तनहुँको घिरिङ्ग गाउँपालिका १ भन्तार स्थित किशोर बुद्ध विहारमा गत शनिबार बुद्ध मूर्ति प्रतिष्थापन गरिएको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीर, महासचिव भिक्षु कौण्डन्य महास्तवीर लगायतको उपस्थितिमा विहारमा बुद्ध मूर्ति प्रतिष्थापन गरिएको हो ।
महांघका अध्यक्ष तथा महासचिव सहित भिक्षु ज्ञानेन्द्र “सद्धम्म कोविद“, भिक्षु संघ परिवार र अनागारिका संघपरिवारबाट मूर्ति प्रतिष्ठापन कार्यक्रममा परित्राण पाठ समेत गरिएको थियो ।

