पिपली थेरवाद बुद्ध विहारमा कथिन दान सम्पन्न

काठमाडौँको सिफलस्थित पिपली थेरवाद बुद्ध विहारमा कथिन चिवर दान सम्पन्न भएको छ । आइतबार उक्त विहारमा भिक्षु तिस्सलाई दाताहरुले दान गरेका हुन् । भिक्षु तिस्स ३ महिने वर्षावास बसेका थिए । चिवर दान कार्यक्रममा नर बुद्ध विहारका प्रमुख भिक्षु पुण्णले पञ्चशील, सिद्धिपुर बुद्ध विहारका प्रमुख भिक्षु विमलोले धर्मदेशना र चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले कथिन अष्टपरिस्कार वाक्य वचन गरेका थिए ।

बुद्ध विहारमा भएको उक्त कथिन चिवर दानको दाताहरु गोकर्णेश्वर नगरपालिका दक्षिणढोका निवासी नानीमैया गुरुङ्ग घले र उपासक भरत बहादुर घले परिवार रहेका थिए । कार्यक्रममा गुरुङ्ग, मगर, ब्राह्मण, क्षेत्री, तामाङ्ग, शेर्पा, नेवार लगायतका समुदायका मानिसको उपस्थिति थियो । फरक फरक समुदायबाट प्रतिनिधित्व गरी बुद्ध ज्ञानको आत्मसात गरेको देख्दा निकै खुशी लागेको र यसले धार्मिक सद्भाव अझ बढेर जाने भिक्षु तपस्सी धम्मले बताए ।

Share

Related posts