भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधिन महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) निर्माणका लागि आज शनिबारबाट अनलाइनमार्फत् दान संकलन शुरु भएको छ । यसअघि उक्त बाटिका निर्माणका लागि लुम्बिनीमा मुठ्ठीदान अभियानको सार्कका महासचिव दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गरेका थिए । विश्वभरका आम समुदायको सहभागिता रहनेगरी बौद्धमार्गी र अनुयायीहरुलाई मुठ्ठीदान गर्न सहज होस् भनेर अनलाइन सेवा सुरु गरिएको महासिद्ध सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचेले बताए । उनले भने, ‘नेपालभर इ–सेवा र बाह्य मुलुकबाट पे–पल एपमार्फत् दान गर्न सकिने गरि…
Read MoreCategory: समाचार
बौद्ध शिक्षा विस्तार मैत्री धर्मद्वीप केन्द्रद्वारा छेथार अर्थात जीवनदान
बौद्ध शिक्षा विस्तार मैत्री धर्मद्वीप केन्द्रद्वारा आयोजित छेथार अर्थात जीवन दान कार्यक्रम बुधवार सम्पन्न भयो । केन्द्रले जीवनदान कार्यक्रम अन्तर्गत ३ सय ५० धानचरी र ५० परेवालाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लगेर आर्युदान विधि, आयु सुत्र, धारणी पुजापाठका साथ जीवनदान गरेको हो । जीवनदान कार्यक्रम सफल बनाउन यूके आस्फोर्ड केन्टका समाजसेवी शान्ती तामाङ लगायतको भूमिका रहेको थियो । बौद्ध धर्म अनुसार प्राणीको प्राण दान गरेमा शीलवान भिक्षुजस्तै पूण्यवान् हुने र एक प्राणीको जीवनदान गरेमा एक दुर्गतिमा जन्मलिने कर्म शुद्ध हुने मान्यता रहेको छ । साथै यस्तो पवित्र कार्यले दशहजार कल्पका…
Read Moreबौद्ध प्रशिक्षण शिविरको निरीक्षणमा नेपाल बौद्ध संघका प्रतिनिधि
नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा भइरहेका ३ महिने बौद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा भइरहेको शिविरको निरीक्षण खेन्पो छुल्ठिम र कार्यक्रम संयोजक काइला लामाले गरेका छन् । दुई महिना अघि देखि सुरु भएको शिविर के कसरी सञ्चालन भइरहेको छ भन्ने निरीक्षण गर्न खेन्पो छुल्ठिम र काइला लामा फागुन ५ गते बारविसे पुगेका थिए । बारविसेको कग्यु दर्शेलिङ गुम्बामा शिविर भइरहेको छ । शिविरमा ५७ जना स्थानीय विद्यार्थी सहभागि भइरहेका छन् । शिविरमा स्थानीय बौद्धमार्गी समुदायका विद्यार्थीलाई बुद्ध शिक्षा, बुद्धको जीवनी लगायतका बौद्ध धर्म…
Read Moreबौद्धमार्गीको महान पर्व ल्होसार मनाइदै
काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको…
Read Moreबुद्धसम्बन्धी पुस्तक सार्वजनिक गर्दै दुङ्जिन् लोपोन रिन्पोछे दावा साङबो योल्मोपा
गौतम बुद्ध र बुद्धको जन्मभूमिबारे फैलाइएको भ्रम निवारणका लागी लेखिएको बुद्धको अमृतमय वचन तथा बौद्ध परम्परा पुस्तक प्रकाशनपूर्व विभिन्न अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु हुँदै आएका छन् । यसैक्रममा यस पुस्तकका लेखक दुङ्जिन् लोपोन रिन्पोछे दावा साङबो योल्मोपाले बुधवार काठमाडौँको माकलवारीस्थित योल्मो कर्म कुन्गावो चुक् ल्हाखाङ (योल्मो गोन्पा) मा दुई दर्जनभन्दा बढि बौद्ध विद्वान तथा धर्मगुरुहरुको उपस्थितिमा पुस्तकसम्बन्धी अन्तरक्रिया गर्नु भयो । पुस्तक प्रकाशन गर्नु अघि के कस्ता विषय समेट्दा उचित हुन्छ भन्ने प्रतिक्रिया लिन र हाल प्रकाशनको तयारीमा रहेको पुस्तकमा केही सम्पादन गर्नु पर्ने विषयहरु भए बौद्ध विद्वानहरुले त्यसलाई उल्लेख…
Read Moreबुद्ध सम्बन्धी पुस्तक प्रकाशनपूर्व नै अन्तरक्रिया गर्दै दुङ्जिन लोपेन रिन्पोछे
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा रहेको योल्मो कान्सिङ सेड्रुप लिङ गोन्पाका प्रमुख लामा दुङ्जिन लोपेन रिन्पोछेले आफ्नो प्रकाशनको तयारीमा रहेको पुस्तक बुद्धको अमृतमय वचन र बौद्ध परम्परा बारे काठमाडौँमा अन्तरक्रिया गराएका छन् । पुस्तक प्रकाशनपूर्व के कस्ता विषय समेट्ने र पुस्तकलाई कसरी आम सर्वसाधारणमाझ पुर्याउने भन्ने छलफलका लागी अन्तरक्रिया गरिएको हो । काठमाडौँमा माकलवारीस्थित योल्मो कर्म कुन्गावो चुक् ल्हाखाङ अर्थात् योल्मो गोन्पामा आयोजित अन्तरक्रिया कार्यक्रममा बौद्ध धर्मका गुरुहरु र अनुयायीको सहभागिता रहेको थियो । पुस्तक प्रकाशनको सम्पुर्ण कार्य सम्पन्न भएपछि उक्त पुस्तक संयुक्त राज्य अमेरिकाबाट विमोचन गरिने र विश्वभर रहेका बौद्ध…
Read Moreसहयोगको पर्खाइमा हेलम्बुका दुई गुम्बा
७२ सालको भूकम्पले अत्याधिक क्षति पुगेको जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला पनि एक हो । यहाँ भूकम्पले धेरै ठूलो जनधनको क्षति पुगेको थियो । भूकम्पले जनधनको मात्रै नभई थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा पनि ठूलो क्षति पुगेको थियो । यसरी क्षतिग्रस्त बनेका धार्मिक सम्पदा मध्ये हेलम्बु क्षेत्रका बौद्ध गुम्वाहरु पनि पर्दछन् । तीनै मध्येका दुई गुम्बा हुन् ढाकार सम्बा छ्योलिंग र घ्यांग डाँडा घ्यांग गुम्बा । दुई गुम्बामध्ये घ्यांग डाडा घ्यांग गुम्बा हेलम्बु गाउँपालिकाको वार्ड नं ६ र ढाकार सम्बा छ्योलिंग गुम्बा वार्ड नं १ मा रहेको छ । निकै लामो इतिहास…
Read Moreहेलम्बु गाउँपालिकाको ढाकार सम्बा छ्योलिंग गुम्बामा प्रशिक्षण शिविर सुरु
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित हेलम्बु गाउँपालिका वार्ड नं १ मा नेपाल बौद्ध संघको आयोजनामा बौद्ध प्रशिक्षण शिविर सुरु भएको छ । शनिवारदेखि सुरु भएको पूजामा स्थानीय बौद्ध धर्मावलम्बी सहभागि भई बौद्ध शिक्षाको थप जानकारी र शिक्षा लिइरहेका छन् । १५ जना भन्दा बढिको समूहमा सहभागि भएका स्थानीयलाई नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामा तथा खेन्पो छुल्ठिमले विविध विषयमा शिक्षा दिइरहेका छन् । नेपाल बौद्ध संघले यस अघि पनि हेलम्बु क्षेत्रका ४ स्थानमा यस्तै किशिमको ३ महिने प्रशिक्षण शिविर सुरु गरेको थियो । त्यहाँ सञ्चालित शिविर अझै जारी नै…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा हेलम्बु क्षेत्रमा अर्को बुद्ध शिक्षा प्रशिक्षण शिविर सुरु
नेपालको बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका विभिन्न स्थानमा बुद्ध शिक्षा तथा धर्म देसना भइरहेको छ । विभिन्न स्थानमा सुरु भइरहेको ३ महिने बुद्ध शिक्षा प्रशिक्षण शिविरमध्ये पुस २७ देखि चैत २८ सम्म जारी रहने कार्यक्रम संयोजक काइला लामाले बताए । हेलम्बु गाउँपालिका वार्ड ६ को इचोक लामाटोलमा रहेको ज्याङ ह्युक सेम्ब गुम्बामा भइरहेको प्रशिक्षण शिविरमा स्थानीय सहभागि भइरहेका छन् । प्रशिक्षण शिविरको औपचारिक उद्घाटन नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो छुल्ठिमले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा खेन्पो छुल्ठिमले त्रिशरण, पञ्चशील र चार आर्य सत्यको महत्व र आवश्यकताको बारेमा प्रवचन…
Read Moreसिन्धुपाल्चोकको भोटेकोशी ३ मार्मिंंङमा ३ महिने बौद्ध शिक्षा सुरु
नेपाल बौद्ध संघले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रको विभिन्न स्थानमा ३ महिने बौद्ध शिक्षा शिविर सुरु गरेको छ । यसैक्रममा जिल्लाको भोटेकोशी गाउँपालिका वार्ड ३, मार्मिंङमा रहेको थुजिछे छेन्पो घ्यायतोंङ चिन्तोंङ गुम्बामा पुस २१ देखि ३ महिने बौद्ध शिक्षा शिविर सुरु भएको छ । नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो लामा छुल्ठिमको प्रमुख आतिथ्यता र सोही गुम्बाका अध्यक्ष लोपसांङ लामाको सभापतित्वमा शिविरको समुद्घाटन गरिएको हो । शिविरमा ६० जना स्थानीय विद्यार्थी सहभागि भएका छन् । बौद्ध धर्म तथा दर्शनको ज्ञान दिने उद्देश्यले आयोजित शिविर विहान ८ बजेदेखि ९ बजेसम्म भइरहेको नेपाल बौद्ध…
Read More