यसकारण बुद्धले दरबार त्यागेका थिए

त्रिपिटकको ’अत्तदण्डसुत्त’बाट सिद्धार्थ गौतमले दरबार छोड्नुको खास कारण प्रस्ट हुन्छ । तत्कालीन समाजमा युद्धहरू भइरहन्थे । मानिसहरू ससानो निहुँमा एकअर्काको ज्यान लिन तम्सिन्थे । बुद्धको हृदय सानैदेखि करुणायुक्त भएको हुँदा उनलाई काटमारमा सहभागी हुन या रमिता हेरेर बस्न मन भएन । उक्त सुत्तमा भनिएको छ- ‘आफन्तहरूबीच एकअर्काका विरुद्ध शस्त्र उठाएको हेर्नु भयावह थियो । जसरी पानी बिना माछा छटपटाउँछन्, उसैगरी हिंसायुक्त समाजमा मानिसहरू तड्पिइरहेका थिए ।’ सुत्तनिपातको ’पब्बज्जा सुत्त’मा बुद्धका शिष्य आनन्दले भनेका छन् ( घरगृहस्थीमा बस्नु संकटपूर्ण र अशान्तिपूर्ण छ । प्रब्रज्यामा खुला आकाशमा जस्तै स्वतन्त्रता हुन्छ । यस्तो…

Read More

बुद्धवचनको तेस्रो वार्षिकोत्स मनाइयो, ग्याल्वो ल्होसारमा अष्ट श्राहस्रिका पारमिता सार्वजनिक गरिने

भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गरिरहेको बुद्ध वचन अनुवाद समिति स्थापनाको तेस्रो वर्ष पुरा भएको छ । आइतबार बौद्धमा एक कार्यक्रम गरी अनुवाद समितिको तेस्रो वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा बुद्धवचन अनुवाद समितिमा आवद्ध रिन्पोछे, खेन्पो, लामाहरु सहित उपासक उपासिका सहभागि भएका थिए । वार्षिकोत्सव कार्यक्रममै समितिका संयोजक टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादको काम करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । यही आउँदो ग्याल्वो ल्होसारको अवसर पारेर प्रज्ञा पारमितामध्ये अष्ट श्राहस्रिका प्रज्ञा पारमिता सार्वजनिक गरिने पनि उनले बताए ।

Read More

हेलम्बु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको गुम्बाहरुको अवस्था बुझ्दै छोग्याल रिन्पोछे

भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका गुम्बाहरुको अवलोकनमा नेपाल बौद्ध संघमार्फत् छोग्याल रिन्पोछे सहितको टोली त्यस क्षेत्र पुगेर आएको छ । अनुगमन र निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाको वार्ड १ र ५ मा रहेका ५ वटा गुम्बको अनुगमन गरिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले जानकारी दिए । बाँकी गुम्बाहरुको निरीक्षण चाँडै गरिने लामाले बताए । हेलम्बु क्षेत्रमा रहेका विभिन्न गुम्बाहरुमध्ये ३९ वटा गुम्बाको अवस्था भूकम्पले क्षति पुर्याएपछि अहिलेसम्म उस्तै रहेको पाइएको छ । सरकारी तथा विभिन्न निकायहरुबाट सहयोग पाएका बाहेक यहाँ रहेका गुम्बाहरु अहिले पनि जिर्ण अवस्थामै रहेको…

Read More

नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका गुम्बाहरुमा ३ महिने बौद्ध प्रशिक्षण शिविर सुरु

  नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका विभिन्न गुम्बामा ३ महिने बौद्ध धर्म प्रशिक्षण सुरु भएको छ । जसमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा रहेको काग्यु दार्शलिंग गुम्बामा यही पुस ५ गतेदेखि ३ महिने शिविर सुरु भएको हो । ७७ जना स्थानीय विद्यार्थी सहभागि उक्त शिविरमा बौद्ध ज्ञान सम्बन्धी विविध ज्ञानहरु प्रदान गरि राखिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताए । बौद्ध ज्ञान दर्शन, बुद्धको जीवनी, गुरु रिन्पोछेको जीवनी तथा मन्त्रको ज्ञान, मेलारेपाको ज्ञान लगायतका विषयको बारेमा शिविरमा सहभागि विद्यार्थीलाई अध्यापन गरिने कार्यक्रम संयोजक काइला लामाले बताए ।…

Read More

चौथो छोक्ग्युर लिङ्पा छोक्लिङ् रिन्पोछेको सिंगापुरमा परिनिर्वाण

बौद्ध जगतले एक सुप्रशिद्ध धर्मगुरुलाई गुमाएको छ । शुक्रवार नेपाली समय अनुसार ७ बजेर ५७ मीनेट जाँदा चौथो छोक्ग्युर लिङ्पा छोक्लिङ् रिन्पोछे परिनिर्वाणमा जानु भएको छ । रिम्पोछे ६८ वर्षको हुनुहुन्थ्यो । रिम्पोछेले परिनिर्वाण लिएको समय उहाँका सबै परिवार, दाजुभाई वरिपरि रहेका थिए । अहिले समाधिमा रहनु भएका उहाँ रिन्पोछेको शिघ्र अवतरणका लागी प्रार्थना गर्न कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषमार्फत् विज्ञप्ति जारी गर्दै छोकी ङिमा रिन्पोछेले सबैमा अनुरोध गरेको छ ।

Read More

विश्व शान्तिको कामना गर्दै नाला गुम्बामा सुरु भयो काग्यु मोन्लम

हिमाली महायानी बौद्धमार्गीमध्ये काग्यू सम्प्रदायका अनुयायी बीच विशेष महत्व रहेको काग्यु मोन्लम सुरु भएको छ । हरेक वर्ष भारतको बोधगयामा हुँदै आएको मोन्लम यसपटक कोरोना संक्रमणमा कारण त्यहाँ आयोजना नगरिए पछि नेपाल, भारत, चीन, भुटान लगायतका काग्यु सम्प्रदायको गुम्बाहरुमै आयोजना भइरहेको छ । यसैक्रममा काभ्रेको नालास्थित धाक्पो सेड्रुप लिङ गुम्बामा पनि बुधवारदेखि काग्यु मोन्लम सुरु भएको छ । मोन्लममा विश्व शान्तिको कामना गर्दै करिब १ सय ३० जना लामा गुरुहरुले मन्त्रोच्चारण सहित पूजा पाठ गरिरहेका छन् । मोन्लम ७ दिनसम्म जारी रहने गुम्बाका खेन्पो मुखिया लामाले जानकारी दिए । काग्यु…

Read More

मायादेवी ट्रेलको खोजी

मायादेवी सुत्केरी मार्ग पछ्याउँदै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले शुक्रबार साइकल यात्रा पूरा गरेका छन् । उक्त मार्गको प्रचारका लागि उनीहरूले साइकल यात्रा गरेका हुन् । उनीहरू बुद्ध जन्मस्थल लुम्बिनीबाट पडरिया, मनौरी, सिवलवा, बिजुवा, सिसहनिया, दोहनी, निग्लिहवा हुँदै शाक्य वंशीय राजधानी तिलौराकोट पुगेका थिए । उनीहरूले गोरेटो, धुले, ग्राभेल र कालोपत्र बाटो हुँदै ४ घण्टामा करिब ३६ किमि साइकल यात्रा गरेका थिए । यात्राका लागि उनीहरूले काठमाडौंबाट साइकल झिकाएका थिए । लुम्बिनी र कपिलवस्तुको पर्यटन विकासका लागि नयाँ गन्तव्यका रूपमा चार वर्षअघि मायादेवी सुत्केरी मार्ग पहिचान गरी पर्यटकीय गन्तव्य बनाउन सकिने…

Read More

सडक विस्तार गर्दा बुद्धपार्कमा रहेका बुद्ध मूर्ति नभत्काइदैनः मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाण्डौ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवान बुद्धको हजार मूर्ति स्तुपा नहटाइने बताएका छन् । मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवान बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्ने बुझाई प्रष्ट भएको बताए । उनले भने, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पूरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू…

Read More

कोरोना संक्रमणका कारण बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागी खुला

कोरोना भाइरसका कारण ८ महिनाभन्दा लामो समयदेखि बन्द रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर आइतवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । केही दिन अघि लुम्बिनीको परिसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो । तर आइतवारदेखि भने मायादेवी मन्दिर पनि खुला गरिएको छ । ‘चैत महिनादेखि कोरोना भाइरसका कारणले जनजीवन प्रभावित भएको थियो, धार्मिक र सास्कृतिक केन्द्र पनि बन्द भएको थियो । तर अब भने स्वास्थ्य सुरक्षा पालना गरी खुला गरिएको हो,’ पर्यटनमन्त्री योगेश भट्टराईले भने । मन्दिरमा एकपटकमा ८÷१० जना मात्रै प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ । सरकारले कोरोना भाइरसको महामारी शुरु…

Read More

धादिङको थेग्पा छेन्पो गुम्बा तथा विहारमा त्रिपिटक पाठ तथा विश्व शान्तिपूजा सुरु

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वार्ड नं ३ धादिङवेसी, सिरानबजारमा रहको थेग्पा छेन्पो गुम्बामा बुद्धवचन (काग्युर) पाठ तथा विश्वशान्ति पूजा सुरु भएको छ । मंसिर २१ गते आइतवारदेखि सुरु भएको पाठमा बुद्धवचन त्रिपिटक १०८ ठेली ग्रन्थ पाठ गरी विश्व शान्ति पूजा भइरहेको छ । त्रिपिटक (काग्युर पाठ) मंसिर २५ गतेसम्म हुन गुम्बाका प्रमुख लामा तेन्जिङ लामाले बताए । कार्यक्रममा त्रिपिटक पाठसँगै होमन जीन्स्रेग यज्ञ, पितृहरुको लागी ङोवा, धर्मचक्र लगायत गरिदैछ । त्यस्तै प्रमुख अतिथि धर्मगुरु खेन्पो पेमा सम्वा लामाबाट २६ गते वाङ अभिषेक प्रदान गरिनेछ । थेग्पा छेन्पो गुम्बा तथा विहार…

Read More