कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञाका बीच छोग्याल रिन्पोछेले जुममार्फत् बौद्ध धर्म दर्शन र यसभित्रका जीवनपयोगी शिक्षा दिर्दै आइरहनु भएको छ । साप्ताहिकरुपमा हुँदै आएको जुमबाट हुने कार्यक्रमको आगामी श्रृंखला शनिवार हुँदैछ । शनिवार हुने जुम सेसनमा छोग्याल रिन्पोछेले ‘के एक जन्ममै बुद्ध बन्न सकिन्छ ?’ भन्ने विषयमा प्रवचन दिदै हुनुहुन्छ ।
जुम सेसनको आयोजना रेपा रिट्रिट र नेपाल बुद्धिष्ट एसोसियसनले गरेको हो । भोली शनिवार दिउँसो ३ बजेदेखि सुरु हुने सेसनमा सहभागि भई बौद्ध धर्मलाई अझ गहनरुपमा बुझ्न सकिने आयोजकको भनाई छ । जुम सेसनमा छोग्याल रिन्पोछले नेपाली भाषामा प्रवचन दिने नेपाल बुद्धिष्ट एसोसियसनका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले जानकारी दिनु भयो ।

