भुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्ने कार्य जोडतोडका साथ चलिरहँदा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतिमाको अनावरण गरेका हुन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतिमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् । बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तै विमानस्थलको टर्मिनलका अधिकतम् भागमा कलात्मक मूर्ति र…
Read MoreAuthor: rinpoche
महोत्सवले बौद्धकालीन सभ्यता झल्काउने
रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा लाग्ने महोत्सवले बौद्धकालीन सभ्यतालाई झल्काउने भएको छ । बौद्धकालीन सभ्यतासँग जोडिएको पुरातात्विक भग्नावशेषका रूपमा ठूलो राजाकुवा, रानीकुवा र बुद्धसँग सम्बन्धित भग्नावशेष सैनामैना–१ वनकट्टामा रहेको छ । त्यस ठाउँमा अहिले पनि बौद्धकालीन सभ्यतासँग सम्बन्धित विभिन्न भग्नावशेष अवलोकन तथा अनुसन्धानका लागि आन्तरिक पर्यटक त्यहाँ जाने गर्छन । बौद्धकालीन सभ्यतासँग मिल्दाजुल्दा विषयको संरक्षणका लागि सङ्ग्राहलयसमेत निर्माण गर्न लागिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको सम्बन्ध सैनामैनासँग रहेको भन्दै उद्योग वाणिज्य सङ्घ, सैनामैनाले आयोजना गर्न लागेको कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा बौद्धकालीन सभ्यता तथा पुरातात्विकस्थलको प्रवद्र्धनका लागि बौद्धकालीन सभ्यताको…
Read Moreयसरी मनाइयो बुद्धवचन अनुवाद समितिको दोस्रो वार्षिकोत्सव
गौतम बुद्धले सुभुति नाम गरेका शिष्यसँग गरेको कुराकानीमा आधारित प्रज्ञा पारमिता सुत्रलाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समितिको दोस्रो वार्षिकोत्सव काठमाडौँमा एक कार्यक्रम गरी मनाइएको छ । कार्यक्रममा प्रज्ञा पारमिता अनुवादमा संलग्न बौद्ध धर्म र दर्शनसँग सम्बन्धित विद्वान, भिक्षु, खेन्पो, संस्कृत, नेपाली र भोट भाषाका विज्ञ लगायतको समूह वार्षिकोत्सव मनाउन बौद्धमा रहेको समितिको कार्यालयमा जम्मा भएका थिए । समितिले दुई वर्ष पुरा गरेको अवसरमा केक काट्दै मनाइएको वार्षिकोत्सवमा बोल्दै अनुवाद समितिका अध्यक्ष टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादलाई सांस्कृतिक राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको बताए । नीजि तवरबाट सुरु…
Read More१५ लाख पर्यटक पुगे बुद्ध जन्मस्थल लुम्बिनी
मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा डेढ प्रतिशतले वृद्धि भएको छ । लुम्बिनीमा सन् २०१९ मा १५ लाख ५८ हजार पर्यटक पुगेका छन् । यो आन्तरिक र बाह्य पर्यटकको संख्या हो । लुम्बिनी विकास कोषका अनुसार सन् २०१९ मा सन् २०१८ को भन्दा २४ हजार २ सय १६ जना मात्रै धेरै पर्यटक लुम्बिनी आएका छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष शुरु गरे पनि आन्तरिक पर्यटकको संख्या नै कम वृद्धि भएको छ । लुम्बिनीमा अघिल्लो वर्षको तुलनामा नेपाली पर्यटकको संख्या ७ हजार ५ सयले मात्रै बढेको…
Read Moreरामेछाप र काभ्रेमा ३ महिने बौद्ध धर्म शिक्षा शिविर हुँदै
तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा पुस ८ र ९ गते रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा ३ महिने निःशूल्क बौद्ध धर्म शिक्षा प्रशिक्षण शिविर हुने भएको छ । शिविर ८ गते रामेछाप जिल्लाको सुनपति गाउँपालिकास्थित वार्ड नं ४, भ्वाँसाको सुनपति बौद्ध गुम्बा केन्द्रमा र ९ गते काभ्रेको चौरीदेउराली गाउँपालिका २ नाग्रे रजबास गुम्बामा हुने छ । शिविरमा बुद्ध धर्म, दर्शन, हाम्रो परम्परागत संस्कार तथा संस्कृति बारे श्रद्धेय धर्मगुरुहरुले प्रवचन दिने विशेष कार्यक्रम भएकाले दुवै जिल्लाका पायक पर्ने स्थानका धर्मावलम्वीहरुलाई उपस्थित हुन आयोजक तामाङ बौद्ध महासंघले आग्रह गरेको छ । कार्यक्रम हुने मिति र…
Read Moreबुद्धको कपाल रहेको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो । भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको…
Read Moreभ्रमण वर्ष : लुम्बिनीमा पर्यटकलाई स्वागत
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोष तथा पर्यटन व्यवसायीले चाइना, भूटान तथा नेपालकै विभिन्न जिल्लाबाट आएका पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो । पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पर्यटनका माध्यमबाट देशमा समृद्धि हासिल गर्न भ्रमण वर्ष शुभारम्भ गरिएका कारण यसलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भका दिन लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिरमा निःशुल्क प्रवेश दिइएको छ, पर्यटन प्रवद्र्धनका लागि वर्षभरि विभिन्न कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो । पर्यटकलाई…
Read Moreअमेरिकामा जनवरी ५ देखि बौद्ध दर्शन र ध्यान कक्षा हुँदै
शेर्पा किदुग अमेरिकाको आयोजनामा जनवरी ५ देखि बौद्ध दर्शन र ध्यान सम्बन्धी कक्षा सुरु हुने भएको छ । कक्षा १ महिनासम्म जारी रहने किदुगले जनाएको छ । नेपाली भाषामा गरिने कक्षाका लागि गत डिसेम्बर २२ मा विशेष छलफल गरिए पश्चात जनवरी ५ देखि कक्षा सञ्चालन गरिने निर्णय भएको हो । कक्षा अवधिभर विभिन्न अन्तरक्रिया तथा प्रयोगात्मक अभ्यास समेत हुने बताइएको छ । प्रत्येक आइतबार दिउँसो १ः३० देखि ३ः३० सम्म कक्षा सञ्चालन हुनेछ । बौद्ध दर्शन अध्ययन गरौं, अन्धबिश्वास र कुरीतिहरुलाई निर्मूल पारौं भन्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको कक्षा शेर्वी…
Read Moreडुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा १७ औ विश्व शान्ति माने पूजा सम्पन्न
काठमाडौँको नयाँपाटीस्थित ड्रिकुङ्ग काग्यू न्छिनलिंग गुम्बाले विगत १७ वर्षदेखि गर्दै आएको विश्व शान्ति माने पूजा मंगलबार सम्पन्न भएको छ । उक्त गुम्बाले गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा बर्षेनी विश्व शान्ति माने पूजा गर्दै आइरहेको छ । यसपटकको पूजा पुस ६ गतेदेखि सुरु भएको हो । पूजा परमपुज्य धर्मगुरुद्वय डुवाङ नुपा कोन्छयोक तेन्जिन रिन्पोछे र तोग्देन रिन्पाछेको उपस्थितिमा सम्पन्न गरिएको हो । संसारमा सुखशान्ति फैलियोस् भन्ने कामना सहित बौद्ध धर्मावलम्वीले विश्व शान्ति पूजा गर्ने प्रचलन रहँदै आएको छ । १० दिने पूजाको पाँचौ दिनमा गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछे ज्यूको…
Read More