नेपाल बौद्ध संघले काठमाडौँको स्वयम्भूमा बुद्ध जयन्ती विशेष कार्यक्रम गर्यो । २५६८ औँ बुद्ध जयन्तको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि रहनु भएका डोल्पो टुल्कु रिन्पोचेले बुद्ध र बुद्ध जयन्तीको महत्वको बारेमा बताउनु भयो । त्यस्तै कार्यक्रममा बौद्ध विद्वान तथा लोचवा पुण्यप्रसाद पराजुलीले बुद्ध पूर्णिमाको त्रि–संयोगको बारेमा धर्मदेशना गर्नु भयो ।
शाकाहारी अभियन्ताका रुपमा समेत परिचित भिक्षु आङफुरीले कार्यक्रममा पञ्चशीलको महत्वका बारेमा टिप्पणी गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा श्रद्धेय छोग्याल रिन्पोचेले विगत केही वर्षदेखि सञ्चालन गरिरहनु भएको रेपा कार्यक्रममा विद्यार्थीहरुले आफ्नो अनुभव सुनाएका थिए । रेपाका विद्यार्थीहरुले बुद्ध लिलाको नाटक समेत मञ्चन गरेका थिए ।
पदमराज गुरुजुका विद्यार्थीहरुको प्रस्तुति पनि कार्यक्रममा रहेको थियो । उनीहरुले पञ्चबुद्धको नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको आयोजना नेपाल बौद्ध संघ, रेपा नेपाल र नेपाल बुद्धिस्ट न्यूजको संयुक्त आयोजनामा भएको हो ।
नेपाल बौद्ध संघको बुद्ध जयन्ती विशेष कार्यक्रम
Share