तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा पुस ८ र ९ गते रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा ३ महिने निःशूल्क बौद्ध धर्म शिक्षा प्रशिक्षण शिविर हुने भएको छ । शिविर ८ गते रामेछाप जिल्लाको सुनपति गाउँपालिकास्थित वार्ड नं ४, भ्वाँसाको सुनपति बौद्ध गुम्बा केन्द्रमा र ९ गते काभ्रेको चौरीदेउराली गाउँपालिका २ नाग्रे रजबास गुम्बामा हुने छ ।
शिविरमा बुद्ध धर्म, दर्शन, हाम्रो परम्परागत संस्कार तथा संस्कृति बारे श्रद्धेय धर्मगुरुहरुले प्रवचन दिने विशेष कार्यक्रम भएकाले दुवै जिल्लाका पायक पर्ने स्थानका धर्मावलम्वीहरुलाई उपस्थित हुन आयोजक तामाङ बौद्ध महासंघले आग्रह गरेको छ ।
कार्यक्रम हुने मिति र स्थान
मितिः २०७६ पौष ८ गते सुनपति गाउपालिका ( ४ भ्वाँसा )
मितिः २०७६ पौष ९ गते चौरीदेउराली गाउपालिका ( २ नाग्रे)
समयः विहान ११ः ०० बजे देखि दिउँसो २ः०० बजे सम्म
Share