आज शाक्य पण्डित कुंगा ग्यालत्सेनको जन्मजयन्ती

तिब्बती क्यालेण्डर अनुसार आज हिमाली क्षेत्रमा शाक्य परम्पराका अवतारका चौथो अवतारी मध्येका एक शाक्य पण्डित कुंगा ग्यालत्सेनको जन्म जयन्ती हो । तिब्बती तथा हिमाली बौद्ध धर्म ज्ञानको विस्तारमा शाक्य पण्डितले ठूलो योगदान पुर्याएका थिए । शाक्य परम्पराको अवतारलाई हिमाली क्षेत्रमा फैलाउँदै उनले भविष्यका पूस्ताहरुका लागी पनि बौद्ध धर्मको आध्यात्मिक चेतना वृद्धि गर्न विशेष मद्दत पुर्याए ।

शाक्य पण्डित बोधिसत्वको अवतार हुन् । कुंगा ग्यालत्सेनको जन्म ११८२ मा चीनमा भएको थियो । उनी शाक्य परम्पराका ठूला संस्थापकहरुमध्ये चौथो र शाक्य मठको गद्दीमा बस्ने छैठौँ अवतारी हुन् । उनले रातो टोपी लगाउने गर्थे जुन पछि शाक्य परम्पराका अनुयायीले पनि निरन्तरता दिए । शाक्य पण्डित कुंगा ग्यालत्सेनको परिनिर्वाण १२५१ मा भयो ।

Share

Related posts