बौद्ध संघ भक्तपुरले मनायो स्वर्ण जयन्ती

बौद्ध संघ भक्तपुरले शनिवार संघ स्थापनाको स्वर्ण जयन्ती मनाएको छ । बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भक्तपुरको कुथुबही (मिनिबस पार्क) मा भव्यरुपमा मनाइएको हो । बौद्ध संघ भक्तपुर स्थापना गरेको २५ वर्ष पुगेको उपलक्ष्यमा बुद्ध शिक्षामा युवा सहभागिता आजको आवश्यकता भने नारा सहित एकदिने कार्यशाला गोष्ठी पनि गरिएको थियो । कार्यक्रम बौद्ध संघ भक्तपुरका अध्यक्ष्य त्रिरत्न शाक्यको सभापतित्वमा भएको थियो । कार्यक्रममा श्रद्धेय भन्ते निग्रोध महास्थविर, डा. त्रिरत्न मानन्धर, डा. केशवमान शाक्य र टि.बि. पुनमगरको उपस्थिति रहेको थियो । स्वर्ण जयन्तीको उपलक्ष्यमा पहिलो पटक भक्तपुर बौद्ध संघमा बौद्ध महिला संघ पनि गठन गरिएको थियो ।

Share

Related posts