पोखराको धर्मशिला विहारमा कथिन चिवर दान सम्पन्न, विहार निर्माणका लागी २ लाख सहयोय प्राप्त

पोखरा ३, नदिपुरस्थित धर्मशिला बुद्ध विहारमा आज कथिन चिवर दान कार्यक्रम गरिएको छ । कथिन चिवर दान कार्यक्रममा सहभागि हुन काठमाडौँको विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान सहित ७ जना भिक्षुको समूह पोखरा पुगेका थियो । धर्मशिला बुद्ध विहारका भिक्षु धज्जवन्तो वर्षावास बसेका थिए । असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षावास बस्ने भिक्षुहरुलाई वर्षावास सकिएपछि कथिन चिवर दान गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार धर्मशिला बुद्ध विहारमा शनिबार चिवर दान कार्यक्रम गरिएको हो ।

चिवर दान कार्यक्रमको दाता पोखरा निवासी सुजन वज्रचार्य र संगीता वज्राचार्य रहेका थिए ।

धर्मशिला बुद्ध बिहार पोखरामा महान कथिन चिवरदान कार्यक्रमकै उपलक्षमा निर्माणाधिन धर्मशिला बुद्ध बिहारको सहयोगका लागी भरतराज शाक्य र रेणुका शाक्यले २ लाख १ हजार १ सय ८ रुपैयाँ सहयोग गरेका छन् । करिब ६ करोड रुपैयाँको लागतमा निर्माण गरिन लागेको विहारलाइ शाक्य दम्पत्तिको सहयोग महत्वपूर्ण रहेको छ ।

Share

Related posts

Leave a Comment