को थिए संघमित्रा थेरी र राजकुमारी चारुमती ? बौद्ध धर्ममा कस्तो थियो दुवैको योगदान ?

मौर्य साम्राज्यका संस्थापक चक्रवती चन्द्रगुप्ता मौर्यका नाति र मौर्य वंशका तेस्रो चक्रवती सम्राट असोक महानका दुई पुत्रीहरु थिए–संघमित्रा र चारुमती ।
रानी वेदिस महादेबी शाक्य कुमारीबाट संघमित्रा र रानी असंधिमित्रको पुत्री चरुमती थिइन् । वेदिस महादेबीलाई नै देबि या शाक्यानी नामले उल्लेख गरेको पाइन्छ ।

संघमित्रा भिख्खुणी बनेर बोधीवृक्षको शाखा लिएर धम्म प्रचारका लागी श्रीलंका गइन् र श्रीलंकामा भिक्खुणी संघको स्थापना गरिन् । संघमित्राद्वारा लगिएको बोधीवृक्ष मानबद्वारा रोपिएको सबैभन्दा पुरानो वृक्ष हो, जुन आजपनी श्रीलंकामा बिद्यमान छ ।

पाली बौद्ध ग्रन्थ महावंशमा चारुमतीको उल्लेख रानी असंधिमित्रका पुत्रीको रूपमा भेट्टाइन्छ । असंधिमित्रलाई सुरुवातबाटै बुद्ध उपासिकाको रूपमा बताइएको छ । चारुमतीले आफ्नो पिता सम्राट असोकका साथमा मिलेर नेपालमा देवपाटन र पाटन नामक नगर बसाए । आधुनिक नेपाल एरियामा नै चारुमतीले बुद्ध उपासिका भएर धम्म प्रचार गरिन् । सम्राट असोकले यहाँ कयौ स्तुप, बिहार बनाए, चारुमतीले स्तूप बनाए, जसलाई आज चारुमती बुद्धको स्तुपको नामले जानिन्छ । जुन नेपालको सबैभन्दा पुरानो बौद्ध मठ मध्ये एक हो । आजको आधुनिक नेपालको एरिया सम्राट असोकको धम्मबिजयको क्षेत्रमा आउँछ ।

२००३ सम्म कुनैपनि पुरातात्विक साक्षय मौजुद थिएन । २००३ मा घाँडो चैत्यलाई पुनस्थापित गर्दा, पुरातात्त्वबिदले उसको नामको साथ एक इटामा अभिलेखको खोजी गरे । जसमा माथी ब्राम्ही लिपिमा चारुमती र भुजिमोल लिपिमा च रु वा ती घांडे र हे तु प्र भा का साथ अंकित गरिएको थियोे । इटाको माप ( ३५.५×२३×७) सेमि छ र त्यसको वजन ८.६ किलोग्राम छ ।

मौर्यकालमा स्त्री मेगस्थनिज इण्डिका ACTS युनानी राजदूत मेगस्थनिज, जो सम्राट चन्द्रगुप्त मौर्यका दरबारमा बसेर इण्डिका नामक पुस्तकको रचना गरिन् । मेगस्थनिजका अनुसार मौर्य युगमा स्त्रीहरुको समाजमा प्रतिष्ठित स्थान थियोे । उनीहरुले उच्च शिक्षा हासिल गर्न सक्थे तथा आबश्यकता परेको खण्डमा शासन पनि गर्थे । संकटको अबस्थामा युद्धमा पनि भाग लिन्थे स्त्री । स्त्रीहरु गुप्तचर बिभाग र राजाको अंगरक्षक सेनामा पनि काम गर्थे । भारतमा बहुबिबाहको प्रथा प्रचलित थियोे, बिद्यवा (पुनःबिबाहको प्रचलन थियोे । मौर्य युगमा दाइजो प्रथा प्रचलित थिएन, दास प्रथा तथा सति प्रथा प्रचलित थिएन ।

मौर्य कालमा स्त्रीलाई सैनिक प्रशिक्षण पनि दिइन्थ्यो । यस्तो युनानी लेखकले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । मौर्यले १६ बर्षको अबस्थामा नै नवयुबक र युवतीलाई सैनिक प्रशिक्षण अनिवार्य शिक्षा गरेका थिए । चन्द्रगुप्त मौर्यको समयमा पनि धेरै संख्यामा स्त्रीहरु सेना, गुप्तचरमा कार्यरत थिए । यहाँसम्म कि चन्द्रगुप्त मौर्यले आफ्नो सुरक्षाका जुन दस्ता तयार गरेका थिए त्यसमा पुरुषका अतिरिक्त महिलाहरु पनि थिए । जो हतियार लिएर सुरक्षामा तैनाथ हुन्थे । यस कुराले स्पष्ट संकेत मिल्दछ कि मौर्य आफ्नो साम्राज्य वा प्रजाका सुरक्षाका लागी स्त्री–पुरुष दुबै सदैव तत्पर रहन्थे ।

चन्द्रगुप्त मौर्यका नाति चक्रवती सम्राट असोकले स्वयं आफ्नो एक पुत्र महिन्द्रा र एक पुत्री संघमित्रालाई भिक्खु–भिक्खुणी बनाएर श्रीलंका धम्म प्रचारका लागी पठाएका थिए र अर्को पुत्री चारुमती तथा आफ्नो गुरु मोग्गलीपुत्र तिःसका साथ नेपालमा धम्म प्रचार गरेका थिए । पुरातात्त्विक स्रोतका अनुसार नेपालको चारुमती स्तूप सम्राट असोक र उसको पुत्री चारुमतीद्वारा बनाएका थिए । यसले यो स्पष्ट थाहा हुन्छ कि मौर्य युगमा स्त्रीको समाजमा प्रतिष्ठित स्थान थियोे ।

स्रोत : Samrat Ashoka Buddha Mahasangha

नेपाली अनुबादःसुर्य घिसिङ

Share

Related posts