बौद्ध धर्ममा त्रिरत्नको खास महत्वपुर्ण अंग हो । बौद्ध धर्म नै त्रिरत्नमा आधारित रहेको छ । त्रिरत्न भन्नाले बुद्ध, धम्म र संघलाई बुझिन्छ । गौतम बुद्धले बुद्धत्व प्राप्ति गरे यता नै आफुले प्राप्त गरेको ज्ञानको प्रवद्र्धन गर्ने क्रममा बुद्ध, धम्म(धर्म) र संघ पनि त्रिरत्नको रुपमा विकसित भएको हो ।
बुद्ध
करिब २७ सय वर्ष अगाडि हालको नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको हो । बुद्ध भन्नाले अनन्त ज्ञानी र आफ्नै प्रयासले बुद्धत्व प्राप्त गरी संसारको कल्याणमा समर्पित भन्ने बुझिन्छ ।
धम्म(धर्म)
बौद्ध धर्मको शिक्षालाई धम्म अर्थात् धर्म भनिन्छ । बौद्ध धर्मको सम्पुर्ण शिक्षा धम्ममा आधारित छ ।
संघ
बौद्ध धर्ममा भिक्षु तथा बौद्ध उपासकहरुको संगठित समूहलाई संघ भनिन्छ । संघमा आवद्ध भिक्षु तथा उपासक दुवै समूह बौद्ध धर्मको अनुयायी हुन् । बौद्ध धर्मको प्रचार र प्रवद्र्धनमा संघको सुरुवातीकालदेखि नै महत्वपुर्ण योगदान रहँदै आएको छ ।