श्याल्पा रिन्पोचेको परिकल्पना : विश्व शान्ति धाम, निर्माण सुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन ‘विश्वशान्ति धाम’को काम धमाधम भइरहेको छ । विश्वका जुनसुकै देशका नागरिक एकैठाउँ जम्मा भएर शान्तिको बिगुल फुक्न र सम्पूर्ण मानवताको कल्याण तथा लाभको लागि प्रार्थना गर्नसक्ने गरी लुम्बिनीमा विश्वशान्ति धाम निर्माण भइरहेको हो । धाम निर्माण स्थलमा शनिबार ढुंगा बिछ्याएर निर्माण कार्यको थालनी गरिएको छ । विश्वशान्ति कामनाको अभियान चलाइरहेका धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेको ¥याङ्ग्रिग एसे फाउण्डेसनले लुम्बिनीमा धाम बनाइरहेको हो । विश्वभर छरिएर रहेका बौद्धधर्मालवम्बी, अनुयायी, भिक्षुभिक्षुणी तथा आम मानिसको सहयोगमा धाम निर्माण गरिने फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका संचालक तथा धाम निर्माणकर्ता श्याल्पा रिन्पोछेले…

Read More

लुम्बिनीको विकासका लागि चिनियाँ उपमन्त्रीसँग डा. ल्हारक्याल लामाको आग्रह

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ उपमन्त्री वाङ रुइजुन सहितको टोलीसँग शुक्रवा शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ उपमन्त्री वाङ रुइजुनसहितको प्रतिनिधिमण्डलका सदस्यहरू ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिस्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेईसहितको टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन लगायतको विषयमा उपाध्यक्ष लामाले छलफल गरेका छन् । भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध…

Read More

खाङ्सेर रिन्पोचे विचरित ‘बलियो भएर खुशीसाथ बाँचौ’ नेपालीमा सार्वजनिक

थाङ्कार देचेन छोयलिङ मोनास्ट्रीले गएको आइतवार खाङ्सेर रिन्पोचेद्वारा विचरित पूस्तक बलियो भएर खुशीसाथ बाँचौ सार्वजनिक गरेको छ । ८ सय वर्ष अघि भियतनामी भाषामा रहेको उक्त पुस्तक अंग्रेजीबाट नेपालीमा प्रोफेसर मिलन शाक्यले अनुवाद गर्नु भएको हो । पूस्तकले मानशिक स्वास्थ्य अन्तर्गतका डिप्रेसन, लागुपदार्थ दुरुपयोग र आत्महत्या जस्ता प्रवृतिबाट मुक्त हुन सकरात्मक सोच प्रदान गर्ने कार्यक्रमका वक्ताहरुले बताए । खाङ्सेर रिन्पोचे र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पूस्तकको विमोचन गर्नु भएको थियो । पुस्तकले मानसिक शान्ति प्राप्त गर्ने मार्गलाई उज्यालो पार्ने खाङ्सेर रिन्पोचेले बताउनु भयो ।

Read More

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्र बनाउन ल्हारक्याल लामाको आग्रह

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् । भारतीय दूतावास, काठमाडौँ र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा शुक्रवार आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् । बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा लामाले विश्वकै शान्तिको स्रोत बुद्धको…

Read More

लामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड

उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । वुमेन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको हो । किमलुङ फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेका लामा सामाजिक क्षेत्र अन्तरगत छनौट भइ सम्मानित भएका हुन् । उक्त कार्यक्रममा उनी सहित सामाजिक कार्यमा संलग्न हुदै आएका अन्य ५० जना पनि सम्मानित भएका छन् । यस संस्थाबाट सम्मानित हुने लामा नेपालको पहिलो व्यक्ति हुन् । उत्तरी गोरखाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लामालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।…

Read More

बुद्धभूमि तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न अन्तिम चरणको मनोनयन दस्ताबेज तयार हुँदै

प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि अन्तिम चरणको मनोनयन दस्ताबेज पेस गर्ने तयारी भइरहेको छ । यस अघि पहिलो चरणको प्रस्तावित मनोनयन दस्ताबेज विश्व सम्पदा केन्द्रमा सूचीकृत गर्ने प्रक्रिया अनुसार गत सेप्टेम्बरमा युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिएको थियो । दोस्रो चरणको मनोनयन दस्ताबेजको कामको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल र परामर्श भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा.डंकन मार्सलद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्ताबेजको मस्यौदाबारे पनि आवश्यक छलफल चलिरहेको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक एवं मनोनयन दस्ताबेज…

Read More

पिपली विहारमा कथिन चिवर दान

बुद्ध सम्वत् २५६७ अर्थात् वि. सं. २०८० कात्तिक २१ गते काठमाडौँको कालोपुलस्थित पिपली विहारमा कथिन चिवर दान सम्पन्न भएको छ । भिक्षु तिस्स स्थविरले त्रैमासिक वर्षावास सम्पन्न गर्नु भएको अवसरमा कथिन चिवर दान गरिएको हो । थेरवाद बुद्ध परम्परा अनुसार भगवान बुद्धको समयकालदेखिको प्रचलनमा रहेको त्रैमासिक वर्षावास भिक्षु विनय अनुसार भिक्षुहरुले बस्दै आउनु भएको छ । सोही परम्परालाई निरन्तरता दिदै देशका विभिन्न विहारहरुमा जस्तै पिपली विहारमा पनि आषाण् पूर्णिमादेखि कोजाग्रत पूर्णिमासम्म भिक्षु तिस्स स्थविर वर्षावास बस्नु भएको थियो । कथिन चिवर दान महोत्सवमा कथिन दानानिसंश विषयमा धर्म देशना श्रद्धेय भिक्षु…

Read More

आज मनाइदैं गरेको ल्हाबब दुछेन ༼ལྷ་བབས་དུས་ཆེན།༽ अर्थात् देव अवतरण महोत्सव के हो ?

आचार्य सार्की शेर्पा शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य)हरू प्रदर्शन गर्नु भएता पनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट चन्द्र पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव २०८०, कार्तिक १८ गते शनिबारको दिन परेको छ । लुम्बिनीमा तत्कालीन महाराजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म…

Read More

लुम्बिनीमा मोन्लम पूजा जारी

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति अर्थात् मोन्लम पूजा जारी छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीनदिने मोन्लम पुजा गरिरहेको छ । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको रुखुमुनी दुई दिनयता रिपोन्छे खेन्छेन पेमा शेर्पा र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा अन्य लामा गुरुहरुले यसैगरी मोन्लम अर्थात् विश्वशान्ति पुजा गरिरहेका छन् । बौद्ध धर्मको महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघको आयोजना र लुम्बिनी विकास…

Read More

संयुक्त राष्टसंघका महासचिवको लुम्बिनी भ्रमण : विश्वशान्तिको अपिल

नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनी पुगेका उनले बुद्धको जन्मस्थलबाटै युद्धरत मुलुकहरूलाई शान्तिको मार्गमा लाग्नलाई आग्रह गरेका छन् । गुटरेसले बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र राष्ट्रसंघको मिसन मिल्दोजुल्दो रहेको भन्दै बुद्धको जन्मस्थानबाट संसारभरका द्वन्द्व रोक्न हातेमालोका लागि आब्हान गरे । जलवायु परिवर्तनको प्रभावबारे प्रत्यक्ष अवलोकन गर्न भन्दै नेपाल भ्रमणमा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभरी शान्तिको मार्गमा लाग्न अपिल गरे । मंगलबार विहान अन्नपूर्ण बेस क्याम्प (एबीसी)को भ्रमण सकेर लुम्बिनी पुगेका गुटेरेसले…

Read More