तपस्सी धम्म भिक्षु जीवनमा प्रवेश गरेको ३९ वर्ष पुरा, चारुमती विहारलाई देशकै प्रमुख सम्पदा बनाउने योजना

श्रीलंका, बर्मा र इरानसम्म पुगेका सम्राट अशोकका प्रतिनिधि काठमाडौँ आएकोमा भने आशंका गर्नु कुतर्क भएको भिक्षु तपस्सी धम्मको भनाई छ । नेपाल बुद्धिष्ट न्यूजको अनलाइन टेलिभिजन एनबी टीभीको एनबी टकमा बोल्दै चारुमती बुद्ध विहारका प्रमुख समेत रहनु भएका भिक्षु धम्मले सम्राट अशोकका प्रतिनिधि नेपाल आएकोमा आशंका गर्नु बेकार भएको बताउनु भएको हो ।

चावहिलमा रहेको चारुमती स्तुप काठमाडौँ उपत्यका भित्रै प्राचीनमध्येको एक सम्पदा भएको भिक्षु धम्मले जिकिर गर्नु भयो । स्तुप चर्किएका बेला भएको उत्खननमा धेरै प्राचीन अभिलेख भेटिएको बताउँदै त्यसको अध्ययनतर्फ सम्बन्धित निकायले चासो नदिएको पनि उहाँले गुनासो गर्नु भयो ।

स्तुपलाई सम्राट अशोककी सन्तानहरुमध्येकी एक छोरी चारुमतीले निर्माण गर्न लगाएको विश्वास गरिन्छ । प्राचीन नाम देवपत्तन भएको चावहिल आससपासमा चारुमती आएको र यतैका राजकुमारसँग विवाह भएको ग्रन्थहरुमा उल्लेख भएको भिक्षु धम्मको भनाइ छ । चारुमतीकै नामबाट यस स्थानको नाम चारुमती बहिल रहन गएको उहाँले बताउनु भयो । चारुमती बहिल नै अपभ्रंश हुँदै चावहिलमा परिणत भएको उहाँले जानकारी दिनुभयो ।

भिक्षु तपस्सी धम्म भिक्षु जीवनमा प्रवेश गरेको ३९ वर्ष पुरा भएको छ । उहाँ भिक्षु जीवनमा प्रवेश गरेको ४० वर्ष पुगेको अवसरमा एनबी टकमा भिक्षु तमस्सी धम्म विशेष कुराकानी गरिएको छ । उहाँसँग गरिएको विशेष कुराकानी बुधबार एनबी टीभीमार्फत् सार्वजनिक हुँदैछ । यही आइतवार चारुमती स्तुपमा भिक्षु धम्मले आफुले भिक्षु जीवनमा प्रवेश गरेको ३९ वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम समेत गर्दै हुनुहुन्छ ।

Share

Related posts