Author: rinpoche
राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा
राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै विहिबार विशेष बुद्ध पूजा गरिएको छ । बुद्धवचन अनुवाद समिति र तमु बौद्ध सेवा समितिले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा धर्मगुरुबाट प्रज्ञापारमिताको पाठ गरिएको थियो । कार्यक्रममा ग्रहशान्ति पूजाका साथै वाङ(अभिषेश) समेत गरिएको थियो । बौद्ध धर्मगुरु टुल्कु धमछोयले विशेष पूजा गरी करिब ३०० बौद्ध अनुयायीलाई आयु अभिषेकको प्रवचनसमेत दिए । बौद्ध साहित्यको सूत्रपिटकअन्तर्गत पर्ने उक्त प्रज्ञापारमितामा शून्यताको दार्शनिक विषय समेटिएको छ । कुनै पनि व्यक्ति तथा वस्तुको स्वतन्त्र अस्तित्व हुँदैन, अरु वस्तुमा निर्भर हुने गर्दछ भन्ने सन्देश यसमा दिइएको छ । शान्ति…
Read Moreलुम्बिनीमा रहेको सोकोयो जापानी मन्दिर खुल्ला
तीर्थयात्रीहरू, पर्यटकहरू र बौद्ध धर्मको खोजी गर्नेहरूको लागि आकर्षणको रूपमा रहेको शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनीमा सोकोयो जापानी बौद्ध मन्दिर सार्वजनिक रूपमा खोलिएको छ। लुम्बिनीको पश्चिम मठमा अवस्थित सोकोयो जापानी मन्दिरको उद्घाटन १० जनवरी २०२० मा संघीय सांसद र संघीय संसदका लेखा समिति (पीएसी) का अध्यक्ष मा. भरत कुमार शाहले भिक्षु, भिक्षुणी, एलडीटीका अधिकारीहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मीहरू, र स्थानीय व्यक्तिहरूको उपस्थितिमा एक समारोहको बीचमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मा. भरत शाहले लुम्बिनीको विकास कार्यक्रममा लुम्बिनीका स्थानीय जनतालाई समावेश गर्नु पर्नेमा कुरामा जोड दिए। “लुम्बिनीको विकासका लागि घर र जग्गा…
Read Moreबौद्ध पर्यटक भित्र्याउन चारुमती बुद्ध विहारमा विविध कार्यक्रम
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै भएका कारण संसारभरका बौद्ध धर्मावलम्बीका लागि नेपाल सम्भव भएसम्म एकपटक भ्रमण गर्नै पर्ने देश हो । यसै कारण अहिले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै बौद्ध धर्मावम्वीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सरकारी तथा नीजि तवरबाट विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसैक्रममा काठमाडौँको चावहिलस्थित चारुमती विहारमा पनि बौद्ध पर्यटक भित्र्याउने उद्देश्यले विशेष कार्यक्रम गरिने भएको छ । करिब २३ सय वर्ष पुरानो अशोककालिन चैत्य र चारुमती विहारको अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्नका लागि आगामी माघ २५ र २६ मा विभिन्न कार्यक्रम आयोजना गर्न…
Read Moreबुद्धवचनमा सद्भावना दुतको ब्रिफिङ
प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति नेपालका दुई सद्भावना दुतले आफुले गरिहेको अभियानको समिक्षा गरेका छन् । सोमबार बुद्धवचनको काठमाडौँ बौद्धस्थित कार्यालयमा गायक धिरज राई र मिसेस नेपाल टुरिज्म २०१९ छिरिङ डोल्मा शेर्पा उपस्थित भई प्रज्ञा पारमिता र बुद्धवचनको बारेमा आफुहरुले गरिरहेको प्रवर्धनात्मक अभियानको बारेमा छलफल गरे । गायक राई र शेर्पा दुवै बुद्धबचन अनुवाद समितिको सद्भावना दुत हुन् । बुद्ध वाज बर्न इन नेपालका प्रमुख अभियन्ता गायक राईले आफुले अभियानको क्रममा देश विदेशमा गर्ने सांगीतिक कार्यक्रमहरुमा बुद्धवचन र प्रज्ञा पारमिताको नेपाली अनुवादको विषयमा समेत जानकारी…
Read Moreथेरवाद संग्राहलय निर्माण गरिने
गौतम बुद्धको जन्मभूमि लुम्बिनीस्थित धर्मोदय सभा स्वयम्भू महाचैत्य विहारमा निर्माण भइरहेको थेरवाद बौद्ध संग्रहालयको उद्घाटन यही माघ १२ गते हुने भएको छ । आइतबार काठमाडौंको संघाराम विहारमा पत्रकार सम्मेलन गरि उक्त संग्रहालय सम्बन्धी जानकारी दिइएको थियो । संग्रहालयको उद्घाटन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । बौद्ध महिला संघ नेपालको सक्रियतामा थेरबाद बुद्धिस्ट एकेडेमी, अखिल नेपाल भिक्षु महासंघ तथा अन्तराष्ट्रिय भिक्षुणी संघसँगको सहकार्यमा निर्माणको पहिलो चरण सम्पन्न भइसकेको छ । यस संग्रहालयले जानकारी तथा मनोरञ्जनका सामग्रीहरुको माध्यमबाट थेरबाद बुद्ध धर्मको अनौपचारिक शिक्षण संस्थाको कार्य गर्ने…
Read Moreकर्मिक भार्दोको सुरुवात र परिचय
मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउण्डेसन र हामी मानवताको ख्याल राख्छौ बीच सम्झौता
विश्व मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउन्डेशन र हामी मानवताको ख्याल राख्छौँ सस्थाबीच सम्झौता भएको छ । आइतबार सांङ्ग रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा दुई संस्थाबीच संझौता भएको हो । सम्झौतपछि विश्वमा शान्ति स्थापना गर्न र मानवताको भावना अभिबृद्धि गराउन दुई संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । जाम्लिङ बौद्ध फाउन्डेशनका संस्थापक खेन फुर्वा दोर्जी लामा रिन्पोचे र हामी मानवताको ख्याल राख्छौँ संस्थाका सस्थापक फिलिपिन्सका ट्राभल प्रिन्सेस मारियाले विश्व मानवता र शान्तिका लागि मिलेर काम गर्ने बाचाका साथ संझौता पत्रका हस्ताक्षर गरिएको हो । यी दुई संस्थाको सहकार्यमा शिक्षा,…
Read Moreबौद्ध धर्मावलम्वीले भोजन, अन्न, दक्षिणा दान गर्दै सम्यक पर्व मनाउँदै
बौद्ध धर्मावलम्बीले सम्यक दान पर्व अगामी माघ १ गते भव्य रुपमा मनाउने भएका छन् । नेपाल सम्वत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ । सम्यक दान व्यवस्थापन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पर्व मनाउन तयारी पूरा भएको जनाएको छ । पाँच दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक भोजन गराई सम्यक दान पर्व मनाइन्छ । चतुबह्म महाविहारका बज्राचार्य जयरत्नले पर्वको शुरुआत गरेको मान्यता रहेको सो पर्व यहाँ हरेक वर्ष मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक दानमा परम्परागत रुपमा…
Read More