बौद्ध धर्मका पारमिता मार्ग

हिनयानमा अस्टांगिक मार्गलाई उच्च महत्व दिइएको छ, त्यस्तै महायानमा पारमिता मार्गलाई । “पारमिता” शब्द बनिएको छ “परम” बाट, जसको अर्थ हुन्छ सबैभन्दा उच्च अवस्था । पारमिता मुख्य रूपमा छ प्रकारको हुन्छ :- (१) दान – पारमिता :- दोस्रो ब्याक्तीको हितको खातिर आफ्नो स्वत्व छोडनुको नाम हुन्छ, दान । दान – पारमिता तीन कुराले हुन्छ :- (क) जब दानको पात्रको कुनै सिमा रहदैन । प्राणीमात्र दानका पात्र बन्दछ । (ख) जब दिने बस्तुको कुनै सिमा नै रहदैन । मनुष्य आफ्नो सम्पुर्ण कुरा अरुको हितको लागी त्याग्न तयार हुन्छ । (ग) जब…

Read More

अफ्रिकनहरुले किन अपनाउन थाले बौद्ध धर्म ?

कैयौं शताब्दी देखि (१९/२०) औं शताब्दीसम्मका केही परिवर्तनमा देखा परेका पश्चिमी धर्म अनुसरण गर्दै आएका अफ्रिकनहरू धार्मिक, राजनीतिक तथा विविध विषयमा विभेदीकरणमा परेका कालाजति अहिलेको समयमा पुर्वीय धर्म अनुसरण गर्नु थालेका छन् । पुर्वीय धर्म भित्रपनि बौद्ध धर्ममा उनीहरुको धेरै अभिरुचि रहेको देखिन्छ । राजनीतिक र धार्मिकरुपमा पनि विभेदमा परेका अफ्रिकीहरू अहिले खोज अध्ययन अनुसन्धान गर्दै सत्यताको पक्षमा र राजनीतिक र धार्मिकरुपमा पनि धेरै अगाडि बढिसकेको देखिन्छ । अफ्रिकान धर्म अनुसन्धानकर्ता जेनिसर जर्क भन्छन् “हामी राजनीतिमा र धर्ममा वर्णको आधारले हेर्ने र रङ्गभेदका आधारमा काला र सेताको जातिमा वर्गीकरण गर्दिने…

Read More

जुममा गुञ्जियो धम्मचक्क सुत्र पाठ, विश्वका १४ भन्दा बढि देशका भिक्षु तथा उपासक सहभागि

सोमबार विश्वका विभिन्न मुलुकमा रहेका भिक्षु, भिक्षुणी, उपासक तथा उपासिकाद्वारा एक साथ धम्मचक्क सुत्र पाठ गरिएको छ । कात्तिक शुक्ल पूर्णिमाको अवसर पारेर विश्वभरका बौद्ध धर्मगुरु तथा अनुयायीहरुले सुत्रपाठ गरेका हुन् । बौद्ध धर्मावलम्वीका लागी यो पूर्णिमा अत्यन्तै महत्वपुर्ण रहेको छ । यसै दिन गौतम बुद्धले ५ जना ब्राह्मण भिक्षुलाई धम्मचक्क सुत्र देशना गर्नु भएको थियो । वर्ल्ड एलायन्स अफ बुद्धिजमले आयोजना गरेको कार्यक्रममा नेपाल सहित थाइल्याण्ड, म्यानमार, श्रीलंका, अमेरिका, भारत लगायतका १४ भन्दा बढि मुलुकका भिक्षु, भिक्षुणी तथा अनुयायी सहभागि थिए । नेपालबाट भिक्षु तपस्सी धम्म, भिक्षु बोधिज्ञान लगायत…

Read More

मास्टर कर्मा तान्पाई ग्याल्जेनको परिनिर्वाण

काठमाडौँको जोरपाटी सुन्दरटोलस्थि डुब्छेन छ्योलिङ (सेतो) गुम्बाका प्रमुख कर्मा तान्पाई ग्याल्जेनको  निधन भएको छ । उनको निधन भएको समाचार सुन्दा निकै दुख लागेको बताउँदै कमलशीला इन्स्टिच्यूटको फेसबुक पेजमा उक्त इन्स्टिच्यूटमा प्रमुख प्रशिक्षक आचार्य लामा केल्जांग र आचार्य लामा सोनामले उल्लेख गरेका छन् । पछिल्लो धर्मदेशनाका क्रममा हंगेरीमा रहेका कर्मा तान्पाईको उतै निधन भएको हो । बौद्ध धर्मको प्रवर्धनमा उल्लेखनीय योगदान दिदै आएका कर्मा तान्पाई धार्मिक सद्भावनाका लागी उद्धाहरणीय धर्मगुरु थिए । उनले विश्वका विभिन्न शक्तिशाली तथा चर्चित व्यक्तिहरुलाई समेत प्रत्यक्ष भेटेर बौद्ध ज्ञान बाढ्ने गरेका थिए ।

Read More

स्वयम्भू क्षेत्रका बौद्ध सम्पदा नहटाउन आग्रह, जवरजस्ती गरिए आन्दोलन गर्ने बौद्धमार्गीको चेतावनी

सडक विभागले चक्रपथ विस्तारको दोस्रो चरणमा स्वयम्भू क्षेत्रको बुद्धपार्कभित्र रहेका केही बौद्ध धार्मिक सम्पदा भत्काउन लागेको भन्दै बौद्ध धर्मावलम्वी आक्रोशित बनेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै सम्पदा भत्काउने कार्य विरुद्ध आन्दोलन गर्न स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔ अभियान गठन गरिएको समेत जानकारी दिइयो । आचार्य नुर्बु शेर्पाको संयोजकत्वमा मंसिर ५ गते बौद्ध धर्म सम्बन्धित विभिन्न धार्मिक संगठनको उपस्थितिमा स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियान गठन गरिएको हो । कलंकीदेखि चावहिलसम्मको सडक विस्तारको क्रममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु)…

Read More

पोखराको धर्मशिला विहारमा कथिन चिवर दान सम्पन्न, विहार निर्माणका लागी २ लाख सहयोय प्राप्त

पोखरा ३, नदिपुरस्थित धर्मशिला बुद्ध विहारमा आज कथिन चिवर दान कार्यक्रम गरिएको छ । कथिन चिवर दान कार्यक्रममा सहभागि हुन काठमाडौँको विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान सहित ७ जना भिक्षुको समूह पोखरा पुगेका थियो । धर्मशिला बुद्ध विहारका भिक्षु धज्जवन्तो वर्षावास बसेका थिए । असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षावास बस्ने भिक्षुहरुलाई वर्षावास सकिएपछि कथिन चिवर दान गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार धर्मशिला बुद्ध विहारमा शनिबार चिवर दान कार्यक्रम गरिएको हो । चिवर दान कार्यक्रमको दाता पोखरा निवासी सुजन वज्रचार्य र संगीता वज्राचार्य रहेका थिए । धर्मशिला…

Read More

विश्व शान्ति विहारमा कथिन चिवर दान सम्पन्न, कोभिड १९ का कारण सिमित भिक्षु मात्रै आमन्त्रित

काठमाडौँको मिनभवनस्थित विश्व शान्ति विहारमा यस वर्षको कथिन चिवर दान कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण एकदमै सुरक्षित तवरले सामान्य तरिकाले कथिन चिवर दान कार्यक्रम गरिएको विहारका प्रमुख भिक्षु बोधिज्ञानले बताए । यसपटक चिवर दान सम्पन्न गर्न मलेशियाका दाताहरुले सहयोग गरेका छन् । कोभिड १९ कै कारण यसवर्ष विहार बाहिरबाट भिक्षुहरुलाई आमन्त्रण समेत नगरिएको उनले जानकारी दिए । विहारमै रहेका पनि निकै सिमित भिक्षुहरुलाई मात्रै सहभागि गराई दान कार्यक्रम गरिएको उनले उल्लेख गरे । यो वर्ष विश्व शान्ति विहारका ७ जना भिक्षु तीन महिने वर्षावास बसेका थिए…

Read More

हरेक महिनाको दशमी तिथिमा रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा गर्दै बि.टि.एम.सी

बुद्धिष्ट टिचिंग एण्ड मेडिटेसन सेन्टरले हरेक महिनाको दशमी तिथिमा एकदिने रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा आयोजना गर्ने भएको छ । पहिलो पूजा भोली मंसिर ९ गते हुँदैछ । काठमाडौँको किमडोल, स्वयम्भूमा पूजा गरिने बि.टि.एम.सी.का प्रमुख खेन्पो सोनाम गुर्मे तामांगले जानकारी दिदै पूजामा सहभाग हुन आग्रह पनि गरेका छन् । पूजा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । पूजाको धर्म टिभीको अफिसियल फेसबुक पेजबाट लाइभ समेत गरिदैछ । छेच्यू (दशमी) विशेषगरी गुरु पद्मशम्भवको जन्म दिनको पवित्र तिथि भएका कारण हिमाली भेगका बौद्ध धर्मावलम्वीले दशमीको दिन छोग (गणचक्र) पूजा गर्ने…

Read More

पिपली थेरवाद बुद्ध विहारमा कथिन दान सम्पन्न

काठमाडौँको सिफलस्थित पिपली थेरवाद बुद्ध विहारमा कथिन चिवर दान सम्पन्न भएको छ । आइतबार उक्त विहारमा भिक्षु तिस्सलाई दाताहरुले दान गरेका हुन् । भिक्षु तिस्स ३ महिने वर्षावास बसेका थिए । चिवर दान कार्यक्रममा नर बुद्ध विहारका प्रमुख भिक्षु पुण्णले पञ्चशील, सिद्धिपुर बुद्ध विहारका प्रमुख भिक्षु विमलोले धर्मदेशना र चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले कथिन अष्टपरिस्कार वाक्य वचन गरेका थिए । बुद्ध विहारमा भएको उक्त कथिन चिवर दानको दाताहरु गोकर्णेश्वर नगरपालिका दक्षिणढोका निवासी नानीमैया गुरुङ्ग घले र उपासक भरत बहादुर घले परिवार रहेका थिए । कार्यक्रममा गुरुङ्ग, मगर,…

Read More

चारुमती बुद्ध विहारमा कथिन चिवर दान सम्पन्न, भिक्षु तपस्सी धम्मको २७ औं वर्षावास पुरा

बौद्ध धर्मावलम्वीले अत्यन्तै आदर र श्रद्धापूर्वक गर्ने कथिन चिवर दान काठमाडौँको चावहिलस्थित चारुमती बुद्ध विहारमा सम्पन्न भएको छ । अत्यन्तै नियमपूर्वक ३ महिनाको वर्षावास सम्पन्न गरेका भिक्षुहहरुलाई उपासक तथा उपासिकाको तर्फबाट श्रद्धापूर्वक कथिन चिवर दान गर्ने परम्परा रहेको छ । चारुमती बुद्ध विहारमा पनि हरेक वर्ष कथिन चिवर दान कार्यक्रम हुँदै आएको छ । यस वर्षको चिवर दान मंगलवार सम्पन्न भएको छ । कोरोना महामारीका कारण संक्रमण नफैलियोस् भनेर सिमित उपासक तथा उपासिकाको उपस्थितिमा चिवर दान गरिएको थियो । चारुमति बुद्ध विहार, चाबहिलका प्रमुख भिक्षु श्रद्धेय तपस्सी धम्म महास्थविरले संघ…

Read More