देशभर बुद्ध पूर्णिमा मनाइदै

आज देशभर २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै…

Read More

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् । शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री ओलीले दुई हजार ५६५ औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा दिएको सन्देशमा भनेका छन्, ‘‘यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ। म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन। त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण…

Read More

यसरी मनाइदैछ लुम्बिनीमा यो वर्षको बुद्धजयन्ती

यस वर्षको बुद्ध जयन्ती विश्व शान्ति र कोरोना महामारी नियन्त्रणको कामना गर्दै मनाइने भएको छ । लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा सरकारले नै विशेष कार्यक्रम गर्दै आएको थियो । तर अघिल्लो वर्षदेखि सुरु भएको कोरोना महामारीका कारण गएको वर्ष पनि बुद्धजयन्तीमा विशेष कार्यक्रम भएन । यो पटक पनि बुद्ध जयन्ती सामान्य तरिकाले मनाइने भएको छ । कोरोना महामारी सुरु भएयता मुलुकको प्रमुख पर्यटकीय तथा धार्मिकस्थल लुम्बिनी गएको एक वर्षदेखि सुनसान छ । भिक्षु, भिक्षुणी र उपासकले विश्व शान्ति र महामारी अन्त्यको कामना गरेर बुद्ध जयन्ती मनाउने तय भएको लुम्बिनी विकास कोषमा…

Read More

थाइल्याण्डका भिक्षुद्वारा सबैको सामुन्ने देह त्याग ‘महापरिनिर्वाण’ प्राप्त (भिडियोसहित)

थाइल्याण्डमा महापुण्यशाली भिक्षुले आफ्नो जाने बेला आएको भन्दै शिष्य र चेलाहरुको सामुन्ने सुतेर एकैछिनमा देह त्याग गरेका छन् । जागृत अवस्थाका भिक्षुले आफ्नो मृत्युुको सूचना दिँदै सबैको सामुन्ने महापरिनिर्वाण प्राप्त गरेका हुन् । बौध्दधर्म र शास्त्रमा महापरिनिर्वाणलाई ठूलो पुण्य मानिन्छ । यो सामान्य भिक्षु र धर्मावलम्बीले प्राप्त गर्न नसक्ने कुरा हो । भगवान गौतम बुद्धले पनि यसैगरी महापरिनिर्वाण प्राप्त गर्नुभएको बौध्द धर्म ग्रन्थहरुमा उल्लेख छ । महापुण्यशालीले देह त्याग गरिरहँदा उनका शिष्यहरु हात जोडेर बसेका थिए । एकैछिनमा देह त्याग गरेपछि उनलाई विशेष बाकसमा हालेर भिक्षुहरुले समाधिस्थलतर्फ लगेको भिडियोमा देखिन्छ…

Read More

बुद्ध जयन्तीको अवसरमा लण्डनबाट विशेष कार्यक्रम गर्दै बि.सि.सि. लण्डन

आउदै गरेको २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर बि.सि.सि. लण्डन ब्रान्चद्वारा जुम र फेसबुकमार्फत् विशेष कार्यक्रम गरिने भएको छ । जुम र फेसबुकबाट गरिने त्रियाना सम्बन्धी धर्मदेशना, गुरु रिन्पोछेको जीवनीका साथै पूजापाठ र जपको ल्हुंग प्रदान पनि गरिनेछ । २६ मेमा हुने यस कार्यक्रममा सहभागि हुन बि.सि.सि लण्डनका ब्रान्चले अनुरोध गरेको छ । कार्यक्रममा नेपालबाट महायोगी विद्याधर श्रीधर रिन्पोछे पनि अथिति वक्ताको रुपमा सहभागि हुनु हुँदैछ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण जुम र फेसबुकमा बेलायती समय १२ः०५ र नेपाली समय अनुसार ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको अध्यक्ष…

Read More

बुद्धभूमी तिलौराकोटका तीन ऐतिहासिक संरचनाको जीर्णोद्वार

बुद्ध भूमि तिलौराकोटको मध्य भागमा रहेका तीन ऐतिहासिक तथा पुरातात्विक संरचनाको जीर्णोद्वार गरिएको छ । पुरातात्विक मूल्य र मान्यता अनुसार जीर्णोद्वार गरिएपछि संरचना आकर्षक देखिएको छ । यस्ले स्वदेशी विदेशी पर्यटकलाई आकर्षित तुल्याउने विश्वास गरिएको छ । मध्य भागमा रहेको ऐतिहासिक परिसरको दक्षिणतर्फको भित्री सुरक्षा पर्खाल, पूर्वी दक्षिण कुनामा रहेको भित्री सुरक्षा पर्खालको भग्नावषेशको पनि जीर्णोद्धार गरिएको छ । जमिनमुनी गडेर रहेको भाग उत्खनन् गरेर एक मिटर भागमा ईटा जोडेर भग्नावषेश माथि उठाईएको छ । उत्तर भागमा रहेको समयमाई मन्दिरको समेत जीर्णाेद्धार गरिएको छ । जीर्णोद्धार पछि जीर्ण बन्दै गएको…

Read More

आजदेखि एक महिनासम्म सागा–दावा अर्थात् बुम ग्युर दावा

आचार्य सार्की शेर्पा सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा साथ पर्ने गर्दछ ।…

Read More

तनाव र चिन्ताबाट कसरी मुक्त हुने ? जुमबाट प्रवचन दिदै छोग्याल रिन्पोछे

बौद्ध धर्म र दर्शनमा थुप्रै जीवनपयोगी ज्ञानहरु रहेका छन् । यस धर्मभित्र रहेका वैज्ञानिक र व्यवहारिक ज्ञानकै कारण अहिले विश्वभर नै बौद्ध धर्मका अनुयायीहरु बढ्दै गइरहेका छन् । गौतम बुद्धले दिनुभएका अनेकौ ज्ञानहरु हाम्रो जीवनका लागी एकदमै महत्वपुर्ण रहेका छन् । बौद्ध धर्मभित्र तनाव, चिन्ता, त्रास लगायतबाट कसरी बच्ने भन्ने अनेकौ विधिहरु रहेका छन् । आज विश्वमा नै तनाव र चिन्ताबाट छुटकारा पाउन बौद्ध धर्मभित्र रहेका ज्ञानहरुको अवलम्वन गर्ने गरेका छन् । हिमाली बौद्ध परम्पराका धर्मगुरु छोग्याल रिन्पोछेले पनि समय समयमा प्रवचन तथा जीवनपयोगी ज्ञानहरु बाँढ्दै आउनु भएको छ ।…

Read More

तिलोत्तमा राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय विहारले गर्न लागेको तिलोत्तमा राष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । कोरोना संक्रमणको प्रकोप अत्याधिक मात्रामा बढ्दै गएपछि सम्मेलन स्थगित गरिएको हो । यस बर्ष २०७८ सालको २५६५ बुद्ध सम्बत तथा २६४४ औं बुद्ध जन्म जयन्तीको अवसरमा सम्मेलन गरिन लागिएको थियो । पछिल्लो परिस्थितिलाई मध्यनजर राख्दै सम्मेलन स्थगित गरिएको सम्मेलनका संयोजक भिक्षु ज्ञानेन्द्रले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ ।

Read More