तेङबोचे गुम्बाका रिन्पोचे ङावाङ तेञ्जिङ साङपोको निधन

तेङबोचे गुम्बाका रिन्पोचे ङावाङ तेञ्जिङ साङपोको परिनिर्वाण भएको छ । असोज २४ गते विहान १२ः०० रिम्पोचे साङपोको परिनिर्वाण (निधन) भएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ मा रहेको गुम्बाका प्रमुख समेत रहेका रिन्पोचे बौद्ध धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्दै खुम्बु क्षेत्रको पूर्वाधार विकास, सामाजिक आर्थिक विकास तथा वातावरण संरक्षणमा समेत अग्रणी भूमिका निर्वाह गरेको खुम्बुपासाङल्हमु गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासी ल्हमु शेर्पाले बताए ।

प्राणी जगतका रक्षक तथा शान्तिका नायक धर्मगुरु रिन्पोछेको परिनिर्वाण प्रति खुम्बु पासाङल्हमु गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा साङपोको शिघ्र पुनर्आगनको कामना समेत गरेको कार्यावाहक अध्यक्ष शेर्पाले जानकारी दिए ।

Share

Related posts