सिन्धुपाल्चोकको भोटेकोशी ३ मार्मिंंङमा ३ महिने बौद्ध शिक्षा सुरु

नेपाल बौद्ध संघले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रको विभिन्न स्थानमा ३ महिने बौद्ध शिक्षा शिविर सुरु गरेको छ । यसैक्रममा जिल्लाको भोटेकोशी गाउँपालिका वार्ड ३, मार्मिंङमा रहेको थुजिछे छेन्पो घ्यायतोंङ चिन्तोंङ गुम्बामा पुस २१ देखि ३ महिने बौद्ध शिक्षा शिविर सुरु भएको छ । नेपाल बौद्ध संघका प्रतिनिधि खेन्पो लामा छुल्ठिमको प्रमुख आतिथ्यता र सोही गुम्बाका अध्यक्ष लोपसांङ लामाको सभापतित्वमा शिविरको समुद्घाटन गरिएको हो ।

शिविरमा ६० जना स्थानीय विद्यार्थी सहभागि भएका छन् । बौद्ध धर्म तथा दर्शनको ज्ञान दिने उद्देश्यले आयोजित शिविर विहान ८ बजेदेखि ९ बजेसम्म भइरहेको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले जानकारी दिए । शिविरमा सम्भोटा लिपिमा कक्षा भइरहेको छ । संघले यसअघि सिन्धुपाल्चोककै अन्य दुई स्थानमा पनि यस्तै किशिमको शिविर सञ्चालन गरिरहेको छ ।

Share

Related posts