा लिदैं
विश्व चर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन् । केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको बुझिएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् । छोकी निमा रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए । उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो…
Read Moreसारथानमा क्याब्जे नाम्खा ड्रिमेड राबजम रिन्पोछेद्वारा स्तुप अभिषेक
भारतको सारनाथमा जिर्णोद्वार गरिएको स्तुपमा क्याब्जे नाम्खा ड्रिमेड राबजम रिन्पोछे ज्यूले अभिषेक प्रदान गर्नु भएको छ । भगवान बुद्धको अस्थिधातु रहेको उक्त स्तुप डुङ्से ग्यात्रुल जिग्मे रिन्पोछेको आर्थिक सहयोगमा जीर्णोद्धार गरिएको हो । रिगन थुप्टेन मिन्ड्रोलिङ गुम्बाले रिन्पोचे, खेन्पोहरु, लामा, भिक्षु संघका प्रतिनिधिहरुसहित अन्य संघसंस्था र तिब्बती समुदायको उपस्थितिमा एक समारोहको आयोजना गर्दै स्तुपमा अभिषेक गरेको हो ।
Read Moreबौद्धमा ३ दिने बौद्ध विश्व शान्ति गोष्ठी हुँदै
हिमालयन बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ । माघ १८, १९ र २० गते हुने प्रशिक्षण ताइवानका प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा हुनेछ । बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बद्र्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने उद्देश्यले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको गुरु कोशिस लोब्साङ वाइबाको भनाइ छ । गोष्ठिमा खेन्पो शिर लामा– गुरुङले गुरु पद्मसम्भवको योगदान र…
Read Moreबुद्ध जन्मभूमि लुम्बिनीमा १ हजार २५० जनालाई कुलपुत्र प्रवज्या दिइने
गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा १२५० जनालाई बुद्ध पुत्र दीक्षा (कुलपुत्र प्रब्रज्या) दिइने भएको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई धर्मदुत भिक्षुलगायतका बौद्ध धर्माम्वलम्विहरुले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुद्धको चेलालाई बुद्ध पुत्रको रुपमा पहिचान दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो । बुद्धको वास्तविक चेला वा भिक्षु बनाउने सो कार्य फागुन १६ गतेदेखि चैत्र ८ गतेसम्म हुने भएकाले यसमा सबैलाई साथ दिन पनि अखिल नेपाल भिक्षु महासंघका संयोजक भिक्षु प्रज्ञामूर्तिले आह्वान गर्नुभयो । बुद्धको अनुयायी बनाउनका लागि यसअघि पनि लुम्बिनीमा कार्यक्रम हुँदै आएका थिए । फोटो…
Read Moreपाँचौ बज्र गुरु जपको तयारीमा ताप्लेजुङबासी
प्रत्येक वर्ष ताप्लेजुङमा हुँदै आएको बज्र गुरु जपको यो वर्षको कार्यक्रमको तयारी सुरु भएको छ । पाँचौ बज्र गुरु जपका लागि यसका सरोकार व्यक्ति तथा संघसंस्थाको व्यस्त बढ्न थालि सकेको छ । ताप्लेजुङ जन्मथलो भई हाल काठमाडौँमा बसोबास गरिरहेकाहरुले बज्र गुरु जप पूजालाई सफलतापूर्वक सम्पन्न गर्न भेटघाट, योजना र सरसल्लाहलाई तिव्रता दिइरहेका छन् । पाँचौ बज्र गुरु जप पूजाका लागि प्रमुख अतिथिको रुपमा धार्मिक गुरु परमपुज्य शरण नायक क्याब्जे दिल्गो खेन्चे याङ्सी रिन्पोछे ज्यूलाई औपचारिकरुपमा निमण्त्रणा गरिएको छ । पाँचौ बज्र गुरु जप पूजा चैत १०, ११ र १२ गते…
Read Moreमायादेवी मन्दीरमा १ करोड बढि दान संकलन
बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट १ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०÷८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकनल भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दानपेटिका खोलिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । संकलिन दान पारदर्शी बनाउनेगरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।…
Read More