अष्ट्रेलियाको आगलागीमा दर्दनाक तरिकाले ज्यान गुमाएका करोडौ जीवजन्तु तथा मानिसको आत्माको चीर शान्तिको कामना गर्दै दिवंगत आत्माको सुखावती भूवनमा बासको कामना गरिएको छ । शुक्रबार काठमाडौँ बुद्धवचन अनुवाद समिति, नेपालले एक कार्यक्रम गर्दै दिवंगत जीवजन्तु र मानिसको आत्माको शान्तिको कामना गरेको हो । अकालमा ज्यान गुमाएकाहरुको शान्तिको कामना गर्दै आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्राणिधान पाठ गरियो ।
Read MoreAuthor: rinpoche
इतिहासमा झण्डै हराएको बुद्ध जन्मस्थल लुम्बिनीको खोज यसरी भयो
केही सय वर्षअगाडि मात्रै हो बौद्ध धर्मको बारेमा पश्चिमा विद्वानहरुले गम्भिर अध्ययन सुरु गरेको । पश्चिमेली विद्वानले बौद्ध धर्म र साहित्यको अध्ययन अनि त्यसको प्रकाशनले बौद्ध धर्मप्रति अन्तराष्ट्रिय रुची बढ्यो । ठीक यही बेला बौद्ध धर्म मान्ने एसियाली देशहरूमा पनि पुनःजागरण सुरु भयो, खासगरी श्रीलंकामा । बौद्ध धर्ममा श्रीलंकाको ठूलो देन छ । र, त्यहाँ चलेको धर्मको पुनःउत्थानले अरू देशलाई उत्तिकै प्रभाव पारेको इतिहास छ । यसरी बौद्ध धर्मको पुनःउत्थानकै क्रममा सिद्धार्थ गौतमको जन्म कहाँ भयो भनेर खोजि पनि भयो । सन् १८९६ डिसेम्बरमा, सिद्धार्थ गौतमको जन्मस्थान लुम्बिनी हो भनेर…
Read Moreबुद्ध धर्म के हो र बुद्ध धर्म कसरी संसार भरि फैलीयो ?
आज शाक्य पण्डित कुंगा ग्यालत्सेनको जन्मजयन्ती
तिब्बती क्यालेण्डर अनुसार आज हिमाली क्षेत्रमा शाक्य परम्पराका अवतारका चौथो अवतारी मध्येका एक शाक्य पण्डित कुंगा ग्यालत्सेनको जन्म जयन्ती हो । तिब्बती तथा हिमाली बौद्ध धर्म ज्ञानको विस्तारमा शाक्य पण्डितले ठूलो योगदान पुर्याएका थिए । शाक्य परम्पराको अवतारलाई हिमाली क्षेत्रमा फैलाउँदै उनले भविष्यका पूस्ताहरुका लागी पनि बौद्ध धर्मको आध्यात्मिक चेतना वृद्धि गर्न विशेष मद्दत पुर्याए । शाक्य पण्डित बोधिसत्वको अवतार हुन् । कुंगा ग्यालत्सेनको जन्म ११८२ मा चीनमा भएको थियो । उनी शाक्य परम्पराका ठूला संस्थापकहरुमध्ये चौथो र शाक्य मठको गद्दीमा बस्ने छैठौँ अवतारी हुन् । उनले रातो टोपी लगाउने…
Read Moreशेर्पा गुम्बामा ११ औँ ञिङमा मोन्लाम हुँदै
महाकारूणिक भगवान शाक्यमुनि बुद्धको जन्मभूमि नेपालमा सम्पुर्ण बौद्ध शासन तथा विशेषगरी ञिङमा परम्पराको उत्तरोत्तर प्रगति एवम् महान सतपुरूषहरूको दीर्घायूको कामनाका साथै नेपाल लगायत विश्वमा दिगो शान्ति, सुस्वास्थ्य, एवमं पूण्यलाभ तथा मनोकांक्षा पुरा होओस् भन्दै नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको लागि विश्व सम्पदा सूचिमा सूचिकृत तीर्थस्थल बौद्धनाथ च्यारूङ खस्योरको समिप शेर्पा सेवा केन्द्र गुम्बामा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा ११ औँ ञिङ्मा मोन्लम (प्राणिधान पूजा) भव्यता साथ हुँदै भइरहेको छ । ५ दिने पूजामा धर्मालम्वी, रिन्पोछे, लामा तथा आनीहरुको उल्लेख्य सहभागिता भइरहेको छ ।
Read Moreतनहुँमा बुद्ध प्रतिमा प्रतिष्थापन
तनहुँको घिरिङ्ग गाउँपालिका १ भन्तार स्थित किशोर बुद्ध विहारमा गत शनिबार बुद्ध मूर्ति प्रतिष्थापन गरिएको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीर, महासचिव भिक्षु कौण्डन्य महास्तवीर लगायतको उपस्थितिमा विहारमा बुद्ध मूर्ति प्रतिष्थापन गरिएको हो । महांघका अध्यक्ष तथा महासचिव सहित भिक्षु ज्ञानेन्द्र “सद्धम्म कोविद“, भिक्षु संघ परिवार र अनागारिका संघपरिवारबाट मूर्ति प्रतिष्ठापन कार्यक्रममा परित्राण पाठ समेत गरिएको थियो ।
Read Moreबौद्ध परियत्ति शिक्षाको प्रवर्द्धनमा काठमाडौँ महानगरपालिकाको २३ लाख सहयोग
काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार आर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महाससंघ अध्यक्ष भिक्षुमैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गरे । महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका गर्न रु १३ करोड बजेट महानगरले विनियोजन गरेको छ । सो रकम सामुदायिक विद्यालय हाताभित्र वृक्षरोपण, खेल मैदान, रङ्गरोगन, शौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा खर्च हुने जनाइएको छ । सो अवसरमा प्रमुख शाक्यले सहयोगको…
Read Moreबल्ल सुरु भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको चहलपहल
ठूला–ठूला संरचना, प्रशस्त विद्यार्थी, पुस्तकालय र अनुसन्धान केन्द्र विश्वविद्यालयका चिनारी हुन्। तर लुम्बिनी बौद्ध विश्वविद्यालयले यस्तो पहिचान पाउन एक दशक कुर्नपर्यो। पदाधिकारी राजधानीको सम्पर्क कार्यालयमा सीमित हुँदा विश्वविद्यालय काठमाडौंमै केन्द्रित रह्यो। विश्वविद्यालयको शैक्षिक एवं प्राज्ञिक गतिविधि नै अघि बढ्न सकेन। विश्वविद्यालयले स्थापनाको १५ वर्षपछि बल्ल शैक्षिक संस्थाको स्वरूप पाएको छ। पदाधिकारी पहिलोपटक लुम्बिनीमा नियमित हाजिर गर्न थालेका छन्। शैक्षिक एवं प्रशासनिक गतिविधि बढेका छन्। विश्वविद्यालयमा रजिस्ट्रार डा. तिलकराम आचार्य नियुक्ति लगत्तै लुम्बिनीबाटै शैक्षिक कार्यक्रम सुरु गरिएको छ। दुई वर्षअघि सरकारले विश्वविद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि सबै पदाधिकारी…
Read Moreबौद्ध धर्मावलम्बीबाट षडक्षरी लोकेश्वरको अभिषेक ग्रहण
‘ओँ मणि पद्यमे हुँ ! ओँ मणि पद्यमे हुँ !!’ नेपाल परम्परागत बौद्धधर्म सङ्घद्वारा आयोजित काठमाडौँको सुप्रसिद्ध शामार रिम्पोछे गुम्बामा बज्रयान बौद्ध गुरु षडक्षरी लोकेश्वरको प्रार्थनामा व्यस्त थिए । बज्रयान बौद्धधर्ममा ‘ओँ मणि पद्यमे हुँ !’ को अर्थ ‘म कमलको फूल जस्तै शुद्ध हुने छु ।’ ‘म कमलको फूल जस्तै पवित्र र अमूल्य हुनेछु ।’ भन्ने हुन्छ । यसरी आफूलार्ई षडक्षरी लोकेश्वरको स्वरुप धारण गरी मन्त्रोच्चारण गर्नेको सङ्ख्या एक हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहेको पत्रकार गौतमबुद्ध बज्राचार्यले जानकारी दिनुभयो । अमिताभ बुद्धको समयदेखि बौद्ध धर्मावलम्बीले षडक्षरी लोकेश्वरको अभिषेक तथा मन्त्र…
Read More