शेर्पा सेवा केन्द्रमा यसवर्षको बुद्ध जयन्ती कार्यक्रम स्थागित

काठमाडौँको बौद्ध टुसालस्थित शेर्पा सेवा केन्द्रमा आयोजना गरिने भनिएको यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम स्थगित भएको छ । नेपालमा दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले सरकारले लकडाउन गरेर सभासमारोह र ठूला कार्यक्रम नगर्न अनुरोध गरेपछि कार्यक्रम स्थगित गरिएको बुद्ध जयन्ती मूल आयोजक समितिका अध्यक्ष आङ दामी शेर्पाले बताउनु भयो । यस वर्षको २५६५ औँ बुद्ध जयन्तीको अवसरमा शेर्पा सेवा केन्द्रमा जेठ ८ गते विशेष कार्यक्रम गर्ने योजना बुद्ध जयन्ती मूल आयोजक समितिको योजना रहेको थियो । विज्ञप्ति जारी गर्दै आयोजक समितिका महासचिव आङ पेम्बा शेर्पाले यस वर्षको…

Read More

चारुमती बुद्ध विहार निर्माण विस्तारका लागि भूमि पूजा

काठमाडाँैँको चावहिलस्थित चारुमती बुद्ध विहारको पूनःनिर्माण विस्तारका लागी शनिवार परित्राण पाठ गरि भूमि पूजा गरिएको छ । विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर र भिक्षु समित स्थविरद्वारा पूजापाठ गरि शुभसाइतमा पूजा सम्पन्न गरिएको हो । परित्राण पाठ र पूजामा रोशन गुर्जुको पनि सहभागिता रहेको थियो । कोभिड १९ कारण कार्यक्रममा विहार निर्माण समिति र विहारका सीमित दाताहरु मात्रै सहभागि भएका थिए । उक्त विहारमा रहेको पाटीको एक आना जग्गामा २०५५ सालमा भिक्षु तपस्सी धम्म बुद्ध विहार निर्माण गर्नु भएको हो । विहारसँगै जोडिएको थप एक आना एक पैसा जग्गा २०७५…

Read More

नेपाल बौद्ध संघको आयोजनामा हेलम्बु क्षेत्रका ३ स्थानमा ३ महिने बौद्ध शिक्षा सम्पन्न

नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका ३ स्थानमा भइरहेका ३ महिने बौद्ध शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बौद्ध शिक्षा प्रशिक्षण कार्यक्रम एकदमै सफलतापूर्वक र संघले सोचे अनुसार नै भएको कार्यक्रम संयोजक काइला लामाले बताउनु भयो । बौद्ध प्रशिक्षण कार्यक्रम बारविसे नगरपालिकाको वडा नं ७, फाल्डुस्थित काग्यू दार्शलिंग गुम्बामा भएको प्रशिक्षण कार्यक्रम ५६ जनाले पुरा गरेको कार्यक्रम संयोजक काइला लामाले जानकारी दिनुभयो । समापन कार्यक्रम गुम्बाका प्रतिनिधि विशाल शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तै अर्को प्रशिक्षण कार्यक्रम भोटेकोशी गाउँपालिका वडा नं ५ गुम्सा टोलमा भएको थियो ।…

Read More

भिक्षु विमलो स्थविरलाई अभिनन्दन गरिदै

भिक्षु विमलो स्थविरलाई आउँदो शनिवार ललितपुरको जावलाखेलमा अभिनन्दन गरिदैछ । भिक्षु विमलोले ३६५ दिनसम्म अनवरतरुपमा फेसबुक लाइभबाट धर्मदेसना गरेर बौद्ध धर्म र दर्शनको प्रवद्र्धनमा योगदान पुर्याएका कारण अभिनन्दन गर्न लागिएको हो । कोरोना संक्रमण सुरु भएसँगै गरिएको लकडाउनका कारण भिडभाड गर्न वा कुनै पनि कार्यक्रम गर्न निषेध गरिएपछि धेरै गुम्बा तथा विहारहरुले जुम, फेसबुक लगायतका माध्यमबाट धर्मदेसना तथा प्रवचन लगायतका गतिविधि गरेका थिए । भिक्षु विमलोले पनि फेसबुक लाइभमार्फत् लामो समयदेखि धर्मदेसना दिदै आएका थिए ।

Read More

बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ अष्टसाहश्रिका प्रज्ञा पारमिता सार्वजनिक

बौद्ध धर्मको महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको भोट र संस्कृत भाषामा रहेको अष्टसाहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । करिब ३ वर्षदेखि सबै प्रकारका प्रज्ञा पारमितालाई नेपालीमा अनुवाद गरिरहेको बुचवचन अनुवाद समितिले ८ हजार श्लोकको अष्टसाहश्रिका शनिवार काठमाडौँको बौद्धमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको हो । भोट भाषामा ग्येतोङ्पा भनिने अष्टसाहश्रिका पारमिता श्रद्धेय अवतारी लोसाङ नाम्ग्याल रिन्पोछेले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा पूर्वमन्त्री कृपासुर शेर्पा लगायतका व्यक्तित्वहरु अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो । प्रज्ञा पारमितामा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । ग्रन्थमा आत्मा,…

Read More

बुद्ध थिएटर फेस्टिभल जारी, शनिवारसम्म बुद्ध दर्शन र बोधिसत्व विशेष नाटक मञ्चन हुने

भगवान् गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा सुरु भएको बुद्ध थिएटर फेस्टिभलमा दर्शकको उल्लेख्य सहभागिता भइरहेको छ । आइतबारदेखि सुरु भएको फेस्टिभलको संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी र रंगकर्मी मदनदास श्रेष्ठले औपचारिक शुभारम्भ गरेका थिए । फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिए पनि कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल रोकिएको थियो । फेस्टिभलमा पाँच नेपाली र दुई विदेशी नाटक रहेका छन् । शुभारम्भसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो। डबली थिएटरले बागमती प्रदेश…

Read More

सेचेन गुम्बामा लामा नृत्य

हरेक महिनाका दशमी तिथीमा गुरु रिन्पोछेका विशेष लिला रहेका छन् । त्यसैले हिमाली बौद्धमार्गीका लागी हरेक महिनाको दशमी तिथी विशेष रहेको छ । मंगलबार दशमी तिथीकै अवसर पारेर काठमाडौँको सेचेन गुम्बामा विशेष लामा नृत्य प्रस्तुत गरियो । नृत्यमा लामाहरुले बुद्ध र गुरु रिन्पोछेसँग सम्बन्धित विभिन्न भावका प्रस्तुतिहरु दिए । हरेक महिनाको दशमी तिथी विशेष रहेको उल्लेख गर्दै चैत महिनाको दशमी तिथीलाई सेचेन गुम्बामा रिन्पोछेको जन्मदिनको रुपमा मनाइएको गुम्बाका खेन्पो सेलनांग मुगुमले जानकारी दिए । सेचेनमा वर्षेनी आयोजना हुँदै आएको लामा नृत्यमा उल्लेख्य धर्मावलम्वी सहभागि हुने गरेका थिए । तर कोरोना…

Read More

छोग्याल रिन्पोछेको जन्मदिनमा पशुपतिमा अनाथ असहायलाई खाना

छोग्याल रिन्पोछेको जन्मदिनको अवसर पारेर नेपाल बौद्ध संघले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा खाना वितरण गरियो । संघले बिहिवार विहानै पशुपतिनाथ परिसरमा गई खाना वितरण गरेको हो । उक्त क्षेत्रमा रहेका १०० भन्दा बढि अनाथ तथा असहायलाई खाना तथा जुस खुवाइएको नेपाल बौद्ध संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । खाना वितरण कार्यक्रममा लोपेन सांगे लेग्देन पनि सहभागि भएका थिए ।

Read More

ललितपुरमा गुम्बा शिलान्यास

ललितपुरमा ॐ नमो बुद्ध दोर्जे गुम्बा शिलान्यास गरिएको छ । महाकांल गाउँपालिका वडा नं ३, छेपारी डाँडा, गोटिखेलमा निर्माण गरिने गुम्बा शिलान्यास भएको हो । बौद्ध दर्शन प्रवर्धर्न तथा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष खेन्पो थुप्तेन जिकडोल र धर्मगुरु फुपु छेम्पे शेर्पाले संयुक्तरुपमा शिलान्यास गरेकोे गुम्बा यस क्षेत्रका बौद्ध धर्मावलम्बीका लागी महत्वपुर्ण धार्मिकस्थल बन्ने स्थानीयको विश्वास छ ।

Read More

बौद्ध विश्वविद्यालयलाई सय बिगाह दिने मन्त्रिपरिषदको निर्णय

बुटवलः बुद्धको मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सरकारले एक सय बिगा जमिन दिने निर्णय गरेको छ। मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो। लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो। विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तीका लागि पहल थालेको थियो। वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ। अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २०…

Read More