बुद्धवचनमा सद्भावना दुतको ब्रिफिङ

प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति नेपालका दुई सद्भावना दुतले आफुले गरिहेको अभियानको समिक्षा गरेका छन् । सोमबार बुद्धवचनको काठमाडौँ बौद्धस्थित कार्यालयमा गायक धिरज राई र मिसेस नेपाल टुरिज्म २०१९ छिरिङ डोल्मा शेर्पा उपस्थित भई प्रज्ञा पारमिता र बुद्धवचनको बारेमा आफुहरुले गरिरहेको प्रवर्धनात्मक अभियानको बारेमा छलफल गरे । गायक राई र शेर्पा दुवै बुद्धबचन अनुवाद समितिको सद्भावना दुत हुन् ।

बुद्ध वाज बर्न इन नेपालका प्रमुख अभियन्ता गायक राईले आफुले अभियानको क्रममा देश विदेशमा गर्ने सांगीतिक कार्यक्रमहरुमा बुद्धवचन र प्रज्ञा पारमिताको नेपाली अनुवादको विषयमा समेत जानकारी गराउँदै आएका छन् । त्यस्तै मिसेस टुरिज्म २०१९ की विजेता छिरिङ डोल्मा शेर्पाले पनि आफु सहभागि हुने कार्यक्रमहरुमा प्रज्ञा पारमिताको महत्वको बारेमा उल्लेख गर्दै आइरहेकी छन् ।

बुद्धवचन अनुवाद समितिले १६ ठेली प्रज्ञा पारमितालाई विगत २ वर्षदेखि नेपाली भाषामा अनुवाद गरिरहेको छ । समितिले नेपाली भाषामा अनुवाद गरिने प्रज्ञा पारमितालाई राष्ट्रिय दस्तावेजको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । अनुवादको कार्यलाई तिव्रता दिइरहेको बुद्धवचनले चाँडै नै अष्टसाहस्रिका प्रज्ञापारमिता (ग्येतोङ्पा) प्रकाशित गर्दैछ ।

Share

Related posts

One Thought to “बुद्धवचनमा सद्भावना दुतको ब्रिफिङ”

  1. Taramuni Shakya

    It would be remarkable task to translated one of most important discourses of Buddha – Prajaparamita into Nepali. This will certainly benefit many readers understanding pure Dhamma. Awaiting this wonderful attempt to come out.