हरेक महिनाको दशमी तिथिमा रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा गर्दै बि.टि.एम.सी

बुद्धिष्ट टिचिंग एण्ड मेडिटेसन सेन्टरले हरेक महिनाको दशमी तिथिमा एकदिने रिग्जिन दुईपा अर्थात् विद्याधर गणचक्र पूजा आयोजना गर्ने भएको छ । पहिलो पूजा भोली मंसिर ९ गते हुँदैछ । काठमाडौँको किमडोल, स्वयम्भूमा पूजा गरिने बि.टि.एम.सी.का प्रमुख खेन्पो सोनाम गुर्मे तामांगले जानकारी दिदै पूजामा सहभाग हुन आग्रह पनि गरेका छन् ।

पूजा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । पूजाको धर्म टिभीको अफिसियल फेसबुक पेजबाट लाइभ समेत गरिदैछ ।

छेच्यू (दशमी) विशेषगरी गुरु पद्मशम्भवको जन्म दिनको पवित्र तिथि भएका कारण हिमाली भेगका बौद्ध धर्मावलम्वीले दशमीको दिन छोग (गणचक्र) पूजा गर्ने गर्छन् । यसदिन सञ्चय गरेको पूण्य लाख पूण्य बराबर हुने भएकाले बौद्ध धर्मावलम्वीले यस दिनलाई धार्मिकरुपमा निकै महत्वपुर्ण मान्छन् ।

Share

Related posts

Leave a Comment