Author: rinpoche
बृहत्तर लुम्बिनीको विकास हुन्छः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताए । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले यसको विकास सरकारको प्राथमिकतामा रहेको दावी गरे । “मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अब बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ”–मन्त्री भट्टराईले भने । लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ छ । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री भट्टराईले मायादेवी क्षेत्रको विकासले मात्रै लुम्बिनीको…
Read Moreमृत्यूपछि के हुन्छ ? गौतम बुद्धको जवाफ यस्तो थियो
गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे । बुद्धलाई एक शिष्यले सोधेछन्( ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’ शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्( ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’ शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो,…
Read Moreचारुमती स्तुपको सरसफाइमा सेना
काठमाडौँको चावहिलमा रहेको चारुमती बौद्ध स्तुप परिसरमा नेपाली सेनाको एक समूहले सोमबार विहान सरसफाई गरेको छ । सांस्कृतिक सम्पदाको संरक्षणमा सेनाले महत्व दिन्छ भन्ने सन्देश दिन सरसफाईमा संलग्न भएको सेनाको भनाई छ । सिंहदरबारस्थित सेनाको गणबाट २० जनाको समूह आई स्तुप परिसर वरिपरि सरसफाई तथा स्तुपको अवस्थाको बारेमा जानकारी लिएको चारुमती बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए । स्तुपमा यही माघ २५ र २६ गते भ्रमण वर्ष लक्षित साइकल रेस, त्रिपिटक वाचन लगायतका कार्यक्रम आयोजना हुँदैछ ।
Read Moreबौद्ध धर्मावलम्बीका लागि किन विशेष र महत्वपुर्ण छन् यी ४ स्थान ?
गौतम बुद्धले करिब २६ सय वर्ष अघि प्राप्त गर्नु भएको ज्ञानको महत्व अहिले पनि उत्तिकै छ । अहिले विश्वका हरेक देशमा बुद्धको ज्ञान र सिद्धान्तको अनुशरण गर्नेको संख्यामा दिन प्रतिदिन बढिरहेको पाइन्छ । बुद्ध र बुद्धले दिएको ज्ञानको महत्व बढ्दै जाँदा बुद्धसँग सम्बन्धित स्थानहरुको पनि महत्व निकै नै छ । लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर गौतम बुद्धको प्रत्यक्ष जीवनकालसँग जोडिएका विशेष स्थान हुन् । यी चारवटै स्थानको बुद्धको जीवनमा विशेष महत्व रहेको छ । लुम्बिनी गौतम बुद्धले पहिलो आँखा उघारेको स्थान हो लुम्बिनी । लुम्बिनीमा शाक्य वंशमा राजकुमारको रुपमा गौतम बुद्धको…
Read More६० स्वदेशी तथा बिदेशी बौद्ध भिक्षुले काठमाडौँदेखि कपिलवस्तुसम्म शान्ति पैदल यात्रा’ गर्ने
विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका ६० बौद्ध भिक्षुले आगामी फागुन १ गतेदेखि काठमाडौँदेखि कपिलवस्तुसम्म ‘शान्ति पैदल यात्रा’ गर्ने भएका छन् । काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्म भूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ । कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई…
Read Moreएक योगीको अन्तरयात्रा
घनश्याम खड्का काठमाडौँ — यो हिउँदका आखिरी दिनहरू सुरु भइसके । अब काठमाडौंमा एउटा अनुहार देखिने छैन । कमिलासरी मान्छेको सिलिङबिलिङले रङमङ्गिएको यो खाल्डोलार्ई एउटा मान्छे हराएको कानोकान खबर हुने पनि छैन । तर, केही आँखा छन् अनाथालयमा, जसले उनको खोजी गर्नेछन् । केही अनुहार छन् गुम्बामा, जो उनको अनुपस्थितमा सुस्ताउनेछन् । हो, अपांगता भएका केही मानिस छन् बौद्धस्थित एउटा आश्रममा, जसलाई उनी नहुनाको समयले केही शून्य बनाउनेछ । बाँकी काठमाडौंलाई र यो भीडभाडपूर्ण सहरलाई यस विषयमा केही थाहै हुने छैन । यहाँलाई लाग्छ सक्छ, को कहाँ जाँदै छ ? कसको के कुरा हुँदै छ ? उत्तर म दिन्छु ।…
Read Moreतयार भयो रामग्राम स्तुपको गुरुयोजना
नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरुको विकास गरिने छ । यहाँ बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् । ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजना अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचनाहरु निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । गुरुयोजनालाई लुम्बिनी विकास कोषको कार्यसमिति वैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरी फाइल अर्थ मन्त्रालय पठाइएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए । रामग्राम स्तुपा…
Read Moreकोरोना भाइरस प्रकोपः तिब्बतमा गुम्बा तथा मन्दिरहरु बन्द
चीनमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सोमबारदेखि तिब्बतका सबै गुम्बा तथा मन्दिरहरु बन्द गरिएका छन् । भाइरस फैलन सक्ने सम्भावनाका कारण बौद्ध गुम्बा तथा मन्दिर बाहेक अन्य चर्चित पर्यटकीय स्थानहरु पनि बन्द गरिएका छन् । चीनमा भाइरसको संक्रमण डरलाग्दो गरी फैलिरहँदा अहिलेसम्म तिब्बतमा भने यसबाट संक्रमित भेटिएका छैनन् । कोरोना भाइरसका कारण चीनमा १ सय ६ जनाले ज्यान गुमाइसकेका छन् । चीनका अधिकांस शहरहरुमा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा हिडडुल नगर्न भनिएको छ ।
Read Moreलुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने
पोखराको अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण मृतात्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्ने शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड,…
Read More