थाइल्याण्डबाट आएका १० भिक्षुहरु आइतबार भिक्षाटान कार्यक्रममा सहभागि हुँदैछन् । आइतबार बिहान ७ बजेर ३० मिनेटमा काठमाडौँको जयबागेश्वरी स्थित जयवागेश्वरी मन्दिरबाट भिक्षुहरुको भिक्षाटान सुरु हुने जानकारी चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए ।
भिक्षाटन जयबागेश्वरी मन्दिरबाट सुरु भएर सिफल, कुटुबहिल, पिंगला विहार, लामपोखरी, चावहिल गणेशस्थान बजार, चावहिल चौक हुँदै चारुमती विहारमा पुगेर समापन हुनेछ । सम्पुर्ण उपासक उपासिकाहरुले यसै रुटमार्फत् भिक्षाटान कार्यक्रममा सहभागिता जनाउन सक्ने आयोजक चारुमती बुद्धिष्ट मिसन, नेपालले जानकारी दिएको छ ।

