बुद्ध जयन्तीको अवसरमा लण्डनबाट विशेष कार्यक्रम गर्दै बि.सि.सि. लण्डन

आउदै गरेको २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर बि.सि.सि. लण्डन ब्रान्चद्वारा जुम र फेसबुकमार्फत् विशेष कार्यक्रम गरिने भएको छ । जुम र फेसबुकबाट गरिने त्रियाना सम्बन्धी धर्मदेशना, गुरु रिन्पोछेको जीवनीका साथै पूजापाठ र जपको ल्हुंग प्रदान पनि गरिनेछ । २६ मेमा हुने यस कार्यक्रममा सहभागि हुन बि.सि.सि लण्डनका ब्रान्चले अनुरोध गरेको छ ।

कार्यक्रममा नेपालबाट महायोगी विद्याधर श्रीधर रिन्पोछे पनि अथिति वक्ताको रुपमा सहभागि हुनु हुँदैछ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण जुम र फेसबुकमा बेलायती समय १२ः०५ र नेपाली समय अनुसार ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको अध्यक्ष गमरसिङ गुरुङ, आमा प्रमुख तथा इभेन्ट कोअर्डिनेर अन्तिम गुरुङ र कार्यक्रम सञ्चालक देव गुरुख रहेका छन् । बिसिसी लण्डन बौद्ध धर्मसम्बन्धी विभिन्न कार्यक्रम तथा गतिविधि गर्दै आएको संस्था हो ।

यस कार्यक्रम जुम र फेसबुक बाहेक युट्युव, नेपाल बुद्धिष्ट न्यूजको अनलाइन टीभी NB TV र बोधी टिभीबाट पनि प्रत्यक्ष हेर्न सकिनेछ । बुद्ध जयन्तीको अवसरमा आयोजित यस पवित्र कार्यक्रममा सहभागि भई पुण्य प्राप्त गर्न आयोजकले धर्मावलम्वीलाई आग्रह गरेका छन् ।

Share

Related posts