भुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्ने कार्य जोडतोडका साथ चलिरहँदा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।
संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतिमाको अनावरण गरेका हुन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतिमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको भूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थललाई बुटिक बनाउन अरु काम पनि भएका छन् । बगैँचाहरुको व्यवस्थापन गर्नेदेखि गैँडाका मुर्ति राख्नेसम्म काम भएका छन् । यस्तै विमानस्थलको टर्मिनलका अधिकतम् भागमा कलात्मक मूर्ति र काष्ठकलाका सामाग्री राखेर सजाइँदैछ ।

