कोरोना संक्रमणका कारण बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागी खुला

कोरोना भाइरसका कारण ८ महिनाभन्दा लामो समयदेखि बन्द रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर आइतवारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । केही दिन अघि लुम्बिनीको परिसरमा सर्वसाधारणका लागि खुला गरिएको थियो । तर आइतवारदेखि भने मायादेवी मन्दिर पनि खुला गरिएको छ ।

‘चैत महिनादेखि कोरोना भाइरसका कारणले जनजीवन प्रभावित भएको थियो, धार्मिक र सास्कृतिक केन्द्र पनि बन्द भएको थियो । तर अब भने स्वास्थ्य सुरक्षा पालना गरी खुला गरिएको हो,’ पर्यटनमन्त्री योगेश भट्टराईले भने ।

मन्दिरमा एकपटकमा ८÷१० जना मात्रै प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको छ । सरकारले कोरोना भाइरसको महामारी शुरु भएसँगै धार्मिक र सास्कृतिक केन्द्रहरु बन्द गरेको थियो । सरकारले काठमाडौंमा रहेको पशुपति नाथ मन्दिर पनि पुस १ गतेदेखि खुला गर्ने निर्णय गरिसकेको छ ।

Share

Related posts

Leave a Comment