१५ लाख पर्यटक पुगे बुद्ध जन्मस्थल लुम्बिनी

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा डेढ प्रतिशतले वृद्धि भएको छ । लुम्बिनीमा सन् २०१९ मा १५ लाख ५८ हजार पर्यटक पुगेका छन् । यो आन्तरिक र बाह्य पर्यटकको संख्या हो ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०१९ मा सन् २०१८ को भन्दा २४ हजार २ सय १६ जना मात्रै धेरै पर्यटक लुम्बिनी आएका छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष शुरु गरे पनि आन्तरिक पर्यटकको संख्या नै कम वृद्धि भएको छ ।

लुम्बिनीमा अघिल्लो वर्षको तुलनामा नेपाली पर्यटकको संख्या ७ हजार ५ सयले मात्रै बढेको छ । भारतीय पर्यटक भने साढे १२ हजार वृद्धि भएका छन् । लुम्बिनी आउने पर्यटकको संख्या वार्षिक २ लाख नाघेको छ । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको संख्या तुलनात्मक रुपमा कम वृद्धि भएको छ । श्रीलंकामा भएको राजनीतिक उचार चढावको प्रभाव लुम्बिनी आउने पर्यटकमा परेको हो ।

तेस्रो मुलुकबाट गत वर्ष १ लाख ७४ हजार पर्यटक आएका छन् । यो संख्या सन् २०१८ को भन्दा ४ हजार १ सयले बढी हो । तेस्रो मुलुकबाट आउने पर्यटकमध्ये सबैभन्दा बढी श्रीलकाली हुन् । श्रीलंकाबाट ४७ हजार ५ सय पर्यटकले लुम्बिनी घुमेका छन् ।
लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमध्ये करिव ९० प्रतिशत बेलहिया नाका हुदै आउने गर्दछन् । यस नाकाबाट सन् २०१९ मा १ लाख ६१ हजार ६ सय ९१ पर्यटक आएका थिए ।

भारतीय पर्यटकको प्रवेशद्वार समेत बेलहिया नै हो । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले श्रीलंकाली पर्यटकको आवागमनमा कमी भएकाले तस्रो मुलुकका पर्यटकको संख्या अपेक्षाकृत बृद्धि नभएको बताए । उनका अनुसार श्रीलंकाली पर्यटकको संख्यामा करिव १२ हजारले कमी आएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा वेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका पर्यटकलाई स्वागत गरिएको छ । स्थलमार्ग हुदै देशको सबैभन्दा बढी पर्यटक भित्रिने यस नाकाबाट नेपाल प्रवेश गरेका थाई पर्यटकलाई स्वागत गरिएको हो । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्सले नेपाल प्रवेश गरेका १७ पर्यटकलाई ढाका टोपी, फुलमाला र खादाले स्वागत गरेका थिए ।व्यवसायीले पर्यटकलाई लुम्बिनी स्थित मायादेवी मन्दिर चित्र अङकीत पोस्टर र पर्यटकिय क्षेत्रबारे लेखिएका पम्पेलेट प्रदान गरेका थिए ।

लुम्बिनी आउने पहिलो टोलीलाई समेत स्वागत गरिएको छ । कोषका सूचना प्रमुख हरिध्वज राईले चिनीया र भुटानी पर्यटकलाई लुम्बिनीको बारेमा जानकारी गराउदै लुम्बिनीको चिनो प्रदान गरेका थिए । पर्यटकको स्वागतमा लुम्बिनीमा खाना महोत्सव समेत गरिएको छ ।

Share

Related posts

Leave a Comment